All Posts By कोशी प्रेस

    Showing १,४४१-१,४५० of १३,५२५ items.
  • झापाको बिर्तामोडस्थित होटलबाट ३१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    इटहरी ।  झापाको बिर्तामोडस्थित एक होटलबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ करिब ५ बजे बिर्तामोड नगरपालिका–५ स्थित देउराली होटलको कोठा नम्बर ४०४ मा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले छापा मारेको थियो।छापाका क्रममा होटलको कोठामा बसिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्ला, खोरीबारी ग्रामथान पञ्चायतका ३४ वर्षीय कमल बर्मनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनको साथबाट प्लास्टिकसहित ३३ ग्र

    • प्रकाशित मितिः साउन २, २०८३
    • १७२ पटक पढिएको
  • मोरङको लेटाङस्थित चिसाङ खोलाको नहरमा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

    इटहरी ।  मोरङको लेटाङ नगरपालिका–६ स्थित चिसाङ खोलाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लेटाङ–४ निवासी जितेन राईका १२ वर्षीय छोरा साबेहाङ राई रहेका छन्। शुक्रबार साथीहरूसँग नहरमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए।नहरमा डुबेर अचेत भएका साबेहाङलाई स्थानीय र प्रहरीले उद्धार गरी शुक्रबार दिउँसो करिब ३ः३० बजे उपचारका लागि लेटाङ नगर अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा अपराह्न करिब ४ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट इन्स्पेक्टर सागर साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको प्रारम्भिक

    • प्रकाशित मितिः साउन २, २०८३
    • १३८ पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा ३०० भन्दा बढी राइडर्सको सहभागितामा ‘कोरा राइड साइक्लिङ’ सम्पन्न

    इटहरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा शनिबार ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको छ।पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। साइक्लिङमार्फत प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्दै दिगो तथा वातावरणमैत्री पर्यटन विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष किशन मास्केले बताए।बिहान ७ बजे धरानको भानुचोकबाट सुरु भएको राइड भोटेपुल, धनकुटे रोड, बुद्धचोक, घोपा गेट, डिपो स्कुल लाइन, इन्द्रेणी चोक, रेल्वे चोक, रत्नचोक, मङ्गल

    • प्रकाशित मितिः साउन २, २०८३
    • १७९ पटक पढिएको
  • झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई युवकको मृत्यु

    इटहरी । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ।कचनकवल गाउँपालिका–३ पाँचबिगेका २४ वर्षीय कमल गदाइलीको जंगली हात्ती रोकथामका लागि आफ्नै बारीमा राखिएको विद्युतीय तारमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति करिब ९ बजे अचानक करेन्ट लागेर गम्भीर घाइते भएका गदाइलीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको शव हाल प्रादेशिक अस्पतालमै राखिएको छ। घटनाबारे प्रहरी चौकी पथरियाको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।य

    • प्रकाशित मितिः साउन २, २०८३
    • ९१ पटक पढिएको
  • झापाको हुलाकी राजमार्गमा कार र मोटरसाइकल ठोक्किँदा मोरङका दुई युवकको मृत्यु

    इटहरी । हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्।झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक शुक्रबार कार र मोटरसाइकल ठोक्किँदा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका दुई जनाको ज्यान गएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक रहेका छन्। दुवै एउटै स्थानका बासिन्दा हुन्।प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्र।१–०२–००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३८ एच ५५४७ को मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका स्लामक

    • प्रकाशित मितिः साउन २, २०८३
    • १३३ पटक पढिएको
  • नेतृत्वविहीन बनेपछि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग थप सङ्कटमा

    इटहरी  ।  सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योग नौ दिनदेखि प्रशासनिक नेतृत्वविहीन अवस्थामा छ । गत असार २४ बाट निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएको र उद्योग मन्त्रालयद्वारा नयाँ कार्यालय प्रमुख नियुक्त नहुँदा उद्योगको उत्पादन बिक्री र दैनिक सम्पादन गर्नुपर्ने प्रशासनिक र आर्थिक कामसमेत ठप्प भएको छ । उद्योगका सातौँ तहका कर्मचारी वीरबहादुर कार्कीका अनुसार आठौँ तहका वरिष्ठ कर्मचारी वैद्यनाथ झाले खानी नवीकरणका लागि अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण लगानी व्यवस्था कार्यालयले दिने ऋण तमसुकमा हस्ताक्षर गर्ने अख्तियारी पाउनुभएको छैन । पछिल्लो समय चरम आर

    • प्रकाशित मितिः साउन २, २०८३
    • ७५ पटक पढिएको
  • जलवायु परिवर्तनले खाद्य सुरक्षामा चुनौती,कोशी प्रदेशमा ५४ प्रतिशत रोपाइँ सम्पन्न

    इटहरी । कोशी प्रदेशमा यस वर्ष समयमै मनसुन सक्रिय भएसँगै धान रोपाइँ उत्साहजनक रूपमा अघि बढे पनि जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन्।उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म धान रोप्न योग्य क्षेत्रफलमध्ये ५४ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब दुई प्रतिशत बढी हो। समयमै वर्षा भएकाले बाँकी क्षेत्रमा पनि रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको खाद्य सुरक्षा महाशाखाका प्रमुख प्रकाश मरासिनीले पछिल्ला वर्षहरूमा धान भित्र्याउने समयमा हुने असमयको वर्षाका कारण किसानले उत्पादन र गुणस्तर

    • प्रकाशित मितिः साउन २, २०८३
    • १०३ पटक पढिएको
  • अविरल वर्षाका कारण ताप्लेजुङ फुरुम्बुको ओठेखोलामा पहिरो, यातायात र इन्टरनेट ठप्प

    इटहरी । अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको वर्षाका कारण फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो जाँदा सडक र विद्युत अवरुद्ध बनेको हो ।फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार सडकभन्दा माथिबाट झरेको पहिरो ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । फुरुम्बुस्थित आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात सेवा ठप्प भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।पहिरोले सडकसँगै विद्युत सेवा पनि अवरुद्ध भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहा

    • प्रकाशित मितिः साउन २, २०८३
    • १०५ पटक पढिएको
  • काठमाडौंपछि इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

    इटहरी । काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ। विश्व आदर्श कलेजको ला. भा. तथा एस. क्यु. सि. ग्रुपको आयोजनामा आगामी आइतबार र सोमबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई-दुई शो प्रस्तुत गरिनेछ। काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुबेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरी उल्लेखनीय

    • प्रकाशित मितिः साउन २, २०८३
    • ८१ पटक पढिएको
  • सेश नारायण दिव्यधाममा लायन्स क्लबहरूको संयुक्त वृक्षरोपण तथा खाद्यान्न वितरण

    इटहरी । मोरङको गछियास्थित सेश नारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स÷लियो क्लब अफ इटहरी पाथीभरा र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामल लगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल रहनुभएको थियो। विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्र प्रसा

    • प्रकाशित मितिः साउन १, २०८३
    • २७९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]