All Posts By कोशी प्रेस

    Showing २,०९१-२,१०० of १३,५४० items.
  • प्रकाशपुरमा लागुऔषधविरुद्ध जनचेतनामूलक ¥याली सम्पन्न

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर –१० प्रकाशपुरमा लागुऔषध बेचबिखन तथा दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले आयोजित ¥याली सम्पन्न भएको छ ।प्रकाशपुर बाल सञ्जाल को आयोजना, बराहक्षेत्र वडा नं. १० कार्यालय को संरक्षण तथा द पालुवा एकेडेमी को सहकार्यमा सम्पन्न कार्यक्रममा करिब ३ सय जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो । ¥यालीमा सहभागीहरूले “लागुऔषधमुक्त समाज आजको आवश्यकता” लगायतका नारासहित बजार तथा विभिन्न क्षेत्र परिक्रमा गर्दै लागुऔषधविरुद्ध सचेतना सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा प्रहरी चौकी प्रकाशपुर को विशेष उपस्थित

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ९४७ पटक पढिएको
  • वनक्षेत्रको जटिलता हटाउन र नयाँ राजस्वका क्षेत्र समेट्न वन ऐन संशोधनको तयारी

    इटहरी। कोशी प्रदेश सरकारले वनक्षेत्रमा देखिएका व्यावहारिक जटिलता हटाउन र नयाँ राजस्वका क्षेत्र समेट्न ‘प्रदेश वन ऐन’ संशोधनको प्रक्रिया अघि बढाएको छ । विशेष गरी घरायसी प्रयोजनका लागि पुराना घर एक ठाउँबाट अर्को ठाउँमा सार्दा आइपर्ने कानुनी सास्ती हटाउन तथा घाटगद्दीमा थुप्रिएका काठलाई बिक्री गर्न सहज बनाउने गरी कानुन संशोधन गर्न लागिएको हो । मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले पुरानो ऐनका कतिपय अव्यावहारिक प्रावधानले जनताले दुःख पाएको र काठ कुहिएर जाने अवस्था आएकाले उक्त समस्या समाधान गर्न ऐन संशोधन गर्न लागिएको बताउनुभयो ।उहाँले ऐन र नियमावली संशोधनको मसौदा मन्त्रीपरिषद्मा पुगिसकेक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १८४ पटक पढिएको
  • षडानन्द बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै

    इटहरी ।  षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको संरक्षणमा ठोस योगदान पुग्ने उहाँको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १८२ पटक पढिएको
  • विराटनगरमा अपाङ्गताले रोकेन उद्यमशीलता

    इटहरी। सञ्जय दर्नाल मेरुदण्ड पक्षघातका कारण अपाङ्गता  हुनुहुन्छ । विराटनगरमा घर भएपछि दैनिक जीविकोपार्जनको विकल्प खोज्नु उहाँको बाध्यता थियो । पछिल्लो १६ वर्षयता दर्नालको दैनिकी सीमापार भारतीय बजार जोगबनी पुग्ने अनि ट्राइसाइकलमा सामान ल्याएर विराटनगरका पसलमा बिक्री गर्ने बन्यो । खाद्यान्नसहित माग अनुसारको सामान ल्याएर बिक्री गर्दा दैनिक एक हजार रुपियाँसम्म कमाइ हुन्थ्यो । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि भौतिक सीमितता पनि उत्तिकै जटिल कुरा हुन्थ्यो । सीमापारबाट सामान ल्याउने कार्य कानुनी थिएन, गैरकानुनी काम गर्न दिन सरकार सधैँ तयार भएन । दर्नालसँगै सामान ल्याउने १७ जनाको समूह थियो । य

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १३८ पटक पढिएको
  • कृषि क्याम्पसको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री इन्द्रमणि पराजुली

    धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासमा विद्यार्थी तथा सरोकारवालासँग अन्तरक्रिया तथा कृषि क्याम्पस जाने बाटो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।क्याम्पस प्रमुख निराजन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ लगायत शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यार्थीह

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १,५४७ पटक पढिएको
  • धनकुटामा मदन आश्रित प्रतिष्ठानको २०औँ स्थापना दिवस सम्पन्न

