धर्मदेवी । स्थनीय तहको निर्वाचन नजिकिंदै जाँदा धर्मदेवी नगरपालिकाको नगर प्रमुखको उम्मेदवारको विषयमा चर्चा सुरु भएको छ । सोही मेसोमा नेकपा एमालेबाट नगर कमिटी अध्यक्ष सूर्य पौडेलको नाम चर्चामा छ । अन्य केहीको नाम आएपनि एमालेबाट सूर्य पौडेलको संभावना बढी देखिएको जानकारहरु बताउँछन् । हरेक हिसावले जित्ने उम्मेद्वार उठाउनु पर्ने बाध्यतामा रहेको एमालेले सोही कुरालाई मध्यनजर गर्दै पौडेललाई उम्मेदवार बनाउने संभावना रहेको पार्टीका कार्यकर्ताहरुको भनाइ छ । पार्टीले आफुलाई उम्मेदवार बनाउने संभावना देखेर नै पौडेल यतिबेला नजिकिंदो निर्वाचनमा जित निकाल्ने गरि तयारी गरिरहनु भएको छ । स्थानीय विकासका विभिन
काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै परीक्षार्थीलाई यसबारे सचेत गराएको हो। शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा मोबाइल फोन लिएर जान नपाउने प्रवेशपत्रमा उल्लेख निर्देशनको वेवास्ता गरेको पाइएपछि सूचना निकाल्नुपरेको आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भ
इटहरी । इटहरीका लालपुर्जाको माग गर्दै आन्दोलन गरेका छन् । हरेक निर्वाचनमा लालपुर्जा दिने बाचा गरेर निर्वाचित भएका जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत सुकुम्वासीले ‘नो लालपुर्जा नो भोट’को नारा लगाउँदै इटहरी चोक परिक्रमा गरी उपमहानगरपालिका कार्यालय अगाडी कोणसभा गरेका छन् । इटहरी, धरान र सुन्दरहरैचाबाट आएका सुकुम्वासीले इटहरीलाई केन्द्र बनाएर आन्दोलन गरेका हुन् । ‘भोटको राजनीति बन्द गर, भोट केमा लालपुर्जामा’ लगायत नारा लगाएका छन् । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै नेताहरू भोट माग्न गाउँमा जान थालेका छन् । त्यही समयमा सुकुम्वासी लाल
इटहरी । कृषि उत्पादन भण्डारण र बजारिकरणका विषयमा केन्द्रीत भएर नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत रहेको कृषि अद्यम केन्द्रको आयोजनामा दुई दिवसिय प्रदेश नम्बर १ नम्बर स्तरिय अभिमुखिकरण गोष्ठी शुरु भएको छ । सुनसरीको इटहरीमा कृषि उद्यमशिलतामा जोड दिदै आयोजित गोष्ठीमा कृषिजन्य उत्पादन , व्यवसायीकरणमा जोड दिदै सिकाई ,छलफल र योजना केन्द्रीत गोष्ठी आयोजना गरिएको हो । कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का अध्यक्ष टिकाराज ढकालको प्रमुख आतिथ्यमा गोष्ठी सुरु भएको हो ।गोष्ठीमा प्रदेस नम्बरका १४
कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको
इटहरी । सुनसरीको रामधुनी–६ का वडा सचिव नन्द कुमार श्रेष्ठको मोटसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।बुधबार(आज) विहान वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा सचिव श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको थियो । दुर्घटना हुनासाथ स्थानियले प्रहरीलाई खवर गरेका थिए ।घाइते अवस्थामा भेटिएका सचिवलाई उपचारकालागी धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्या
इटहरी । नेपाल पत्रकार महासंघले बुधबार (आज) विविध कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाइरहेको छ।स्थापना दिवसको अवसरमा इटहरीमा पनि बिहान प्रभातफेरी निकालिएको छ।उक्त प्रभात फेरि कार्यक्रममा पत्रकार महासघं सुनसरीका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार हर्ष शुब्बा , नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य अमर खड्का , पत्रकार महासंघ प्रदेश १ का सचिव देबेन्द्र कार्की , पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई लागायतको उपस्थिती रहेको थियो ।२०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री) सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेक
मोरङ । विगत लामो समय देखि सरकारी तथा ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासी भुमिहिन, दलित तथा अव्यवस्थित बसोवासीलाई सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले निस्सा प्रदान गर्ने कार्यको थालनी गरेको छ । पहिचान भएरका र जग्गा प्राप्ती लागि निवेदन दिएका सुन्दरहरैचा वडा नम्बर ३ का सुकुम्वासी तथा भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीहरु लाई जग्गा उपलव्ध गराउने नीति अनुसार सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक निस्सा वितरण गरिएको हो । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुगानाको अध्यक्षता तथा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रम
नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ। सोमबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले उक्त बीमा सम्झौतामा हस्ताक्षर गरेका छन्।यसअघि अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो। यसवर्ष भने जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी स
मुम्बई । पछिल्लो समय बलिउड र साउथ स्टारको कोल्याबरेसनमा चलचित्र निर्माण भइरहेका छन् । महाराष्ट्रमा साउथ चलचित्रले दर्शक पनि पाइरहेको छन् । बाहुबली, केजीएफपछि गत हप्तामात्रै रिलिज भएको चलचित्र ‘आरआरआर’ले महाराष्ट्रमा आक्रमक व्यापार गरिरहेको छ । जसका कारण सलमान खान दंग छन् । र, जिज्ञासु पनि । साउथ स्टार चिरञ्जीवीसँग काम गरेको अनुभव सुनाउँदै सलमान जिज्ञासा राख्छन्, “उनीसँग काम गरको राम्रो अनुभव भयो । म चिरू गारूलाई लामो समयदेखि चिन्थेँ । उनी र उनका छोरा (रामचरण) मेरा साथी पनि हुन् । उनले आरआरआरमा गज्जबको काम गरेका छन् । मैले उनको जन्मदिनमा शुभकामना दिँदै सफलताका लागि बधाई पनि दिएको थिए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.