इटहरी विराटनगरमा शनिबार आयोजना हुने ५९औँ राधाकृष्ण रथयात्रालाई धार्मिक आस्था, सांस्कृतिक मौलिकता, सामाजिक एकता र मानवीय सेवाको सन्देश प्रवाह गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको ऐतिहासिक परम्परा भएको बताएका छन्। उनले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको रथयात्राले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको भावना बलियो बनाउँदै आएको उल्लेख गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुने रथयात्रा धार्मिक उत्सवमा मात्र सीमित नरहेको मेयर कोइरालाको भनाइ छ।
इटहरी स् झापाको नयाँ प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० का रूपमा श्रवणकुमार पोखरेल आउने भएका छन्। हल्दिबारी गाउँपालिका–१ गोलधापका स्थायी बासिन्दा पोखरेललाई गृह मन्त्रालयले झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गर्ने निर्णय गरेको हो।सहसचिव रहेका पोखरेल झापामै जन्मे–हुर्केका र जिल्लाको प्रशासनिक संरचनासँग परिचित अधिकारी हुन्। उनी यसअघि पनि झापामा सरकारी सेवाको जिम्मेवारी सम्हालिसकेका छन्। पोखरेलले २०६२र६३ को जनआन्दोलनअघि शाही शासनकालमा जिल्ला प्रशासन कार्यालय झापामा प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए। त्यसपछि उनले मालपोत कार्यालय झापाको प्रमुख भएरसमेत जिम्मेवारी सम्हालेका थिए। झापाको प्रशासनिक
इटहरी। मोरङ कारागार विराटनगरका १९ जना कैदीबन्दीलाई स्थान्तरणका लागि शुव्रmबार बाहिर निकालिएको छ । दुई महिनायता कारागारको ‘बी’ ब्लकलाई आफ्नो नियन्त्रणमा लिएर हुलदङ्गा गर्दै आएका उनीहरूलाई प्रहरीले कारागारबाट बाहिर निकालेको हो । मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दुई समूहबिच विवाद सिर्जना भएपछि त्यसबाट उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राखेर प्रहरीले कारबाही चलाएको हो । गत असार १३ गतेयता मोरङ कारागारको ‘बी’ ब्लकभित्र प्रशासन प्रवेश गर्न पाएको थिए । कारागारआसपासमा प्रहरीको केही सङ्ख्या उपस्थिति हुँदासमेत कारागारभित्रबाट नाराबाजी हुँदै आएको थियो । कारागारको ‘ए’ ब्
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी बन्दै अनुकेस शेर्माले मोटरसाइकल पुरस्कार पाउनुभएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पाँचथरको फिदिम स्पोर्टिङ क्लबका शेर्मा सर्वश्रेष्ठ खेलाडी बन्दै बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभएको हो ।फिदिम स्पोर्टिङ क्लबका कप्तानसमेत रहनुभएका शेर्मा ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको हो । प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी बन्नुभएका शेर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी
इटहरी । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ स्थित बसन्तपुर–म्याङलुङ सडकखण्ड र बसन्तपुर, मुढे–चैनपुर सडकखण्ड छुट्टिने जिरोपोइन्ट नजिक डाँडाखर्क क्षेत्रमा ग्याबिङ भत्किएपछि सडकमार्ग अवरुद्ध भएको छ । सडकको भित्तातर्फ रहेको ग्याबिङको केही भाग यसअघि नै भत्किएको अवस्थामा थियो । ग्याबिङ हटाउने तथा सडक मर्मतका क्रममा मुख्य सडक अवरुद्ध भएपछि टुटे देउराली हुँदै मुढे, चैनपुर, खाँदबारी तथा घुर्बिसे, पाथीभरा, पाँचपोखरी, गुफा लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । मुख्य सडक बन्द भएपछि बसन्तपुर बजारको लोकतान्त्रिक चोकदेखि प्रगति टोल हुँदै टुटेदेउराली जोडिने वैकल्पिक कच्ची सडक सञ्चालनमा ल
इटहरी । इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीभित्र स्मार्ट सहजिलो ट्राभल एण्ड टुर प्रा.लि.को आधिकारिक कार्यालय उद्घाटन गरिएको छ।कम्पनीका फाउन्डर एवं म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाको संयुक्त रुपमा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । केही समय अघिदेखि सञ्चालन हुँदै आएको स्मार्ट सहजिलो ट्राभल एण्ड टुरले अब आफ्नै कार्यालय मार्फत व्यवस्थित रूपमा सेवा विस्तार गर्ने जनाएको छ। कम्पनीले विशेषगरी पर्यटकीय बस सेवा, होटल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा लगायत विद्यार्थी तथा विभिन्न समूहका लागि आवश्यक ट्राभल
इटहरी । इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम औपचारिक रूपमा सञ्चालनमा आएको छ ।न्यु ओम साई गहना गृहको २१ औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो। लामो समयदेखि इटहरीमा सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएको न्यु ओम साई गहना गृहले ग्राहकको विश्वास र साथलाई निरन्तरता दिँदै नयाँ पुस्ताको रोजाइ अनुसार डायमण्ड गहनाको सेवा विस्तार गरेको जनाएको छ। नयाँ शोरुमको उद्घाटन अवसरमा ग्राहकलाई लक्षित गर्दै डायमण्डका गहनामा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, नेपाली महिलाहरूको प्रमुख पर्व तीज तथा आगामी चाडपर्वलाई लक्षित गर्दै सुनका ग
इटहरी । नेपालको अग्रणी पूर्ण भिट्रि फाईड टायल ब्राण्ड लमिनारले ईटहरीको हलगाडामा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एण्ड सेनेटरी सँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो । बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। लामिनार शोरुमहरूमा फुलबडी , एन्टिब्याक्टेरियल सर्फेस र हाइ–ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उ
इटहरी । धनकुटा जिल्ला अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार सेवा अर्थात् ब्लड बैंकको शुभारम्भ गरिएको छ। नेपाल रेडक्रस सोसाइटी धनकुटाले विभिन्न दाताहरूको सहयोगमा ६४ औँ रेडक्रस स्थापना दिवसको अवसर पारेर रक्तसञ्चार सेवा सुरु गरेको हो। स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा धनकुटा जिल्ला अस्पताल परिसरमा आकस्मिक रक्तसञ्चार सेवाको औपचारिक उद्घाटन गरिएको हो। अहिले सञ्चालनमा आएको रक्तसञ्चार केन्द्रमा करिब १ सय युनिट सम्म रगत भण्डारण गर्न सकिने क्षमता रहेको नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाले जनाएको छ। धनकुटामा आकस्मिक अवस्थामा रगतको अभाव हुन नदिन यो सेवा सञ्चालनम
इटहरी । सुनसरीको इनरुवामा रक्तदानबाट १२४ पिन्ट रगत संकलन भएको छ । भोटेकोशी नदिमा आएको बाढीबाट बिरामी भएकाहरूका लागि इनरुवा नगरपालिका–४ बस चोकमा आयोजित रक्तदान कार्यक्रममा १२४ पिन्ट रगत संकलन भएको आयोजक समितिका सुनोज निरौलाले जानकारी दिनुभयो । रेडक्रस सोसाईटी सुनसरीकाअनुसार सामाजिक क्षेत्रमा काम गर्दे आएका विभिन्न संघ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकारलगायतले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी सुनसरीस्थित धरान ब्लड बैंक घोपा क्याम्पका प्राविधिक सह–इन्चार्ज सुरेन्द्र प्रसाद साहका अनुसार भोटेकोशी बाढीपीडित बिरामीका लागि रगत संकलन गरिएको हो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.