    इटहरी । मदन आश्रित प्रतिष्ठान धनकुटाले आफ्नो सातौँ साधारण सभा तथा २०औँ बालस्थापना केन्द्र स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। जिल्ला समन्वय समिति धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाले दुई दशकदेखि बालबालिकाको संरक्षण, शिक्षा, पालनपोषण तथा सामाजिक पुनःस्थापनामा पुर्‍याउँदै आएको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। प्रतिष्ठानकी अध्यक्ष शकुन्तला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्नेतले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानले बालअधिकार संरक्षण, असहाय तथा जोखिममा रहेका बालबालिकाको हेरचाह तथा शिक्षामा निरन्तर काम गरिरहेको बताउनुभयो।

    • प्रकाशित मितिः जेठ २, २०८३
    • ४६५ पटक पढिएको
  • पतिको दीर्घायुका लागि बर्साइत पर्व धुमधामका साथ मनाइँदै

    इटहरी । पतिको दीर्घायु तथा दाम्पत्य जीवनको सुख–समृद्धिको कामनासहित सुनसरीका महिलाले शनिबार बर्साइत (बटसावित्री) पर्व धुमधामका साथ मनाएका छन् । जिल्लाका विभिन्न स्थानमा महिलाहरूले सामूहिक रूपमा पर्व मनाइरहेका छन् । सदरमुकाम इनरुवाका विभिन्न वडामा महिलाहरूले वरको रुखमा पहेँलो र रातो धागोले सात फेरा लगाउँदै हर्षोल्लासका साथ बर्साइत पर्व मनाएको इनरुवा–९, बबियाकी बर्तालु ममताकुमारी यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार जेठ कृष्णपक्ष आमावस्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक–फरक विधि अनुसार मनाउने परम्परा छ । नवविवाहित महिलाले पहिलो बरसाइत ९विवाहपछि पहिलो पर्व० अनिवार्य रूपमा श

    • प्रकाशित मितिः जेठ २, २०८३
    • २५७ पटक पढिएको
  • केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह

    इटहरी । पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको विरोधमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन केबुलकार निर्माण गर्नु पर्छ भन्ने पक्षले आग्रह गरेको छ । शनिबार फुङलिङमा पत्रकार सम्मेलनका आयोजना गरि केबलकार आयोजना धार्मिक पर्यटन, स्थानीय आर्थिक विकास र रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण रहेको बन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । पाथीभरा देवी (मुकुम्लुङ) सबै धर्म, संस्कृति तथा सम्प्रदायको आस्थाको केन्द्र भएको उल्लेख गर्दै लाखौँ भक्तजनलाई सहज पहुँच पुर्‍याउन निजी क्षेत्रको लगानीमा केबलकार निर्माण भइरहेकोले यस्तो कार्यलाई अघि बढाउनु पर्ने फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादे

    • प्रकाशित मितिः जेठ २, २०८३
    • १८० पटक पढिएको
  • झुम्का कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका अभियुक्त पक्राउ

    इटहरी ।  जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाएको छ । यस क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई पक्राउ गरिएको हो । उनी सुनसरी जिल्ला अदालत इनरुवाको मुद्दा दर्ता नम्बर ०७५–०१–०६०२ अन्तर्गत २०७९ पुस ५ गते भएको फैसला अनुसार जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद, दुई लाख रुपियाँ जरिवाना, एक लाख रुपियाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपियाँ पीडित राहत कोषमा बुझाउनुपर्ने रकम भुक्तानी गर्न बाँकी रहेका अभियुक्त हुन्

    • प्रकाशित मितिः जेठ २, २०८३
    • १६३ पटक पढिएको
  • मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण

    इटहरी ।  ताप्लेजुङको मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोतबाट साँघु स्वास्थ्य चौकीको दुई वटा भवन निर्माण गरिएको हो । उक्त भवनहरु निर्माण सम्पन्न भएसँगै शुक्रबार औपचारिक रूपमा उद्घाटन गरी भवन सञ्चालनमा ल्याउनुका साथै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । कुल एक करोड १७ ला ७७ हजार १८७ रुपियाँको लागतमा स्वास्थ्य चौकी भवनहरू निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार एउटा ११ कोठा र अर्को पाँच कोठा भएको स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । बर्थिङ सेन्टर ९प्रसूति कक्ष० र २४ घण्टा नै स्वास्थ्य सेवा

    • प्रकाशित मितिः जेठ २, २०८३
    • ३२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]