All Posts By कोशी प्रेस

    Showing ५,८११-५,८२० of १३,५८३ items.
  • मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ

    इटहरी । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् । भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । ‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको उनले बताइन् । पक्राउ परेका हरिकुमारको साथब

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २५७ पटक पढिएको
  • बराहक्षेत्रमा कानुनी आधारविना तोकादेशमै कर्मचारी नियुक्ति र विज्ञापन वितरण

    बराहक्षेत्र, सुनसरी – बराहक्षेत्र नगरपालिकाले यस आर्थिक वर्षमा पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन शीर्षकमा विनियोजन गरेको २५ लाख रुपैयाँमध्ये २३ लाख ५८ हजार ६ सय ७८ रुपैयाँ खर्च गर्दा सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन भएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ ।सार्वजनिक खरिद नियमावलीको नियम ३१ अनुसार बीस लाख रुपैयाँभन्दा बढीको सेवा खरिद खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने उल्लेख छ। तर नगरपालिकाले सूचना तथा सन्देश प्रकाशनको काममा कुनै सार्वजनिक सूचना जारी नगरी, नगर प्रमुखको तोक आदेशकै भरमा मिडियाहरुलाई रकम वितरण गरेको देखिएको हो।महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ, “पाल

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ५७९ पटक पढिएको
  • सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति,बाँझिए खेतबारी

    इटहरी । एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा यहाँको टारी कुलो सिँचाइमा क्षति पुग्यो । आयोजनामा क्षति भएपछि कुम्मायक गाउँपालिका–४, शिवादोभानको फाँटमा पानी आउन छाड्यो । जसको असर खेतीमा पर्‍यो । तमोर कोरिडोरअन्तर्गत अन्यत्र कालेपत्रे भइरहँदा यहाँ भने बर्सेनि ट्रयाक खोल्ने र अलपत्र छाड्ने काम भइरहेको छ । बर्सेनि सडकको ट्रयाक खोल्दा शिवादोभानलाई सिञ्चित गर्ने टारी कुलो सिँचाइ योजनामा क्षति पुग्दै आएको छ ।सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बर्सेनि ट्रयाक खोल्ने, सतह मिलाउनेलगायत काममा माटो कटान गरी फाल्ने गरेको छ । यसको असर सिँचाइ आयोजनामा परेको छ । स्थानीय पूर्णबहादुर सम्बाहाम्फेक

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २६१ पटक पढिएको
  • मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा रिजु भट्टराईले नेपालको प्रतिनिधित्व गर्ने

    इटहरी । मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विश्वका ६० भन्दा बढी देशका प्रतियोगी सहभागी हुने छन् । गत फागुनमा भएको राष्ट्रिय प्रतियोगिताबाट छनोट हुँदै रिजु मिस ग्लोबल २०२५ का लागि छनोट हुनुभएको हो । सन् २०१९ मा ‘मिस पथरी’ को उपाधि जित्नुभएकी रिजुले २०२१ मा ‘मिस पूर्वाञ्चल’ को उपाधि जित्नुभएको थियो ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३२८ पटक पढिएको
  • गोपाल श्रेष्ठ धरान उद्योग वाणिज्य सङ्घको अध्यक्षमा निर्वाचित, ९५८ मतले अग्रता

    धरान | सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको नयाँ कार्यसमिति निर्वाचन सम्पन्न भएको छ । सङ्घको अध्यक्षमा गोपाल श्रेष्ठ विजयी भएका छन् । उनले १६०५ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी शिवराज श्रेष्ठलाई ९५८ मतले पराजित गरेका हुन् । शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे ।उद्योग सदस्यतर्फ कृष्ण प्रसाद पाठकले ४८१, प्रभाव खतिवडाले ५०३, विष्णु बरालले ५५० र महेन्द्र प्रधानले ५४६ मत प्राप्त गर्दै विजयी भएका छन् । सोही पदका लागि उमेश अग्रवालले २१३, खड्ग बहादुर बस्नेत (राजु)ले २१६ र शिवानन्द साहले २६१ मत प्राप्त गरेका थिए ।वाणिज्य महिला सदस्यतर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गर्दै विजय हासिल गरिन् ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २६६ पटक पढिएको
  • ताप्लेजुङको थाक्पु खोलामा अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा

