All Posts By कोशी प्रेस

    Showing २२१-२३० of १३,४२४ items.
  • क्यान्सरका बिरामीलाई ‘टेलिमेडिसिन’ सेवा

    इटहरी। कोशी प्रदेशका सबै जिल्लाका दुर्गम तथा दूरदराजका क्षेत्रमा उपचारका लागि ठुला अस्पतालसम्म पुग्न कठिन हुने क्यान्सरका जटिल बिरामीलाई लक्ष्य गरी घरदैलोबाट विशेषज्ञ परामर्श र ‘प्रसामक तथा हस्पिस केयर’ उपलब्ध गराउन ‘टेलिमेडिसिन’ सेवा सुरु गरिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वल्र्ड क्यान्सर कोल्याबरेसन र नेपाल हस्पिस केयर सेन्टरको सहकार्यमा कोशी प्रदेशका सबै जिल्ला समेटेर ‘हब एन्ड स्पोक’ मोडेलमा यो सेवा सञ्चालनमा ल्याइएको हो । यस अन्तर्गत प्रतिष्ठानलाई मुख्य ‘हब’ र प्रदेशका १४ वटै जिल्लाका अस्पताललाई ‘स्पोक’ का रूपमा जोडिएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशे

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ३९ पटक पढिएको
  • ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

    इटहरी। सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै जिल्ला अस्पताल ताप्लेजुङले चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सात दिनसम्म बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गरेको छ। अस्पतालले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक अवस्थाबाहेक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको बिदा र काज स्वीकृत नगर्ने निर्णय गरेको हो।मौसम विज्ञान विभागले ताप्लेजुङसहित विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएपछि अस्पतालले सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिहीबार चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आकस्मिक बैठक बोलाएर यस्तो निर्णय गरेको अस्पतालका मेडिकल सुपर

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ४९ पटक पढिएको
  • काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस

    इटहरी । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौँमै रोकिएको जानकारी दिनुभयो ।  उहाँका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट हेटौँडा जाने फर्

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७२ पटक पढिएको
  • सुन्दरदुलारी लायन्स क्लबको अध्यक्षमा महेश चौधरी

    सुन्दरहरैंचा । सुन्दरदुलारी लायन्स क्लबको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमितिको इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महेश चौधरीले क्लब प्रेसिडेन्टको जिम्मेवारी सम्हाल्नुभएको छ। कार्यक्रममा प्रथम महिला सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको समेत उपस्थिति रहेको थियो।क्लबका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा मोरङ जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल

    • प्रकाशित मितिः असोज ९, २०८३
    • १८७ पटक पढिएको
  • दोभान बजार आगलागीमा आमा छोरा घाइते

    इटहरी । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा आमा छोरा घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा लाक्पाचुङ शेर्पा ९डण्डु० की श्रीमती ४८ वर्षीया दिकी शेर्पा र छोरा २५ वर्षीय फुर्साङ शेर्पा घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी विन्देश्वर यादवका अनुसार आमा छोरा घाइते हुनुभएको छ । घाइते आमा छोराको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । अचानक घरमा आगलागी हुँदा भाग्ने क्रममा उहाँहरु घाइते हुनुभएको बताइएको छ । शेर्पाको घरबाट दिउँसो करिब १ः४० बजेतिर अचानक आगलागी सुर

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ६१ पटक पढिएको
  • भारतको निर्णयले खानेतेलको निर्यात घट्ने चिन्ता

    इटहरी। भारतमा तयारी र कच्चा दुवै प्रकारको खानेतेलको आयात महसुलमा परिवर्तन गरिएको छ । तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खानेतेल भारत निर्यात गर्दै आएका नेपाली उद्योगीलाई भारतको यस्तो परिवर्तनले ठुलो असर पार्ने भन्दै चिन्ता गरिएको छ । उद्योगीले नेपालको निर्यातदेखि रोजगारीसम्ममा असर पार्ने चिन्ता गरेका हुन् । कच्चा पदार्थ वा कच्चा तेल आयात गर्दा नेपाल उद्योगीले भन्सार महसुल बुझाउँछन् । त्यो कच्चा प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसुल फिर्ता पाउँदै आएका छन् ।   साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात शून्य प्रतिशत भन्सार महसुलमा भइरहेको छ । यो सहुलियत पाइरहेका उद्योग

