टेकनाथ भट्टराई प्रशव व्यथामा पनि एक्लै छटपटाइन होला मेरि आमायाक्साका बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमासपनिको कावा संगै आकासमा कल्पनाको त्यो गहिरो सागरमा ।निस्छल छ सोच कपट छैन सदा हास्छिन खेतका गरामा बसन्तका गर्मी हावा छैन कोदालि चल्छ धुले पाखामा लालीमा पुन्ञ छरपस्ट हुन्छन याक्साको आगनिमाप्रशव व्यथामा पनि एक्लै छटपटाइन होला मेरि आमायाक्साको बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमानिस्पष्ट अधेरी रातमा पिलपिले बत्तीको साहारामाउज्यालो भिबस्य खोजिरहेछिन मेरी आमा पलपलमाभोर्लाको लतामा हुइयाँ संगै सितलताको खोजिमाकठिन यात्रालाइ पारलगाउँदैछिन मेरी आमा धुलेयूगमाप्रशव व्यथामा प
इटहरी । भोजपुरको पुर्बी अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि पालिका मातहतका अस्थायी तथा स्थायी कर्मचारीहरूको ६ महिनाको सेवा करार म्याद थप तथा कार्यसम्पादन सम्झौता गरेको छ । पालिका कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले अस्थायी कर्मचारीको नियमित प्रक्रिया अनुसार सेवा करार म्याद थप र स्थायी कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँसभाबाट पारित नीति, योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयमै म्याद थप गरिएको हो। साथै उहाँले कर्मचारीहरूलाई नीति, नियमको पालना गर्दै कार्यालय समयमा अनावश्यक सामाजिक सञ्
इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गरको खोर तथा संरचना हटाउन फुङ्लिङ नगरपालिकाले उर्दी गरेको हो । नगरपालिकाले गएको शुक्रबार सूचना जारी गर्दै फुङ्लिङ बजार क्षेत्रका बिभिन्न स्थानमा अव्यवस्थित रुपमा रहेका सुँगुरको खोर हटाउन उर्दी जारी गरेको छ । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएको भन्दै नगरपालिकाले खोर ९बङ्गुर राख्ने ठाउँ० हटाउन उर्दी गरेको हो । फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले ज
इटहरी । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१ र ८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो । गाउँपालिकाले वडा नं ४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलुखेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपा
इटहरी। बक्राहा, चिसाङ, डाँस र लोहन्द्रा खोलामा आउने बाढीका कारण मोरङका नौ वटा पालिकाका १८ वटा वडा बाढीको उच्च जोखिममा रहेका छन् । मोरङका मिक्लाजुङ गाउँपालिका, पथरी शनिश्चरे, रतुवामाई, लेटाङ, बेलबारी, रङ्गेली नगरपालिका, कानेपोखरी जहदा र धनपालथान गाउँपालिकाका १८ वटा वडाका दुई दर्जनभन्दा बढी स्थान बाढीको उच्च जोखिममा रहेको कोशी तथा बव्रmाहा नदी व्यवस्थापन आयोजनाले जनाएको छ । मिक्लाजुङ गाउँपालिका–६ र ७, पथरी शनिश्चरे नगरपालिकाको वडा नं २ र ५, रतुवामाई नगरपालिकाको वडा नं १ र ९, बव्रmाहाखोलाको उच्च जोखिममा रहेको छ । उच्च जोखिममा रहेका स्थानबाट नदीले कटान वा धार परिवर्तन गर्ने भएकाले ती क
विराटनगर / प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले पत्रकारिता क्षेत्रमार्फत खेलकुद प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विराट टेलिभिजन तथा कोशी प्रेसका प्रबन्ध निर्देशक विकल पौडेलसहितका सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको छ।कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको संयुक्त आयोजनामा सम्पन्न विशेष कार्यक्रममा पौडेललाई नगद ११,४४० रुपैयाँ पुरस्कार तथा सम्मान–पत्र प्रदान गरिएको हो।त्यसैगरी पत्रकार अभय राई, सुमन सुस्केरा, गुरु ढकाल, अनिल श्रेष्ठ र रमा दाहाललाई पनि खेलकुद पत्रकारितामा सक्रिय योगदान पुर्याएको भन्दै सम्मान तथा नगद पुरस्कार प्रदान ग
इटहरी । भोजपुरको षडानन्द नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आधुनिकीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले ७२ जना किसानलाई मिनि टेलर वितरण गरेको छ । प्रदेश सरकार र षडानन्द नगरपालिकाको साझेदारीमा सञ्चालन भएको कार्यक्रममा बीच कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख रक्षा रोकाले जानकारी दिनुभएको छ । नगरपालिकाका वडा नं. ९ र १० मा चिराइतो खेती प्रवद्र्धन अन्तर्गत २ जना र कफी खेती प्रवद्र्धन अन्तर्गत २ जना सहित अन्य कृषकलाई समेत यसपटक मिनि टेलर उपलब्ध गराइएको हो । कृषकहरूको जीवनस्तर उकास्न र कृषि पेसालाई व्यवसायिक बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । षडानन्द नग
इटहरी । युनिसेक्स पार्लर सम्बन्धी सेवा उपलब्ध गराउने उद्धेश्यले फेसियल हाउसले आफ्नो १० औ शाखा इटहरीमा स्थापना गरेको छ । इटहरीको सेन्ट्रल प्लाजामा आज एक कार्यक्रमका बिच इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले रिबन काटेर शाखा उद्घाटन गर्नुभएको हो । कपाल र छाला सम्बन्धी सौन्दर्य सेवा ,हेयर कलर, स्ट्रेट, कर्ली, हेयर ट्रीटमेन्ट, मेडीकेयर, जेल नेल, माइक्रो ब्लेडिङ, पिम्पल तथा चायापोताको उपचार समेत प्रदान गरिने फेसियल हाउसकी प्रबन्ध निर्देशक, उद्योग वाणीज्य संघ काठमान्डौकी सचिव सुस्मा महराले जानकारी दिनुभयो । हालको आर्थिक मन्दीका बाबजुद पनि कम्पनीले छोटो समयको नाफा भन्दा व्यवसाय दीर्घका
इटहरी । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय खोलेको छ । श्निबार बिहान एक कार्यक्रमका बीच पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा संघीय सांसद डिग बहादुर लिम्बु , कोशी प्रदेश सांसद मानबहादुर लिम्बु र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन पछि मोरङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्व संघीय खेलकुद मन्त्री डिग बहादुर लिम्बुले खेलाडीहरूले खेल क्षेत्रको विकासका लागि अनुशासन, गतिशीलता र प्रतिबद्धता जरुरी रहने
इटहरी । नेपाल तरुण दल दुहबीको आयोजनामा दुहबी नगरपालिका–१२ मा बृहत् सडक सफाइ अभियान सञ्चालन गरिएको छ । जनसहभागिता सहित सम्पन्न अभियानले सडकको सरसफाइ मात्र नभई ट्राफिक सुरक्षा समेतमा सन्देश दिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय महासमिति सदस्य तथा दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छदार, नगर उपप्रमुख मेनुका खतिवडा, पूर्व वडा अध्यक्षहरू, वडा सदस्यहरू, नेपाली काँग्रेस दुहबी–१२ का सभापति, नेपाल तरुण दल दुहबीका सभापति मो. नासरुद्दिन, सचिव बोधराज खतिवडा, तरुण दल क्षेत्र नं. ३ का उपसभापति मो. नाजिम हुसेन, तरुण नेता अब्दुल हसिफ लगायत दर्जनौं कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.