सुनसरी । सुनसरीका किसानहरूले खेतीपातीको मुख्य याममै रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ। समयमा मल उपलब्ध नहुँदा किसानहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् भने सम्बन्धित नियामक निकायहरू मौन रहेको गुनासो बढेको छ।जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका कृषि सहकारी तथा बिक्री डिपोहरूमा यतिबेला युरिया र डीएपी मलको अभाव देखिएको छ। धानबालीका लागि अत्यावश्यक रासायनिक मल पाउन कठिन भएपछि किसानहरू समस्यामा परेका छन्। मल खरिदका लागि रातिदेखि वा बिहानैदेखि लामो लाइन लाग्ने गरेको छ भने कतिपय स्थानमा विवाद र झडपसमेत हुने गरेको स्थानीयहरू बताउँछन्।इनरुवाका किसान रामदेव मेहताले भने, “धानमा मल हाल्ने मुख
इटहरी। सुनसरीको धरान उपमहानगरपालिका–१६ पौडेल चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, सोही स्थानकी १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अभिनाश थापा मगर रहनुभएको छ।सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३१६ पिस, स्पासपेन–फ्री १९५ पिस, स्पासप्रो १०० पि
इटहरी/ इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी सामुदायिक सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र इटहरी–४ का प्रमुख राजेश बिमली तथा PHRD Nepal की प्रतिनिधि सुम्निमा कार्की ले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। वडा नं. ४ लाई केन्द्रित गरी आयोजित कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत रोगको समयमै पहिचान, सूच
इटहरी। तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबारबाट औपचारिक रुपमा सुरु गरिएको हो । आगामी २०८५ साल असोज २५ गतेसम्ममा आयोजनाको सम्पूर्ण कार्य पूरा गरी व्यवसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित सुरुङ खन्ने कार्य औपचारिक रुपमा सुरु गरिएको स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच किलोमिटर लम्बाइको सुरुङ हाल प्रवेशद्वारबाट खन्ने कार्य सुरु गरिएको छ ।२०५६ सालदेखि अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि २०८१ स
इटहरी। बर्सौंदेखि जमिन बगेर यातायात अवरुद्ध हुने गरेको मेची राजमार्ग अन्तर्गत इलामको माईखोला–राजदुवाली सडकमा राज्यको करोडौँ रुपियाँ खर्च भइरहेको छ । पछिल्लो समय यो खण्डमा यातायात बन्द भएको करिब एक महिना भएको छ । यो अवधिमा इलामसहित पाँचथर र ताप्लेजुुङसम्मका सर्वसाधारणले दैनिक उपभोग्य वस्तुु अभाव मात्र होइन, बिरामीले जीवन बचाउनका लागि पनि उत्तिकै सकस खेप्नुु परेको छ । निरन्तर वर्षाले इलाम सदरमुकामतर्फ जाने सबै सडक अवरुद्ध हुँदा उपचारका लागि झापा जानुुपर्ने बिरामीलाई राजदुवालीको पहिरोमा बोकेर पार गराउनुु परेको छ । वैकल्पिक सडक सिमल गोलाई–तिल्केनी र केचना कञ्चनजङ्घा दुवै सडक बिचम
इटहरी: थाइल्याण्डको पट्टायामा आयोजित "9th Heroes International Taekwondo Championship 2026" मा बुढीगंगा तेक्वान्दो डोजाङले तीन वटा कांस्य हासिल गरेको छ।३० भन्दा बढी देशका चार हजारभन्दा बढी खेलाडी सहभागी भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा बुढीगंगा तेक्वान्दो डोजाङका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएका हुन्।कांस्य पदक विजेतामा बिनिशा राई (अन्डर–३८ केजी), ओजस्वी बरुवाल (अन्डर–३१ केजी) र सर्वज्ञ श्रेष्ठ (६५ केजीमाथि) रहेका छन्।डोजाङका अनुसार विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पदक जित्नु खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास, प्रशिक्षकको समर्
इटहरी । इटहरीस्थित ग्रीन पिस लिंकन कलेज (म्यानेज्ड बाइ आई एस एमटी) मा ‘ई–स्पोट्र्स’ अन्तर्गत फ्रि फायर तथा ई–फुटबल प्रतियोगिता सम्पन्न भएको छ। कलेजको बीबीए छैटौँ सेमेस्टरका विद्यार्थीहरूको व्यवस्थापनमा आयोजित कार्यक्रम सुमित श्रेष्ठको अध्यक्षता एवम् प्राचार्य मुक्तिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा कलेजका संयोजक प्रमोद बन्सल विशेष अतिथि तथा मुख्य प्रायोजक ’यात्रा रेन्टल्स’का प्रबन्ध निर्देशक सुमित श्रेष्ठको सहभागिता थियो भने फेदीखोला हाइड्रोपावरको सह–प्रायोजन रहेको प्रतियोगिताको मिडिया पार्टनर विराट टेलिभिजन रहेको थियो । सम्पन्न फ्रि फायरतर्फ राकेश खत्री, क्ष
इटहरी । दिवंगत आफन्तहरूको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन सिक्सटिनले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा भवन निर्माण सहयोग तथा भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा आश्रमका बालबालिकाको दैनिकी सहज बनाउन आर्थिक सहयोगसँगै मानवीय सेवाको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमका क्रममा स्वर्गीय रणबहादुर कार्की तथा स्वर्गीय निरमाया कार्कीको स्मृतिमा कार्की परिवारले आश्रम भवन निर्माणका लागि ५० हजार १ रुपैँया नगद सहयोग प्रदान गर्नुभएको थियो। त्यसैगरी स्वर्गीय पशुपतिनाथ ढकालको स्मृतिमा ढकाल परिवारले ५० हजार १ रुपैँया बराबर
इटहरी : सुनसरी र सिरहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनाका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सरकारले निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्तिम पोखरेलले जानकारी दिए।एक साताअघि सुनसरी र केही दिनअघि सिरहामा दुई समूहबीच भएको झडपका क्रममा चार जनाको मृत्यु भएको थियो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतासहित सिरहाका गणेश यादवको ज्यान गएको थियो। सरकारले मृतकका परि
इलाम। इलामको सन्दकपुर गाउँपालिका–४ स्थित माबुको हरिसे गाउँका २० घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन्। साउन १० गतेको वर्षापछि गाउँको करिब २० रोपनी जमिन चिरा परेर धस्सिएसँगै बस्ती थप जोखिममा परेको हो।सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीका अनुसार जमिन चिरा परेपछि १२ घरपरिवार, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनीको हेड ट्याङ्क, कार्यालय तथा कर्मचारी क्वार्टरसमेत जोखिममा परेका छन्। तीमध्ये सोम राई र कल्पना राईलगायत १२ परिवारका घर अत्यधिक जोखिममा रहेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो। गत वर्ष असोज १८ गतेको वर्षापछि गएको पहिरोले पनि यही
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.