१४ वैशाख, बाँके । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गराएका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् ।सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् । । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमो
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ।सिटीको मैदानमा भएको खेलमा उसले रियललाई ४-३ गोलले पराजित गरेको हो। खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए।११औं मिनेटमा गाब्रियल जेससले सिटीको अग्रता दोब्बर पारे। जसका कारण सिटी सुरुवातमै सहज अवस्थामा देखिएको थियो।यलका लागि करिम बेन्जिमाले ३३ मिनेटमा गोल फर्काएका थिए।पहिलो हाफमा २-१ गोलले अघि रहेको सिटीका लागि फोडेनले ५३ मिनेटमा तेस्रो गोल गरेका थिए। दुई मिनेट पछि नै रियलका भिनिसियस जुनियरले गोल गरे
सोलुखुम्बु : सोलुखुम्बुको थुलुङस्थित दूधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।स्थानीय ७० वर्षीय जयराम सार्कीको आफ्नै बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली खटिइ तत्काल उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले थप अुनसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
निर्माण व्यवसायी महासङ्घ प्रदेश १ ले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयमा विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय आकासिएको मूल्यवृद्धिले निर्माणजन्य कार्यलाई अघि बढाउन नसकिएको जनाउँदै मङ्गलबार विराटनगरमा महासङ्घ आबद्ध व्यवसायीहरूले कन्स्ट्रक्स होलिडेका रूपमा विरोध गरेका हुन् ।निर्माण व्यवसायी सङ्घ मोरङका महासचिव ध्रुव कार्कीले सरकारलाई समेत मूल्यवृद्धिबारे जानकारी गराउँदा समस्या हल नभएपछि विरोधमा उत्रिनुपरेको बताए । मूल्य समायोजन मार्गदर्शन दुई जारी गर्न माग गर्दै कार्कीले विरोधका क्रममा बाध्यतापूर्वक सबै जिल्लामा बिहान १ घण्टा काम ठप्प पार्नुपरेको बताए । विभिन्न
सुनसरीको बर्जू गाउँपालिकामा माओवादीले युवालाई विशेष प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले बर्जूको ५ नम्बर वाडमा एहसान अन्सारीलाई वाडको अध्यक्षको उम्मेदवार बनाएको छ । एहसान अन्सारी २४ बर्सिया युवक हुन । सानै उमेर देखि विद्यार्थी राजनीतिमा लागेका अन्सारी अखिल(क्रान्तिकारी)का एक नम्बर प्रदेश सदस्य हुन । बर्जूका जनताले हाल सम्म धेरै उमेद्वारलाइ भोट दिएर जिताए पनि बर्जूको विकासमा कसैले चासो नदिएकाले बर्जूको ५ नम्बर वाडको समग्र विकासको निम्ति आफ्नो उम्मेदवारी रहेको अन्सारीले बताए । उनका अनुसार ५ नम्बर वाडमा बाटो, सिचाइ र कृषकको धेरै समस्या रहेको छ । शिक्षा क्षेत्रमा बर्जू धेरै पछाडि
काठमाडौं । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।यस्तै, सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३१ सय ६५ रुपैयाँ तोकेको छ ।त्यस्तै, विभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुन मन्त्री लगायतका कर्मचारीलाई सैद्धान्तिक अनुमति दिने
१४ वैशाख, हुम्ला । नेकपा एमालेले आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन ।एमाले नेताहरुले सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादी पार्टीको नाम उच्चारण गर्दैनन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अरु नेताहरुको चर्को आलोचना गर्छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने पटक पटक बताइसकेका छन् । उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसको सहयोगी दलको आरोप लगाइरहेका छन् ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले पनि एमालेको त्यत्तिकै आलोचना गर्छन् । तर शीर्ष नेताहरुको यो तिक्ततालाई बिर्सेर हुम
विराटचोकः मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल भारत सीमा छेउबाट ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का ५३ वर्षीय खड्गबहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई पक्राउ गरेको थियो ।सिलवाल सवार बा ७६ प ४६९७ नम्बरको मोटरसाइकल जाँचको क्रममा उनको साथबाट ६ दशमलव ८८ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिइएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका सिलवालको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिँजुवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं- सरकारले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो।अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ। काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको हो।काउन्सिलका अनुसार बरालको दर्ता नम्बर ८८९४ थियो। अब उनको दर्ता नम्बर हटाइएको छ। नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन्। उक्त दिन उनले ट्रमा सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो नै सार्वजनिक भएको थियो। उक्त घटनापछि ट्रमाका तत्कालिन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले बराल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.