काठमाडौं / नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले न्युज कारखानासँग भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’पार्टी भित्र छलफल भइनसक
इटहरीः स्वदेश तथा विदेशमा अध्ययनको लागि आवश्यक परामर्श दिने संस्थाहरुको छाता संगठन इक्यान नेपालको प्रदेश एक कमिटिले आफ्ना बिभिन्न माग सहित प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई भेट गरेका छन् ।शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिका २०६८ अनुसार शैक्षिक परामर्श सेवा क्षेत्रको व्यावसायिक प्रकृति अनुसार दर्ता प्रक्रिया संघिय वा प्रदेश सरकारले गर्नुपर्ने र विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि अध्ययन अनुमति पत्र एनओसि अनलाइनबाटै उपलव्ध गराउनु पर्ने माग इक्यानले राखेको छ ।इक्यानका अध्यक्ष प्रकाश लकान्द्री र सचिव रवि गुप्ताद्धारा जारी गरीएको ज्ञापनमा विदेश जाने विद्यार्थीका ल
नेपाल पत्रकार महासङ्घ झापाले पत्रकार धम्क्याउने कार्यप्रति खेद व्यक्त गरेको छ । मङ्गलबार एक विज्ञप्ति प्रकाशित गरी हालै झापामा एक व्यक्तिले पत्रकारमाथि धम्की दिएको घटनाप्रति महासङ्घ झापाको ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता हर्कत नदोहोर्याउन सचेत गराएको छ । गौरीगञ्ज दर्पण डटकममा प्रकाशित समाचारको विषयलाई लिएर त्यसका प्रधानसम्पादक मदन राजवंशीलाई फागुन २ गते स्थानीय सञ्जय महतोले धम्की दिएको महासङ्घले जनाएको छ । महतोले पत्रकार राजवंशीलाई फोनमा गालीगलौज गर्दै समाचार लेखेमा हात काटिदिने धम्की दिएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।सो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको जना
इटहरीः टिभिएस ब्राण्डको दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनका लागि देशभरी चल्ने टिभिएस किँङ्ग विन्टर सर्भिस क्याम्प इटहरीमा पनि सोमबारबाट शुरु भएको छ ।टिभिएसको नेपालका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सको इटहरी स्थित सप्लायर्स नयन ट्रेडर्सले सोमबार प्रख्यात गायकद्धय महेश काफ्ले र आयुफ लुइटेलबाट रिवन काटेर क्याम्पको शुभारम्भ गरेका छन् ।पहिला इटहरीको राजश्व ढाटबाट सेवा दिइरहेको नयन ट्रेडर्सले अव भने इटहरीको मिलन चोकबाट सोरुम र सर्भिस एकैठाउँबाट सेवा दिनेछ ।देशव्यापी रुपमा सुरु भएको विन्टर सर्भिस क्याम्पमा ग्राहकलाई उत्कृष्ट सेवा दिने र बिभिन्न सुविधाको साथै विशेष छुट र आकर्षक उपहार सम
इटहरी , इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका सर्जकहरूले सृजना सुनाएका थिए । क्यानभास साहित्य समाजका सचिव विवेक विवश रेग्मीका अनुसार प्रणय दिवसको अवसर पारेर सृजना वाचन कार्यक्रम राखिएको हो । कार्यक्रमअघि सङ्गीत साधनाका तत्कालीन अध्यक्ष राम धामीको स्मृतिमा मौनधारण गरिएको थियो । ‘आज प्रणय दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘साहित्यिक गतिविधिमा सक्रिय भइरहनका लागि पनि यस
१ नं. प्रदेश प्रहरी कार्यालयले मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकृतहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी सहायक निरीक्षक हरेन्द्रकु्मार ठाकुर, प्रहरी हवल्दारद्वय जितेन्द्र चौधरी र भक्तबहादुर ठकुरी छन् । उनीहरूलाई १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी अरुणकुमार बिसीले पुरस्कृत गरेका हुन । एसपी जिसीलाई नगद १५ सय, डीएसपी श्रेष्ठलाई १३ सय, असई ठाकुरलाई १२ सय र हवल्दारद्वय चौधरी र ठकुरीलाई हजारको दरले नगद पुरस्कृत गरिएको डीआईजी बिसीले जानकारी दिए ।
लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित जनसेवा युव क्लवको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार भएको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले अस्मिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा सन्देश राई, सचिवमा प्रनिका राई, सहसचिवमा चाहाना राई र कोषध्यक्षमा दुर्गा घिमिरेलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मेरिका श्रेष्ठ, सौराज श्रेष्ठ, करिना तामाङ, सञ्जिव राई, निशान राई र कपिल नेपालीलाई चयन गरेको छ ।सोही अवसरमा क्लवले गत वर्षको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने क्लवमा आवद्ध २ जना सदस्यलाई सम्मान समेत गरेको छ । छात्रातर्फ प्रनिका राई र छ
काठमान्डाैं / कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् ।बनेपास्थित नेपाली काङ्ग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा थापाले, केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने दाबी गरे । ‘कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निर्क्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ’, थापाले भने ।केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए । थापाले भने, ‘निर्वाचन सरकार
झापाको मनषा थाइ फुड्स उद्योगमा आगलागी हुँदा चार सय जनाको रोजगारी सङ्कटमा परेको छ । एक अर्बभन्दा बढी लगानीमा सञ्चालित झापाको मेचीनगर १४ दुहागढीस्थित मनषा थाइ फुड्स उद्योगमा शुक्रबार आगलागी भएको थियो ।सो आगलागीबाट खरानीमा परिणत भएपछि त्यहाँ कार्यरत झन्डै साँढे चार सय श्रमिक–कर्मचारीको रोजगारी सङ्कटमा परेको हो । आगलागीबाट सम्पूर्ण मेसिनरीहरू जलेर कामै नलाग्ने अवस्थामा पुगेको थियो । उद्योग पुनः सञ्चालनमा आउन निकै समय लाग्न सक्ने सञ्चालक बुद्धि घिमिरेले बताएका छन् । मगमग र अकबरे नामका चाउचाउ उत्पादन गर्दै आएको उद्योगमा विद्युत् सर्ट भई आगो लागेको र प्लास्टिकजन्य सामान धेरै भएकोले आगो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.