All Posts By कोशी प्रेस

    Showing १,६०१-१,६१० of १३,५२५ items.
  • विगतको निराशा चिर्दै नयाँ सरकारले जगायो आशा, सेवा प्रवाह र डिजिटल शासनको क्षेत्रमा कोशी प्रदेशका पेसाकर्मी र सर्वसाधारणको सकारात्मक प्रतिक्रिया

    इटहरी। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको सय दिन पुग्दै गर्दा कोशी प्रदेशका नागरिक तथा पेसाकर्मी सङ्घीय सरकारको नीति र काम गर्ने शैलीबाट निकै आशावादी भएका छन् ।  नागरिक समाज इटहरीका पूर्वअध्यक्ष तथा समाजसेवी सन्तबहादुर डुम्जनले नवगठित सरकारले सय दिनमा सुशासन, प्रशासनिक सुधार र विकासलाई गति दिने सङ्केत देखिएको बताउनुभयो । उहाँले सरकारले उद्योग सञ्चालन, रोजगारी सिर्जना, कृषि उत्पादनको उचित मूल्य निर्धारण, विकास आयोजना समयमा नै सम्पन्न गर्न र सार्वजनिक सेवा सहज बनाउन अझ बढी ध्यान दिनुपर्ने पनि बताउनुभयो ।  विगतका सरकारप्रति बढेको निराशाबिच बनेको राष्ट्रिय स्वतन्त्र

    • प्रकाशित मितिः असार २०, २०८३
    • १६९ पटक पढिएको
  • 'साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य

    इटहरी — इटहरी उद्योग वाणिज्य संघको सदस्य पदकी उम्मेदवार मीना ढकाल आचार्यले साना तथा मझौला व्यवसायीको सशक्तीकरण बिना बजार चलायमान हुन नसक्ने बताएकी छन्।आगामी असार २७ गते हुने निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीमा उनले अहिले बजार मन्दी, घट्दो कारोबार, उच्च बैंक ब्याजदर, करसम्बन्धी जटिलता र लगानीमा अनिश्चितता व्यवसायीका मुख्य समस्या रहेको उल्लेख गरिन्। यी चुनौती समाधानका लागि स्थानीय सरकार, बैंक तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ।निर्वाचित भए व्यवसायीका समस्या सुन्ने, संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने, साना तथा मझौला व्यवसायील

    • प्रकाशित मितिः असार १९, २०८३
    • ७८९ पटक पढिएको
  • अनुभव, समन्वय र विश्वासका उम्मेदवार : उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा नवराज काफ्ले

    इटहरी । लामो समयदेखि इटहरीको व्यावसायिक क्षेत्रमा सक्रिय रहेका व्यवसायी नवराज काफ्ले यसपटक उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। सार्वजनिक चर्चा र प्रचारभन्दा पनि काममार्फत आफूलाई स्थापित गरेका काफ्लेलाई अनुभवी व्यवसायीहरूको साझा रोजाइका रूपमा हेरिएको छ।उद्योग वाणिज्य संघको विभिन्न कार्यकालमा जिम्मेवारी सम्हालिसकेका काफ्लेले विशेषगरी भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। संघको वर्तमान सुविधासम्पन्न भवन निर्माण प्रक्रियामा उनले आर्थिक व्यवस्थापन र समन्वयको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको भन्दै सहकर्मी व्यवस

    • प्रकाशित मितिः असार १९, २०८३
    • ३७३ पटक पढिएको
  • धनकुटामा दोहोरो नागरिकता र राहदानी लिने एक जना पक्राउ

    इटहरी । धनकुटामा दोहोरो नागरिकता र राहदानी लिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता र राहदानी लिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–४ ९साविक मूर्तिढुङ्गा–८० स्थायी घर भएका ४३ वर्षीय द्रोणराज काफ्ले हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० हेमन्त भण्डारीका अनुसार गलत उद्देश्य राखी झुटा विवरण पेस गरेको, वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता बनाएको र दुवै नागरिकताका आधारमा राहदानीसमेत लिएको भनी उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो ।पक्राउ प

    • प्रकाशित मितिः असार १९, २०८३
    • १८७ पटक पढिएको
  • पाँचथरमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

    इटहरी । पाँचथर प्रहरीले अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ कन्याटार स्थित राँके–रवि–भेडेटार सडक खण्डमा सवारी चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन । प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णका अनुसार प्र।१–०१–१४ प ६०४५ नम्बरको यामाहा एमटी–१५ मोटरसाइकल रोकेर जाँच गर्दा चालक मिक्लाजुङ गाउँपालिका–५ का २५ वर्षीय दिलविर माखिम र पछाडि सवार सोही गाउँपालिका–५, कुरुम्बाका ३७ वर्षीय मनकुमार माखिमको साथबाट एकनाले भरुवा बन्दुक बरामद भएको हो ।बरामद बन्दुक खाली अवस्थामा रहेको प्रहरीले जनाएको छ ।दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन