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७३ पटक पढिएको
  • तमोर करिडोर र फिदिम–फालौट सडक अवरुद्ध

    इटहरी । निरन्तरको वर्षापछि आएको पहिरो र बाढीले पाँचथरका मुख्य सडक अवरुद्ध भएका छन्। फिदिम–फालौट सडक बिहीबार साँझदेखि तथा पाँचथर र ताप्लेजुङ हुँदै धरान, विराटनगरसहित तराईका अन्य जिल्लालाई जोड्ने तमोर करिडोर बिहीबार बिहानैदेखि अवरुद्ध भएको हो। फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन, प्राङबुङ हुँदै भारतको पश्चिम बङ्गाल जोड्ने फिदिम–फालौट सडकको फिदिम र फालेलुङ गाउँपालिकाको सीमावर्ती आकाशेभञ्ज्याङनजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको स्थानीय टीका जवेगुले बताउनुभयो। उक्त स्थानमा यस वर्ष पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। केही दिनअघि मात्रै पहिरो पन्छाएर फालेलुङ गाउँपालिकाले सडक सञ्चालन

    • प्रकाशित मितिः असोज ९, २०८३
    • ७१ पटक पढिएको
  • इटहरीमा असोज १४ देखि ‘सीप तथा रोजगार मेला’ आयोजना हुने

    इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाको तयारी स्वरूप मन्त्रालयले बिहीबार स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूसँग छलफल सुरु गरेको छ। श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी उत्पादनशील रोजगारी सिर्जना गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागिएको हो। छलफलका क्रममा मन्त्रालयका सचिव दीपक काफ्लेले मेलामा उद्योग, सेवा, कृषि र निर्माण लगायत १० वटा विधाका ६५ वटा स्टल रहने जानकारी दिनुभयो । मेलाको मुख्य

    • प्रकाशित मितिः असोज ८, २०८३
    • १७६ पटक पढिएको
  • सेराखोलाको बहाव व्यवस्थित गर्न ड्याम निर्माण, धरान–इटहरीमा बाढी जोखिम न्यूनीकरणको प्रयास

    इटहरी । धरान उपमहानगरपालिका–पानमारा क्षेत्रमा रहेको सेराखोलाबाट आउने पानीको अनियन्त्रित बहावलाई व्यवस्थित गर्न खोलाको दुवैतर्फ ड्याम निर्माणको काम अघि बढाइएको छ ।  बर्खायाममा खोलाको पानी बस्तीमा सिधै प्रवेश गर्दा धरानका विभिन्न क्षेत्रसँगै इटहरी क्षेत्रमा समेत बाढी र डुबानको उच्च जोखिम बढेकाले सम्भावित क्षति न्यूनीकरण गर्न पूर्वतयारीस्वरूप यो व्यवस्थापन थालिएको हो। इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगीता कुमारी चौधरीको नेतृत्वमा गएको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दै निर्माण तथा व्यवस्थापनको काम अघि बढाएको छ। अनुगमन टोलीमा इटहरीका प्रमुख प्रशासकीय अधिकृत, वातावरण शाखा प्रमुखका साथै ध

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ९४ पटक पढिएको
  • स्वर्णिम साहित्य समाजको सातौँ साधारण सभा सम्पन्नः उपाध्यक्ष कटुवाल सम्मानित  

    इटहरी । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३ को सातौँ वार्षिक साधारण सभा बराहक्षेत्र–५ को वडा सभाहलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष शरण लिम्बूको अध्यक्षता, कोशी प्रदेश सरकारकी राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ अस्मिता विष्टको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा हेटौँडाका कवि यस लामाको कविता कृति ‘बहिस्कृत आवाज’माथि विचार विमर्श गरिएको थियो । कवि दिपा मग्रातीले सहजीकरण गरेको सो विमर्शमा कवि रेखा सुवेदी र राज माङ्लाकले कृतिमाथि टिप्पणी गर्नुभएको थियो। सोही अवसरमा समाजका उपाध्यक्ष एवं गजलकार लक्ष्मण कटुवाललाई ‘आन्तरिक स्वर्णिम साहित

    • प्रकाशित मितिः असोज ८, २०८३
    • ३४७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]