इटहरी । होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन भइरहेको २१ दिने निःशुल्क बारिस्टा तालिम प्रभावकारी रूपमा अघि बढिरहेको छ । नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा असार १४ गतेदेखि सुरु भएको उक्त तालिम साउन ८ गतेसम्म सञ्चालन हुनेछ। सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले दुई चरणमा सञ्चालन गरिरहेको तालिममा ३० जना युवाको सहभागिता रहेको छ । तालिममा सहभागीहरूले कफी तयारी, बारिस्टा सीप, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गरिरहेका छन् । अनुभवी प्र
इटहरी । सुनसरी र झापामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।सुनसरीको बराहक्षेत्र नगरपालिका–६ आइतबारेमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले राति छापा मारेको थियो। खोजतलासका क्रममा बराहक्षेत्र–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीको साथबाट १।६७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।यस्तै, झापाको कचनकवल
इटहरी। झापाका स्थानीय तहमध्ये सबैभन्दा बढी रकमको बेरुजु देखिएको मेचीनगर नगरपालिकाले बेरुजु फछ्र्योटका लागि सम्बन्धित व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र रकम दाखिला गर्न वा प्रमाणसहित फछ्र्योट गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र बेरुजु फछ्र्योट नगरे सरकारी बाँकीसरह जायजेथाबाट असुल गरिने नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगतमा नाम उल्लेख भएका व्यक्ति, संघ–संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालालाई ३५ दिनभित्र आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा उपस्थित भई बेरुजु रकम दाखिला गर्न वा फछ्र्योटको प्
इटहरी। मोरङको केराबारी गाउँपालिकामा खसी खेदाउँदै सडक पार गर्ने क्रममा टिपरको ठक्कर लाग्दा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा केराबारी गाउँपालिका–५ निवासी विष्णुमाया मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शुक्रबार बिहान करिब ८ः५० बजे केराबारी–५ स्थित शान्ति चोकमा बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले उनलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मोरङ प्रहरीका सूचना अधिकार
इटहरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। यस क्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेको छ।कोशी ब्यारेजमा अहिले पानीको प्रवाह प्रतिसेकेन्ड १ लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। ब्यारेजका २० वटा ढोका खोलिएका छन्। कोशीमा जलप्रवाह प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक पुगेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान तथा कटानको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको बताए।
इटहरी। प्रसिद्ध धार्मिक स्थल पाथीभरा मुक्कुमलुङमा एक वर्षमा ४ करोड ८२ लाख बढी भेटी सङ्कलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार गत साउन मोहनामा १० लाख ३९ हजार रुपियाँ, भदौमा ९ लाख ९७ हजार रुपियाँ, असोजमा ३३ लाख ८२ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । यस्तै कार्तिक महिनामा ३४ लाख ४८ हजार ५०० रुपियाँ, मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपियाँ, पुस महिनामा २४ लाख २५ हजार रुपियाँ सङ्कलन भएको छ ।माघ महिनामा १८ लाख ४७ हजार ५०० रुपियाँ, फागुन ३१ लाख १० हजार रुपियाँ, चैत महिनामा ५८ लाख ४
इटहरी। भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ । उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साथै, यहाँको पानीमा नुहाएमा घाउ–खटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ । देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने वि
इटहरी। लगातार दुई वर्षसम्म विवरण नबुझाई निष्क्रिय रहेका कोशी प्रदेशका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ७३ को उपदफा ९३० बमोजिम ती सहकारी संस्थाको दर्ता खारेज गरेको प्रदेश सहकारी रजिष्ट्रार भूपेन्द्र खनालले जानकारी दिनुभयो ।कार्यालयका अनुसार सम्बन्धित सहकारी संस्थालाई अद्यावधिक हुन आग्रह गर्दै २०८२ भदौ २ गते ३५ दिने र २०८२ पुस २ गते २१ दिने सूचना जारी गरिएको थियो । त्यसपछि पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि ती संस्थाको स्थलगत अनुगमन गरिएको थियो ।अनुगमनका क्रममा
इटहरी । कोशी प्रदेशमा पनि नेकपा एमाले र नेपाली कांग्रेस बीचको गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । २०८१ साल असारमा भएको आलोपालो गर्ने सहमति अनुसार कोशी प्रदेशमा नेपाली कांग्रेस र एमाले बीच सत्ता गठबन्धन भएको थियो । सोही सहमति अनुसार असार मसान्त भित्रै नेतृत्व परिवर्तनको तयारी भईरहेको बेला केन्द्र र अन्य प्रदेशको विवादका कारण कोशी प्रदेशमा गठबन्धन टुट्न लागेको हो । नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय संयन्त्रले केन्द्रको निर्णय पर्खने निर्णय भएकाले तत्कालै कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले राजिनामा नदिने भएका छन् । कांग्रेस कोशी प्रदेशका सभापति एवम् संसदीय दलका नेता उद्धव
इटहरी । स्थानीय स्काउट कमिटीको आयोजना तथा हिमालय इङ्लिस स्कुलको सह–आयोजनामा आगामी साउन १ देखि ३ गतेसम्म ’हिमालय मनसुन स्काउट क्याम्प–२०८३’ सञ्चालन हुने भएको छ । सुन्दरहरैंचा–१०, विराटचोक स्थित हिमालय इङ्लिस स्कुलमा हुने तीनदिने क्याम्पबारे बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनिज लामा कार्कीले स्काउट अभियानले अनुशासन र इमान्दारिता सिकाउँदै असल नागरिक निर्माणमा सघाउने बताउनुभयो। त्यस्तै, हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले क्याम्पमा स्काउट ड्रिल, प्राथमिक उपचार र विपद् व्यवस्थापन जस्ता व्यवहारिक सीप सिकाइने
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.