इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हरितालिका ९तीज० पर्वले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई थप बलियो बनाउनु पर्ने बताउनुभएको छ।तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैको साझा प्रयास र सहकार्यबाट महिलालाई पूर्णरुपमा अधिकार सम्पन्न बनाउन सकिने उल्लेख गर्नुभएको छ।कोशी प्रदेश तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै कार्कीले तीजका मौलिक मूल्य मान्यता र सांस्कृतिक पक्षलाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।उहाँले ती
इटहरी। वराहक्षेत्र नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा प्राप्तिको प्रक्रियामा अघि बढाउन निस्सा वितरणको कामलाई तीव्रता दिएको छ ।नगरपालिकाका ११ वटै वडामा गरी कुल १० हजार ४०७ जना निस्सा पाउने प्रक्रियामा रहेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अधिकांश वडामा निस्सा वितरण भइसकेको छ भने वडा नम्वर १, ३, ४ र ६ मा वितरण गर्न बाँकी रहेको छ । वराहक्षेत्र नगरपालिका १० ले ३६२ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको वडाध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।नगरपालिकाका प्रशासन प्रमुख मातृका प्रसाद तिवारीका अनुसार बाँकी रहेका चारवटा वडामा
इटहरी । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रिकालीन यात्राका लागि ३५ वटा बस काठमाडौँका लागि छुट्थे । त्यति नै सङ्ख्यामा काठमाडौँबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिँदै आएका दिवा तथा रात्रिकालीन बस गत भदौ १० गतेदेखि आउजाउ रोकिएर स्ट्यान्डमा थन्किएका छन् । यसको असरमा यात्रु, यातायात व्यवसायीदेखि यातायातमा काम गर्ने मजदुर र कर्मचारीसम्म परेका छन् । भोटेकोशी बाढीपछि अवरोध सडकका कारण ३० सिट क्षमताभन्दा माथिका बसले विराटनगर–काठमाडौँ र काठमाडौँ–विराटनगर यात्रा तय गरेका छैनन् तर हायस, विद्युतीय माइक्रो बस, मिनीबस जस्ता साना सवारी भ
इटहरी। सामान्यतस् सरकारी कार्यालय खुल्ने समय कुर्नुपर्ने झापाका सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो कार्यशैली केही फरक बनाएको छ । बिहान बजे नै कार्यालयको ढोका खुल्छ । कर्मचारी काममा जुट्छन् र राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि पालो पर्खिरहेका सेवाग्राहीको काम सुरु हुन्छ । बिहान ७ बजेदेखि सेवा सुरु गर्ने यो अभ्यास केवल कार्यालय चाँडो खोल्ने निर्णयमा सीमित छैन । लामो समयदेखि अनलाइन आवेदन गरेर बायोमेट्रिकलगायत प्रक्रियाका लागि पालो कुरिरहेका नागरिकको सङ्ख्या घटाउने उद्देश्य रहेको छ । जिल्ला प्रशासन कार्यालय झापाले अहिले ‘शून्य बाँकी आवेदन अभियान’ सञ्चालन सुरु गर
इटहरी । उदयपुरको बेलका नगरपालिका–८, बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रबार रातिदेखि गएको पहिरो मन्द गतिमा तलतिर निरन्तर बगिरहँदा स्थानीयमा त्रास फैलिएको छ । नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवालले घटनास्थलबाट दिनु भएको जानकारी अनुसार करिब डेढ किलोमिटर जति पहाड पूरै धाँजा परेर जमिन फाटेकोले त्योभन्दा तलतिरको गाउँ र बस्तीमा त्रास फैलिएको हो । डाँडामाथिको जमिनको धरातल फुटेर चिरा चिरा परेर क्रमशः बग्दै जान थालेपछि जोखिम बढेको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले आहाले डाँडाको पहिरोको सम्बन्धमा केन्द्रीयस्तरको विपत् व्यवस्थापन प्राधिकरणमा आ