    इटहरी । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ । गत २५ गते देखि अवरुद्ध भएको लोकमार्ग करिब एक सातापछि सञ्चालनमा आएको हो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित उक्त लोकमार्गको अस्थायी मोटरबेल काठेपुल साथै करिव २ सय मिटर सडक बाढीले बगाउँदा यातायात ठप्प भएको थियो । गत असार २७ गतेदेखि सुरु भएको मर्मत कार्य मङ्गलबार सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । बाढीले बगाएको लेलेप थाक्पुखोला लावाजेन जाने बाटो र उत्तर दक्षिण लोकमार्ग पुनर्निर्माणमा दुई वटा एक्स्काभेटर मेस

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २०३ पटक पढिएको
  • लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको रुपमा लागू गर्न माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र

    इटहरी । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको लिम्बू भाषा र तराई क्षेत्रमा बोलिने मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । सङ्घीय लिम्बुवान प्रान्तीय मञ्चले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न माग गरेको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत मङ्गलबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा तुरुन्त लागू गर्न माग गरिएको छ । प्रदेशले प्रदेशभित्रका भाषालाई सरकारी कामकाजको भाषा बनाउने सक्ने प्रावधान भए

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २२१ पटक पढिएको
  • रामधुनी-मन्दिर सडक कालोपत्रे हुँदै जाने बाटो१ महिनाभित्र काम सम्पन्न गर्ने तयारी

    रामधुनी । रामधुनी नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिने रामधुनी मन्दिरसम्म पुग्ने मुख्य सडक छिट्टै कालोपत्रे हुने भएको छ। सबडिभिजन वन कार्यालयदेखि मन्दिरसम्म करिब ६६० मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त सडकको ४.५ मिटर भाग कालोपत्रे गरिने छ भने बाँकी भाग ग्राभेल तथा पक्की ढल निकासको व्यवस्थासमेत गरिने छ।निर्माणधीन सडकको माथिल्लो सतहमा ४० सेन्टिमिटर मोटाइको ब्ल्याक टप गरिने योजना छ, जसले सडकलाई थप मजबुत र टिकाउ बनाउनेछ। यस सडक निर्माणका लागि रु. ४९ लाख ६२ हजार ४५१ को लागत स्वीकृत भएको छ।श्रेष्ठ कन्सट्रक्सन, रामधुनी-६ (बक्लैरी) ले निर्माणको जिम्मा पाएको छ। क

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ७९२ पटक पढिएको
  • बराहक्षेत्र–७ मा निःशुल्क कम्प्युटर तालिम प्रभावकारी र उपलब्धिमूलक

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका–७ को आयोजनामा सञ्चालन गरिएको निःशुल्क कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।बराह इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राविधिक सहयोग र वडा कार्यालयको आर्थिक सहकार्यमा वडा नं. ७ भित्रका ५० भन्दा बढी विद्यार्थीहरूले तालिम प्राप्त गरेका छन्। तालिम प्रभावकारी र उपलब्धिमूलक भएको वडा अध्यक्ष कपिल आचार्यले जानकारी दिनुभयो।समापन समारोहमा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले यस्ता सीपमूलक तालिमहरू नगर क्षेत्रमा निरन्तर सञ्चालन भइरहने बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा रो

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ४२५ पटक पढिएको
  • अरूण गाउँपालिकामा बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठान निर्माण

    भोजपुर | करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण हुने बहुउद्देशीय आध्यात्मिक प्रतिष्ठानको शिलालेख अनावरण कार्यक्रम अरूण गाउँपालिकामा सम्पन्न भएको छ। उक्त परियोजनामा भारतीय दूतावास, काठमाडौंको ८० प्रतिशत तथा अरूण गाउँपालिकाको २० प्रतिशत आर्थिक सहयोग रहनेछ।शिलालेख अनावरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री तथा भारतीय दूतावास, काठमाडौंका काउन्सिलर अभिनाश कुमार सिंहको उपस्थिति रहेको थियो।कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, भारतीय दूतावासका एटेची उपेन्द्र सिंह नेघी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संस्थाका पदाधिकारी, वडाध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • ६५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]