All Posts By कोशी प्रेस

    Showing ५,२५१-५,२६० of १३,५७३ items.
  • खेतभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद

    इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–४ मा प्रहरीले खेतभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ धान खेतमा लुकाइएको अवस्थामा ७५ किलो गाँजा फेला पारेको हो । बरामद गरिएको गाँजालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएको छ। प्रहरीले उक्त गाँजा कसले राखेको हो भन्नेबारे अनुसन्धान थालिएको जनाएको छ। प्रहरीका अनुसार बरामद भएको गाँजाको सम्बन्धमा संलग्न व्यक्तिहरू पहिचान गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइनेछ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३२५ पटक पढिएको
  • युनिकम नेपाल सुनसरीद्वारा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण

    सुनसरी । नेपाल व्यापार कर्मचारी सङ्घ (युनिकम नेपाल) सुनसरीले व्यापार तथा वाणिज्य क्षेत्रमा कार्यरत कामदारहरूको अधिकार संरक्षण र सामाजिक सुरक्षा सुनिश्चितताका लागि सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।सुनसरी जिल्ला अध्यक्ष कल्याण विक्रम दङ्गालको अध्यक्षता तथा युनिकम नेपाल केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगर कार्यालय प्रमुख दीपकराज भट्टले सहजीकरण गर्नुभएको थियो।"सामाजिक सुरक्षा कोषमा कामदारको अनिवार्य आवद्धता हाम्रो अधिकार मात्र नभई सुरक्षित भविष्यतर्फको कदम हो," सहजीकरण गर्दै प्रमुख भट्टले भन्नु

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४२९ पटक पढिएको
  • ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज

    इटहरी । ताप्लेजुङको मेरिङ्देन सडक मर्मतपछि यातायात सेवा सहज भएको छ । बर्खायाममा क्षतिग्रस्त बनेको मेरिङ्देन गाउँपालिका–२, सान्थाक्रा खण्डमा सडक मर्मत गरिएपछि यातायात सेवा सहज भएको हो । सडक मर्मतपछि जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिकाको विभिन्न वडा र पर्यटकीय गन्तव्य फुङ्फुङगे झरनासम्म आउजाउ गर्न सहज भएको छ । मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपका वडाध्यक्ष वेदप्रसाद हाङ्गामका अनुसार विभिन्न जलविद्युत् आयोजनाहरूको सहयोगमा सडक मर्मत गरिएको हो । वर्षा र झरीका कारण हिलाम्मे भई क्षतिग्रस्त बनेको मेरिङ्देन सडकअन्तर्गत सान्थाक्राको हेल्लुङ्वा–भैरल टर्निङ–याहाङ चोक खण्

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३३० पटक पढिएको
  • स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

    इटहरी ।  झापाको बिर्तामोड(२ मा रहेको ड्रिमल्यान्ड को कम्पाउन्डभित्र रहेको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड–३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक हुन् । शुक्रबार राति ८ बजे स्वीमिङ पुल सञ्चालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३१७ पटक पढिएको
  • दुहबीमा फुलपाती पूजाको तयारी, ३१ सदस्यीय समिति गठन

    सुनसरी । सुनसरीको दुहबीमा हरेक वर्ष भव्यतापूर्वक मनाइने महान चाड फुलपाती पूजाको तयारी यस वर्ष पनि सुरु भएको छ। दुहबीस्थित श्री दुर्गा काली मन्दिरको प्राङ्गणमा आज सम्पन्न भेलाले निष्पक्ष राखी पूजा समिति गठन गरेको हो।समितिको अध्यक्षमा मानिस प्रसाद रौनियार चयन भएका छन् भने कुल ३१ सदस्यीय समितिमा विभिन्न टोल र समाजका सक्रिय व्यक्तिहरूको सहभागिता रहेको छ।समितिको सार्वजनिक कार्यक्रममा दुहबीबासी साथै वडा नं. ६ का अध्यक्ष श्री घनश्याम हलुवाई लगायतको उल्लेख्य उपस्थिती रहेको थियो।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • १,५७४ पटक पढिएको
  • बाथरुममा चिप्लिएर लड्दा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु

    इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटारका ५० वर्षीय नितेश श्रेष्ठको आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब १२ बजे श्रेष्ठ नुहाउने क्रममा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा लगिएको थियो। बाहिरी चोटपटक नदेखिए पनि तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका श्रेष्ठको उपचारका क्रममा दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  घटनास्थल धरान इलाका प्रहरी कार्यालयबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गर्न इलाक

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • २८९ पटक पढिएको
  • ताप्लेजुङको तिम्बुङ पोखरीमा दोस्रो ट्रेल रन, विजेताले ५० हजारसहित ट्रफी र मेडल पाउने

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता हुने भएको छ । गाउँपालिका–१ कालिखोलामा अवस्थित तिम्बुङ पोखरीमा ट्रेल रन प्रतियोगिता हुने भएको हो । चार हजार ३५० मिटरको उचाइमा प्रतियोगिता आगामी भदौ २६ गते हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । तिम्बुङ पोखरी संरक्षण तथा अव्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको दूरी १५ किलोमिटर कायम गरिएको छ । ट्रेल प्रतियोगिताका लागि तिम्बुङ पोखरीदेखि पङ्दुवा पुगी फर्केर ठुलो भञ्ज्याङसम्मको रुट निर्धारण गरिएको छ । कार्यक्रमको समापन समारोह भञ्ज्याङमा हुने छ । प्रतियोगिताको खुल्ला तर्फका विजेताले न

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४९० पटक पढिएको
  • डा. महाबीर पुन इलाममा किताब बेच्दै

    इटहरी । राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक वैज्ञानिक डा। महाबीर पुन अहिले इलामका विभिन्न क्षेत्रमा किताव बेच्ने दौरानमा हुनुहुन्छ । मेची महाकाली अभियानअन्तर्गत ४३औं जिल्लाका रुपमा इलाममा किताब बेच्न आइपुग्नु भएका डा। पुनले इलामका पाँचवटा पालिकामा किताब बेची सक्नु भएको हो ।वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नै आत्मकथा समेटिएको किताब र केहि सयगोगी लिएर डा। पुन इलामको माई नगरपालिकाबाट किताब बेच्दै इलाम प्रवेश गर्नुभएको एक साता भयो । उहाँले माई नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिकामा किताब बेचेर इलाम नगरपालिकामा शुक्रबार साझदेखि किताब बेच्दै हुनुहुन्छ ।

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ३७३ पटक पढिएको
  • प्रथम प्रकाशपुर महोत्सव सफलतापूर्वक सम्पन्न, ज्योति मगरको प्रस्तुति भयो अन्तिम मुख्य आकर्षण ,

    सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. १० स्थित प्रकाशपुर स्वास्थ्य चौकी अगाडिको खुल्ला मैदानमा आयोजना भएको प्रथम प्रकाशपुर महोत्सव  आज सफलतापूर्वक समापन भएको छ।लालुपाते संस्था प्रकाशपुर-बराहक्षेत्र १० को मुख्य आयोजनामा भएको यो महोत्सव बराहक्षेत्र नगरपालिका वडा -१० को कार्यालय लगायत अन्य स्थानीय संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो।महोत्सवको अन्तिम दिन समापन समारोहको मुख्य आकर्षण प्रख्यात कलाकार ज्योति मगर  को मनमोहक बेजोड प्रस्तुति  रहेको थियो। उनको सांगीतिक प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो।यस महोत्सवमा नेपाल को चर्चित कलकार देखी लिएर स्थानीय कलाकारहरूले आ-आफ्ना प

    • प्रकाशित मितिः भदौ १४, २०८२
    • ४४४ पटक पढिएको
  • अनेरास्ववियु सुनसरीको बैठक सम्पन्न, आगामी कार्ययोजना सार्वजनिक

    सुनसरी / नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को ऐतिहासिक २४औं राष्ट्रिय महाधिवेशन पश्चात अनेरास्ववियु सुनसरीको प्रथम पटक पदाधिकारी बैठक सम्पन्न भएको छ।बैठक अनेरास्ववियु जिल्ला अध्यक्ष उज्वल सिग्देलको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा सुनसरी इन्चार्ज  रिजेन भट्टराईको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य चित्रमान राईको आतिथ्यतामा सम्पन्न भएको हो । बैठकले संगठनको आगामी कार्यतालिका निर्माण गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।बैठकका निर्णयहरू :१. २४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवम् सुन

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ५७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]