इटहरी। उदयपुरको बेलका नगरपालिका वडा नं।–८ बोफताङ्गस्थित आहाले डाँडाको जमिन धसिएर शुक्रवार राति गएको पहिरोमा परी विस्थापित भएका चार घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरले आइतबार राहत सामग्री वितरण गरेको छ ।रेडक्रस उदयपुरका सभापति मदनराज कटुवालका अनुसार आहाले डाँडा धसिएर गएको पहिरोमा परी विस्थापित चार वटा घरपरिवारका २९ जना सदस्यहरूलाई तत्काल राहतयोग्य सामग्रीहरू वितरण गरिएको हो । विस्थापितहरू मेहेरमान राई, विरसिंघ राई, बमप्रसाद राई र अरुण राईको परिवारलाई त्रिपाल, कम्बल, म्याट्रेस, बोरा र टेन्ट एक–एक सेट सामग्री वितरण गरेको हो ।
इटहरी। पाँचथरको फिदिम नगरपालिकाका १४ सामुदायिक विद्यालयमा सञ्चालित ‘सार्थक बाल सिकाइ कार्यक्रम’ प्रभावकारी भएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रमले बालकक्षाको सिकाइ वातावरण सुधारसँगै बालबालिकाको सिकाइ, सहभागिता, व्यवहार र सामाजिक विकासमा सकारात्मक प्रभाव पारेको सहभागी, शिक्षक र अभिभावकले बताएका हुन् । रातो बङ्गला स्कुल र फिदिम नगरपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रम बालकक्षाका बालबालिकाको सर्वाङ्गीण विकास र सहजकर्ताको क्षमता अभिवृद्धिमा केन्द्रित थियो । कार्यक्रम अन्तर्गत बालकक्षा सहजकर्तालाई तालिम तथा निरन्तर सहजीकरण, कक्षाकोठा व्यवस्थापन र सिकाइ सामग्रीको निर्माण, व्यवस्थापन तथा प्र
इटहरी । मोरङ उद्योग व्यापार संघको ३५औँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । अध्यक्ष अनिलकुमार साहको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । नयाँ कार्यसमितिका लागि आवश्यक संख्यामा मात्र उम्मेदवारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । सहमति र सहकार्यको परम्परालाई निरन्तरता दिँदै सबै पदमा पदाधिकारी र सदस्यहरू निर्वाचित गरेको संघले जनाएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा निर्वाचित हुनुभएको छ । त्यसैगरी वाणिज्य तर्फका उपाध्यक्षमा विकास बेगवानी र उद्योग तर्फबाट उपाध्यक्षमा संजयकुमार श्रेष्ठ निर्वाचित हुनुभएको
इटहरी । इटहरी उपमहानगरपालिका–५ मा सर्पदंशका कारण ८ वर्षीया बालिकाको मृत्यु भएपछि नेकपा (एमाले) इटहरी–५ वडा कमिटीले पत्रकार सम्मेलन गर्दै आपत्कालीन स्वास्थ्य सेवा र पूर्वाधार विस्तारको माग गरेको छ। पत्रकार सम्मेलनमा वडा कमिटी अध्यक्ष देवी प्रसाद चापागाईंले सर्पदंश लगायतका आकस्मिक उपचारका लागि बालबालिका सहितका बिरामीलाई बारम्बार एक अस्पतालबाट अर्को अस्पताल रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सर्पदंश उपचार केन्द्रहरूमा तत्काल आईसीयू तथा भेन्टिलेटर सुविधा व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग जोडदार माग गर्नुभएको छ । त्यस्तै, सचिव खगेन्द्र कटवालले घटनाको नि
इटहरी । लागूऔषधविरुद्ध चेतना फैलाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले तरहरा स्पोट्र्स क्लब इटहरी–२० को आयोजनामा शनिबार ‘तरहरा आर्म रेस्लिङ कम्पिटिसन’ सम्पन्न भएको छ । इटहरी–२० स्थित तरहरा साझा लाइनको रिजन होटल बाँसघारी कटेजमा से नो टु ड्रग्स्, वि आर अगेन्स्ट ड्रग्स् भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले युवाहरूलाई कुलतबाट टाढा राख्दै स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न सहयोग पुग्ने आयोजकको विश्वास छ। तरहरा स्पोट्र्स क्लबका अध्यक्ष विभश विष्ट (राजा)को अध्यक्षतामा भएको कार्यक्रममा धरान एकता समाजका संस्थापक संरक्षक तथा नेपाली कांग्रेसका युवा न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.