सुन्दरहरैचा / बुधबारदेखि हराइरहेकी मोरङको लेटाङ नगरपालिका ज्यामिरे टोलकी ११ वर्षीया करुणा राई मृत अवस्थामा फेला परेकी छिन् ।स्थानीय लालझोडा सामुदायिक वनको जङ्गलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएको हो । मोरङ प्रहरीका प्रवक्ता डि एसपी मञ्जिल मुकारुङका अनुसार खाल्डो भित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले उत्खनन गर्दा शव भेटिएको र बालिकाको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । अहिले पनि लेटाङ प्रहरीले घटनास्थलमै रहेर अनुसन्ध
सुन्दरहरैचा / मनकामना अटाेमाेवायल्स बजाज साेरूम् विराटचाेकद्वारा वर्कसप मिट सम्पन्न गरेको छ । शुक्रबार माेरङकाे सुन्दरहरैचा नगरपालिका १० स्थित विराटचाेकमा रहेको हाेटल स्वादकाे सभाहलमा आयाेजित कार्यक्रममा विभिन्न माेटरसाइकल मर्मत केन्द्रकाे ३२ जना प्राविधिकहरूकाे सहभागीता रहेको थियो । कार्यक्रमका सभापति मनाेकामना अटाे माेबायल्सका प्रवन्ध निर्देशक डिल्लीप्रसाद ढकालले कम्पनीका सेवा सुविधा संगै विभिन्न अफरहरूका बारेमा जानकारी गराएका थिए । उनलेे याे कार्यक्रमले बजारमा ग्राहकका समस्या र यसकाे समाधान गर्न एक अर्कामा परिचय हुदा प्राविधिकलाई सहजहुने भएकाले याे क
सुन्दरहरैंचा । सुन्दरहरैंचा विकासको बगैंचा, विकासको आधारः कृषि, पर्यटन र पूर्वाधार भन्ने लक्ष्यलाई सार्थक रुप दिन मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र विविध विकासका कामहरुलाई अघि बढाइएको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा पनि पूर्वाधारका कामहरु भइरहेका छन् । वडा कार्यालय रहेको खोक्सीदेखि गौसला प्रवेशद्वारसम्म सडक कालो पत्रे गर्ने काम भइरहेको ५ नम्बर वडा अध्यक्ष रामप्रसाद रिजालले बताउनुभयो । वडा अध्यक्ष रिजालले २० लाखको लागतमा भइरहेको सडक कालोपत्रे गर्ने कार्य फागुन महिनाभरिमा सम्पन्न हुने बताउनुभयो। उपभोक्ताहरुसँगको साझेदारीमा यो काम भइरहेको छ । त
इटहरी । इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । इटहरी वडा नम्वर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले शिलान्यास गर्नुभयो ।इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन । नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको वताउनुभयो । उहाँले अव आधारभूत सेवा लिन गा
इटहरी ९ मा सञ्चालित ग्रीनपिस लिंकन कलेजबी बी ए ८ औ सेमिस्टारले इन्टेलेक्ट २०२२ कार्यक्रम आयोजना गरेको छ ।कलेजको बीबीए ८ औ सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरूलको आयोजनामा कार्यक्रममा बिभिन्न शीर्षकमा विद्यार्थीहरू बिच इन्टेलेक्ट गराइएको थियो । अध्ययनको क्रममा मार्केटिङ, पब्लिक रिलेसन, मानव संसाधन विकास लगायतका ५ विषयमा विद्यार्थीहरू बिच प्रतिस्पर्धा गराइएको थियो । बी बी ए ८ औ सेमिस्टारको यो कार्यक्रम तेस्रो संस्करण हो । यो वर्षको इन्टेलेक्ट २०२२ को उपाधि भने बिनोद घिमिरे प्राप्त गर्नुभएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागी व्यवहारिक शिक्षालाई विशेष प्राथमिकता दिदै कलेजले य
युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । यो तनाव लम्बिए त्यसको असर नेपालसम्म आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेन आठौं स्थानमा छ ।युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी-व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ । युक्रेन संकटको तत्काल सुन, पेट
उर्लाबारी, १२ फागुननेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौं महाधिवेशनमा मोरङको लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशील बास्तोलाले कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङको उर्लाबारी–४ निवासी इमान्दार, लगनशील, कर्मठ लेखा अधिकृत बास्तोलाले कर्मचारी युनियनको नेतृत्व तहमा पुगेर कार्य गर्न इच्छा व्यक्त गरेको बताएका छन् ।हाल केन्द्रीय सदस्य रहेका बास्तोला आम निजामती कर्मचारीका समस्या बुझेका युवा राष्ट्रसेवक हुन् । खोटाङमा कार्यरत रहँदा नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्ष भएका बास्तोला पछि धनकुटामा रहँदा महाधिबेशन प्रतिनिधि बने । उनी २०७७ साल असारदेखि केन्द्रीय सदस्य छन् । नि
इटहरी / इटहरी ८ घुर्कीमा इभर ग्रिन गार्डेन एण्ड नर्सरी रिसोर्ट सञ्चालनमा आएको छ । बिभिन्न प्रजातिका फुलहरूको बगौचा र नर्सरी बनाएर पर्यटकहरूलाई तान्ने सोचका साथ इटहरीका शरद लामाले रिसोर्ट सञ्चालन गर्नुभएको हो । साढे ४ बिगाहामा फैलिएको रिसोर्टमा विशेषत फुल अध्यान तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । हाल रिसोर्टमा ३५० प्रजातिका फुलहरुका बिरुवा उपलब्ध छन् । रिसोर्टमा चाडै लज, सुइमिङ पुल, घोडा सवारी, क्याम्प फायर, सेमिनार हल र सांगीतिक इभेन्ट जस्ता सुविधाहरू उपलब्ध हुने सञ्चालक लामाले जानकारी दिनुभयो । रिसोर्टमा १ नं. प्रदेशकै पहिलो इन्
बहराइनमा टटविर पेट्रोलियम नामको कम्पनीमा सेक्युरिटी गार्ड काम गर्ने झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको नेपाल फर्किने कुनै योजना थिएन । राम्रो कमाई भइरहेको थियो । दुईवटा श्रीमती मध्ये उनको दमकको चुलाचुलीमा बस्ने जेठीसँग त्यति राम्रो सम्बन्ध थिएन । प्राय कमाएको पैसा विराटनगरमा बस्ने कान्छी श्रीमती अनिता केसीलाई पठाउँथे, दिनेश । १० महिना अघि बहराइन गएका दिनेशले अनिताको नाममा लाखौ रुपैयाँ पठाइसकेका थिए । मंसिर पहिलो हप्ता बहराइनमै सँगै काम गर्ने साथी मार्फत अनितालाई दिनेशले केही सामान पठाएका थिए । दिनेशले पठाएको सामान पुराउन उनको साथी अनिताको डेरा पुगेका थिए । सामान पुराएर
सुन्दरहरैचा / लालपुर्जाको आशमा रहेका सुकुम्बासीहरुले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिकामा वृहत प्रर्दशन गरेका छन् । उनीहरुले आगामी निर्वाचनअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाई सुन्दर हरैचामा वृहत र्याली तथा प्रर्दशन भएको हो । उनीहरुले नगर प्रमुख शिव ढकाललाई ५ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बिकले मेयर ढकाललाई ध्यानकर्षण पत्र बुझाएका थिए ।अध्यक्ष कार्कीका अनुसार अहिलेसम्म उधारोमा भोट हाल्दै आएका सुकुम्बासीहरु अब पनि लालपुर्जा नपाए आउने निर्वाचनमा भोट नहाल्नेसम्मको र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.