All Posts By कोशी प्रेस

    Showing २,०२१-२,०३० of १३,५४० items.
  • सुन्दर दुलारी टोल विकास संस्थाको सातौँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न

     इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ६ स्थित सुन्दर दुलारी टोल विकास संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन कुमार खत्रीको अध्यक्षता तथा समाजसेवी देभराज तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष खत्रीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टोल विकास र स्थानीय बासिन्दाको हकहितका लागि संस्था निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले टोलको समग्र विकासका लागि स्थानीयवासीबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो । त्यसैगरी प्रमुख अतिथि तामाङले आगामी दिनमा टोल विकासका गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्य

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १९६ पटक पढिएको
  • धरानको बगरकोटमा बोतल प्रहारबाट एक महिलाको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिका–१५ बगरकोट क्षेत्रमा गत वैशाख २८ गते साँझ भएको झै–झगडाका क्रममा बोतल प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको छ।मृत्यु हुनेमा धरान–१५ की ४९ वर्षीया सरु नेम्वाङ रहेकी छन्। बोतल प्रहारबाट गम्भीर घाइते भएकी नेम्वाङको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न रहेको आरोपमा धरान–१५ कै ३८ वर्षीय अशोक लिम्बू र ३३ वर्षीय बुद्धवीर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुवैलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ४३९ पटक पढिएको
  • चौँतिस वर्षपछि बन्यो मिर्चाडाँगी गाउँलाई पिँढाली बजारसँग जोड्ने झोलुङ्गे पुल

    इटहरी । चौँतिस वर्षको प्रतीक्षापछि मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिँढाली बजारसँग जोड्ने रतुवाखोलामा झोलुङ्गे पुल बनेको छ ।  मिर्चाडाँगी र पिँढालीका बासिन्दाले ३४ वर्षदेखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झोलुङ्गे पुल नहुँदा पुलपारिका बासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपालिका कार्यालय आउने जाने गर्थे । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ निर्माण गर्न थानी निर्माण सेवालाई ठेक्का दिएको थियो । ७४७ मिटर लम्बाइको झोलुङ्गे पुल भ्याटसहित १९ करोड ८२ ला

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ११६ पटक पढिएको
  • बाढी–पहिरोले पाँचथरको याङवरकमा चार पुल र दुई घरमा क्षति

    इटहरी ।  अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठुलो क्षति पुगेको छ । यस क्षेत्रमा शुक्रबार साँझ भारी वर्षा भएको थियो । वर्षापछि आसपासका खोला–नालामा आएको बाढी र पहिरोले सडक, पुल–पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पुर्‍याएको हो । दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ । पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको बताइएको छ । बाढीका कारण याङवरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजनासहित विभिन्न संरचनामा क्षति प

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १८६ पटक पढिएको
  • भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको भीड

    इटहरी । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिनुभयो । स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी भोजपुर, ओखलढुङ्गा,

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १७० पटक पढिएको
  • छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

    इटहरी ।  निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । दल त्याग गरेका आधारमा पदमुक्त गरिएको लामाको पद यथास्थितिमा राख्न सर्बोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । डेढ साताअघि अर्थात गत वैशाख ३१ गते आयोगले सार्वजनिक सूचना जारी गर्दै दल त्याग गरेका कारण जिल्ला समन्वय समिति प्रमुख लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध लामाले सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्नुभएको थियो । लामाको रिट निवेदनमाथि सुनुवाइ गर्दै निर

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १६० पटक पढिएको
  • बाढीले पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध

    इटहरी । गएराति इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल (मोडर गुड्ने) पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो । बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिन

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • ११७ पटक पढिएको
  • विराटनगरका ७८ प्रतिशत महिलाको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण

    इटहरी ।  विराटनगर महानगरपालिकामा बसोबास गर्ने महिलाहरूको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ । महानगरपालिका र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षण अनुसार विराटनगरका ७८ प्रतिशत महिलाहरूको कुनै पनि आर्जित आय छैन, जहाँ पुरुषको तुलना महिलाको आर्जित आय केवल २७ प्रतिशत मात्र रहेको छ । महानगरका १९ वटै वडाका ४१ हजार ४८८ घरधुरीका एक लाख ४९ हजार ८१६ व्यक्तिमा गरिएको सर्वेक्षणले २१ प्रतिशत महिला अझै पनि लेखपढ गर्न नजान्ने पाइएको छ । यस्तै, करिब २० प्रतिशत महिलाको १८ वर्ष नपुग्दै बालविवाह हुने गरेको र ४४।५ प्रतिशत घरधुरीको नेतृत्व मह

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १५० पटक पढिएको
  • तेह्र महिनादेखि तलब नपाएका सिमेन्ट उद्योगका मजदुर आन्दोलनमा

    इटहरी ।  उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेल आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । मजदुर नेता देवेन्द्र झाका अनुसार २०८१ चैतदेखि हालसम्मको तलब भुक्तानी हुन बाँकी आठ करोड ८० लाख ५३ हजार, सञ्चय कोष दाखिला हुन बाँकी नौ करोड ५० लाख ९९ हजार १३४ र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी तीन करोड ६९ लाख ६६ हजार २२२ रुपियाँ छ । यसै गरी कर्मचारीको तीन वर्षदेखिको बिमाबापतको दाखिला हुन बाँकी छ करोड ६० लाख ८१ हजार ७४५, अतिरिक्त कामको ज्याला ७६ लाख चार हजार ३०९, बिदाको रकम एक करोड

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १३२ पटक पढिएको
  • क्यूएफएक्स सिनेफ्लेक्स इटहरीको नयाँ व्यवस्थापन सहित औपचारिक रूपमा पुनः सञ्चालनमा

    इटहरी । कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा रहेको ’क्यूएफएक्स सिनेफ्लेक्स’ नयाँ व्यवस्थापन, आकर्षक सजावट र उच्च गुणस्तरका साथ औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।  करिब १४ महिना अघिको आगलागीपछि आवश्यक मर्मत, प्रविधिगत स्तरोन्नति र केही महिनाको परीक्षण प्रसारण पश्चात चलचित्र ’मितज्यू’को प्रिमियर शो सँगै हलको औपचारिक ’री–ओपनिङ’ गरिएको हो । जेठ ७ गते आयोजित उक्त विशेष प्रिमियर समारोहमा सुनसरीका चलचित्र पत्रकारहरू, स्थानीय पाहुनाहरूका साथै क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुराग

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ४४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]