    • प्रकाशित मितिः असार १९, २०८३
    • १८८ पटक पढिएको
  • झापामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते

    इटहरी ।  झापाको दमक र अर्जुनधारामा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये सबैको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।दमक नगरपालिका–५ नारायणगोपाल टोलस्थित भित्री सडकखण्डमा राति करिब ८ः५५ बजे चिया बगानबाट दमक बजारतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ९१३२ नम्बरको स्कुटर र विपरीत दिशाबाट गइरहेको प्रदेश १–०१–०१३ प ३९०८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक दमक–९ निवासी ६२ वर्षीय जेम्स टप्पो घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको छ। त्यस्तै मोटरसाइकल चालक दमक–२ निवासी ४१ वर्षीय चन्द्र राईको दुवै हातखुट्टा तथा द

    • प्रकाशित मितिः असार १९, २०८३
    • २१४ पटक पढिएको
  • नेपालमा डेंगुको नयाँ केन्द्र बन्दै झापा जिल्ला, पछिल्लो ६ महिनामा १३८ जना संक्रमित, कोशी प्रदेशमै सबैभन्दा धेरै प्रभावित

    इटहरी । नेपालमा पछिल्लो छ महिनायता पुष्टि भएका डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै झापामा भेटिएका छन्। सरकारी तथ्यांकअनुसार पुस १७ यता देशभर एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि हुँदा झापामा मात्रै १३८ जना संक्रमित भएका छन्।स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो अद्यावधिक विवरणले झापालाई डेंगु सङ्क्रमणको मुख्य प्रभावित जिल्ला देखाएको हो। झापापछि काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा समान ५०, कास्कीमा ४४, ओखलढुंगा र चितवनमा ३९ तथा पाल्पामा ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ। डेंगुबाट यो अवधिमा दुई जनाको मृत्यु भइसकेको छ। हालसम्म ७१ जिल्लामा स

    • प्रकाशित मितिः असार १९, २०८३
    • १५८ पटक पढिएको
  • नेपाल–भारत खुला सीमाको सुरक्षा चुनौती कम गर्न सशस्त्र प्रहरीको सक्रियता,मोरङको विराटनगर १८ मा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद

    इटहरी। नेपाल–भारत खुला सीमामा बढ्दै गएका सुरक्षा चुनौती तथा सीमापार अपराध नियन्त्रणमा स्थानीय समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले मोरङमा सीमावासीसँग प्रत्यक्ष अन्तरक्रिया गरेको छ।बिहीबार विराटनगर महानगरपालिका–१८ स्थित नेपाल कस्टम यार्डमा आयोजित ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी, मोरङका गणपति एसपी गेहेन्द्रबहादुर भण्डारीले सीमा सुरक्षालाई सुरक्षा निकायको मात्र नभई समुदायको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो।उहाँले सीमापार हुने अवैध गतिविधि, लागुऔषध ओसारपसार, तस्करीलगायतका घटनाबारे समयमै सूचना

    • प्रकाशित मितिः असार १९, २०८३
    • २०४ पटक पढिएको
  • अर्गानिक बेकरी उत्पादनमा जोड, सीपलाई उद्यममा रूपान्तरण गर्न नगर प्रमुख माबुहाङको आग्रह

    इटहरी । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले तेह्रथुमको लालीगुराँस नगरपालिकामा सञ्चालन गरेको “राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम–आन्तरिक रोजगार सिर्जना“ अन्तर्गतको १० दिने बेकरी तालिम सम्पन्न भएको छ । असार ९ गते देखि सञ्चालन भएको तालिम बुधबार नगरपालिकाको सभाहलमा आयोजित समापन समारोहबीच सम्पन्न भएको हो । तालिममा १० जना सहभागीले बेकरी उत्पादन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन् । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्जुन माबुहाङले बेकरी उद्योग केवल व्यवसाय मात्र नभई जनस्वास्थ्य सँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले उत

    • प्रकाशित मितिः असार १९, २०८३
    • १७९ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय नगद पुरस्कारसहित सम्मानित

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय तथा विद्यालयका कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । बिहीबार गाउँपालिकाको सय विक्ष सदनमा आयोजित उक्त कार्यक्रममा शिशु शिक्षा विकास आधारभूत विद्यालय सिन्द्राङमा तीन दशक अध्यापन गरी अवकाश प्राप्त शिक्षक रामप्रसाद राईलाई ३४ हजार ७ सय ३० रुपैयाँ नगदसहित विशेष सम्मान गरिएको हो । गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विगत देखि प्रयास गर्दै आएको र यस वर्ष प्रोत्साहन स्वरुप सम्मानको कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भ

    • प्रकाशित मितिः असार १९, २०८३
    • १८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]