टेकनाथ भट्टराई 

प्रशव व्यथामा पनि एक्लै छटपटाइन होला मेरि आमा

याक्साका बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमा

सपनिको कावा संगै आकासमा कल्पनाको त्यो गहिरो सागरमा ।


निस्छल छ सोच कपट छैन सदा हास्छिन खेतका गरामा 

बसन्तका गर्मी हावा छैन कोदालि चल्छ धुले पाखामा 

लालीमा पुन्ञ छरपस्ट हुन्छन याक्साको आगनिमा


प्रशव व्यथामा पनि  एक्लै छटपटाइन होला मेरि आमा

याक्साको बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमा

निस्पष्ट अधेरी रातमा पिलपिले बत्तीको साहारामा


उज्यालो भिबस्य खोजिरहेछिन मेरी आमा पलपलमा

भोर्लाको लतामा हुइयाँ संगै सितलताको खोजिमा

कठिन यात्रालाइ पारलगाउँदैछिन मेरी आमा धुलेयूगमा


प्रशव व्यथामा पनि एक्लै छलपटाइन होला मेरी आमा

याक्साको बसाइ गरिबीको चपेटा त्यहि पाखाको धुसेनिमा