All Posts By कोशी प्रेस

    Showing १२,७३१-१२,७४० of १३,७४८ items.
  • एमाले उम्मेद्वारलाई धरानका मतदाताका सुुझाव

    धरानः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका मेयरका उम्मेद्वार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घरदैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले दुवै उम्मेद्वारलाई विभिन्न सुझाव दिए ।अबको पाँच वर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउने प्रतिबद्धता सो क्रममा भण्डारीले गरिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आएको उनको भनाइ थियो ।उपमेयरका उम्मेद्वार पदम इस्वोले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको नीतिअनुुसार विकास गर्नुपर्ने बताए ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १३० पटक पढिएको
  • मतगणनास्थलमा सिसी क्यामरा राखिने

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सात सय ५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रूपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नै पर्ने-नपर्ने भनेर सोधनी भएको उल्लेख गरे ।  आयो

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ५५ पटक पढिएको
  • सोलुखुम्बुका सात पत्रकार चुनावी मैदानमा

    सोलुखुम्बु । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका सात पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।राष्ट्रिय तथा जिल्लाका विभिन्न सञ्चार संस्थामा क्रियाशील सात पत्रकारले स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका हुन् ।पत्रकार भक्त कुलुङ एमालेको तर्फबाट महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ ।नेपाल पत्रकार महासंघ सोलुखुम्बुका दुई जना उपाध्यक्षमध्ये विना राई नेचासल्यान गाउँपालिकाको उपाध्यक्ष र भोजराज कार्कीले थुलुङदूधकोशी गाउँपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । राई नेपाली कांग्रेसबाट र कार्की माओवादी केन्द्रकोतर्फबाट उम्मेदवार भएका छन्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०४ पटक पढिएको
  • मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

    ६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो ।११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए ।१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएक

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०८ पटक पढिएको
  • ओलीले 'तपाईंको व्यवस्थापन हामी गर्छौं' भनेपछि मिथिला मेयर उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

    मिथिला नगरपालिकामा एमालेबाट बागी उम्मेदवारी दिएका निवर्तमान मेयर हरि नारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिपछि उनले एमालेबाटै मेयरमा उठेका राजाराम महतोलाई नै सघाउने निर्णय गरेका हुन्।‘पार्टी अध्यक्षले उम्मेदवारी फिर्ता लिनुस्, तपाईंको व्यवस्थापन हामी गर्छौं भनेपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु,’महतोले भने।रघुवीर महासेठको बदमासीले आफ्नो टिकट काटिएको उनको भनाइ छ।एमाले नेताहरूका अनुसार उनलाई प्रदेश सभा सदस्यमा महतोलाई टिकट दिने तयारी छ।एमाले नगर कमिटीले मेयरको उम्मेदवारका लागि महतोको एकल सिफारिस भए पनि अन्तिम समयमा उनको टिकट काटिएको थियो।पार्टी

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११० पटक पढिएको
  • तत्काल एन्फा कार्यसमिति बैठक बोलाउन माग

    १६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।खेलाडी र प्रशिक्षकको विवाद अत्यन्त संवेदनशील विषय भएको भन्दै उनीहरुले तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने बताएका छन् ।यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • २३१ पटक पढिएको
  • अब ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने

    काठमाडौँ / काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरेका छन् ।उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताएक

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ५६ पटक पढिएको
  • शुक्रबार पनि शेयर कारोवार खुलाउने तयारी

    काठमाडौं । शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले  हाप्ताको पाँच दिन मात्र शेयर कारोबार हुनेगरेको छ।  शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको छ।सरकारले आगामी जेठ एकदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो । यद्यपि,  यसको औपचारिक निर्णय भने भइसकेको छैन । सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल भएको छ । अहिले बजार खुलेको दिन ११ बजेदेखि ३ बजेसम्म अर्थात दैनिक ४ घण्टा सेयर बजार खुला हुने गरेको छ । समयावधि बढाउनु पर्ने कतिपय लगानीकर्ताहरुको

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११५ पटक पढिएको
  • को हुन् नेकपा एमालेबाट धरानको मेयरमा उम्मेदवारी दिएकी मञ्जु भण्डारी

    धरान : मङ्सिर ६, २०१७ देखी धरान नगरपालिका स्थापना भयो। स्थापनाको इतिहास देखि धरानको प्रमुख पदमा महिला उमेदवारि थिएनन् । २०७४ सालको स्थानीय तहको निर्वाचन सम्म आइपुग्दा भने उपप्रमुख भने महिला निर्वाचित भएको पहिलो पटक थियो ।२०७४ मा महिला उपप्रमुख पाएको धरानले ०७९ सम्म आइपुग्दा भने प्रमुख पदमा समेत महिला प्रतिस्पर्धामा उत्रिएका छन् । धरानको इतिहासमा पहिलो पटक महिलाहरूको नेतृत्व गर्दै नगरको उपप्रमुखमा २१ हजार २ सय ५६ मतसहित उपमेयरमा विजयी भण्डारी आफ्नो यस पटक धरानको मेयरमा उम्मेदवारी दिएकी छिन।श्रावण २, २०३९ सालमा पिता रवीन्द्र प्रसाद भण्डारी एवम् माता राधादेवी भण्डारीको कोखबाट भण्डारीको जन्म भयो।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११५ पटक पढिएको
  • धरानका कान्छा उम्मेद्धवारको सपना

    धरान । शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्य एक हो ।२० वटा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्य सबै भन्दा कान्छा उम्मेद्वार हुनुहुन्छ । संयोगवस उहाँको टिममा ३५ देखि ४२ हराहारीका युवाहरुलाई उम्मेद्वार बना

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]