All Posts By कोशी प्रेस

    Showing १२,७२१-१२,७३० of १३,७४६ items.
  • राति ८ बजेपछि उडान गर्न सकिँदैन : वायुसेवा सञ्चालक संघ

    वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति ८ बजेपछिका कुनै पनि उडान भर्न नसक्ने बताएको छ।बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले प्राविधिक कारणले हाललाई राति ८ बजेपछिका उडान गर्न नसक्ने स्पष्ट पारेको हो।नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले हाललाई कार्यान्वयन नगर्ने भएका हुन्।संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाइन्स र गुण एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ स्लट लागू गर्न पठाएको पत्रले ध्यानाकर्षण भएको बताउँदै संघले राति ८ बजे पछिका उडान गर्न वायुसेवा कम्पनीहरू अ

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ६६ पटक पढिएको
  • गौतमबुद्ध विमानस्थल जेठ २ गतेदेखि सञ्चालनमा आउने

    काठमाडौं । नेपालको दोश्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आगमी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ ।हालै निर्माण सम्पन्न सो विमानस्थलमा उडान र अवतरण जाँच्नका लागि नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सफलतापूर्वक परीक्षण उडान गरेको छ ।नेपाल वायु सेवा निगमले नेपालकै दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलमा अपेरशनल डेमोन्स्ट्रसन फ्लाइट सफलता पूर्वक सम्पन्न गरेको छ । काठमाडौंदेखि भैरहवासम्मको यात्रा अवधि २७ मिनेटको रहेको सो विमान अवतरणका क्रममा रहदा भैरहवावासीले लाइनवद्ध भई विमान अवतरणको दृश्यावलोकन गरेको थियो ।पर्यटन तथा नागरिक उड्डयन मन्

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ६१ पटक पढिएको
  • नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

    नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीले १६ वर्षमै निवृत्तिभरण पाउने गरी प्रहरी (११ औं संशोधन) नियमावली २०७१ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली २०७२ प्रस्ताव गरिएको छ।उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणबाट स्वीकृत भई सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको बताइएको छ। अर्थ र कानून मन्त्रालयबाट सहमति भएर आएपछि गृह मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्नेछ।यसअघि २० वर्ष सेवा अवधि नपुगेसम्म निवृत्तिभरण पाउने व्यवस्था थिएन। उक्त विनियमावली संशोधन भएमा १६ वर्षमै अवकास लिन सकिने भएकाले तल्लो तहका प्रहरी कर्मचारी राहत मिल्नेछ।मन्त्रालयले मूल नियमावलीको नियम १३१, उपनियम (१) मा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ६० पटक पढिएको
  • बिजुली कटौती गरेर भारतले नेपाललाई दैनिक ८० मेगावाट मात्र दिँदै

    भारतमा विद्युत संकट हुँदा नेपालले दैनिक ८० मेगावाट बिजुली मात्र पाउन थालेको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश अधिकारी यो पनि मुस्किलले पाइरहेको बताउँछन्।‘अहिले भारतकै १८ वटा राज्यमा लोडसेडिङ सुरू भइसकेको जानकारी आएको छ। त्यहाँका धेरै उद्योग बन्द भइसकेको अवस्था छ। यसले हामीलाई भारतबाट बिजुली पाउन मुस्किल छ,’ उनले सेतोपाटीसँग भने।रूसले युक्रेनमाथि सैन्य हमला गरेपछि भारतको बिजुली उत्पादन प्रभावित भएको हो। भारतले जलविद्युत, वायु, कोइला, आणविक तथा सोलारबाट बिजुली उत्पादन गर्दै आएको छ। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य अत्यधिक बढेपछि त्यसको असर बिजुली उत्पादनमा परेको ह

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ५२ पटक पढिएको
  • कोरोनाका १४ बिरामी थपिए, देशभर २४३ सक्रिय संक्रमित

    काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड १९ का संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७७१ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित थपिएका हुन्।आज १९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कोही कसैको मृत्यु  नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ४३ जना सक्रिय संक्रमित रहेका छन्। हाल ९५ प्रतिशल लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। 

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १४० पटक पढिएको
  • २६ बर्सिया इमरान मन्सुरी माओवादी केन्द्रबाट वडा अध्यक्षको उम्मेदवार

    सुनसरी: सुनसरीको बर्जू गाउँपालिकामा माओवादीले युवालाई विशेष प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले बर्जूको ६ नम्बर वाडमा मो.इमरान मन्सुरीलाई वाडको अध्यक्षको उम्मेदवार बनाएको छ । इमरान २६ बर्सिया युवा हुन । विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका इमरान अखिल(क्रान्तिकारी)का बर्जू गाउँपालिका अध्यक्ष हुन । बर्जूका जनताले हाल सम्म धेरै उम्मेदवारलाई भोट दिएर जिताए पनि बर्जूको विकासमा कसैले चासो नदिएकाले बर्जूको ६ नम्बर वाडको समग्र विकासको निम्ति आफ्नो उम्मेदवारी रहेको मन्सुरीले बताए । उनका अनुसार ६ नम्बर वाडमा बाटो सिचाइ र कृषकको धेरै समस्या रहेको छ । शिक्षा क्षेत्रमा बर्जू धेरै पछा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ११० पटक पढिएको
  • पोखराका वडामा सत्तारुढ दलहरुबीच तालमेल नहुने

     पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो ।वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन नसकेपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने समझदारी गरेको नेकपा माओवदी केन्द्रका पोखरा महानगरपालिका इन्चार्ज दीपक कोइरालाले बताए ।पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् । सत्तारुढ दलहरुबीच मेयर एकीकृत समाजवादीले पाउने र उपमेयर कांग्रेसले पाउने सहमति यसअघि नै भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १०४ पटक पढिएको
  • लोसपाको ६० पन्ने घोषणापत्र

    लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिस्पर्धी दलहरूको कडा आलोचना गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । तर, घोषणापत्रमा उसले मतदातालाई आफूतिर तान्न अनेकौं आश्वासनयुक्त कार्यक्रम राखेको छ ।लोसपाले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रिय मान्यताप्राप्त दलहरूमध्ये नेपाली काँग्रेस र लोसपा नेपाल लोकतान्त्रिक कित्तालाई प्रतिनिधित्व गर्ने दल भएको र बाँकी चारवटा दल एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा भने कम्युनिस्ट खेमाका दलहरू भएको किटान गरिएको छ ।सो पार्टी जसपामाथि खनिएको छ । लोसपाले जसपालाई माओवादीको ‘टीम बी’ भन्दै कटाक्ष गरेको छ । ‘जसपा नेपालको राजनीतिक व्यवहार नेकपा

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १३२ पटक पढिएको
  • एमाले उम्मेद्वारलाई धरानका मतदाताका सुुझाव

    धरानः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका मेयरका उम्मेद्वार मञ्जुु भण्डारी र उप मेयर पदम इस्वो शुुक्रबार धरान–१६ को घरदैलो अभियानमा थिए । भोट माग्दै जाने क्रममा मतदाताले दुवै उम्मेद्वारलाई विभिन्न सुझाव दिए ।अबको पाँच वर्षमा धरानलाई उत्कृष्ट बनाएर देखाउने प्रतिबद्धता सो क्रममा भण्डारीले गरिन् । खानेपानीको विषयमा धेरै जिज्ञासा आएको उनको भनाइ थियो ।उपमेयरका उम्मेद्वार पदम इस्वोले अब धरानलाई भौतिक तथा आर्थिक रुपमा विकास गर्न एमालेले बनाएको नीतिअनुुसार विकास गर्नुपर्ने बताए ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२९ पटक पढिएको
  • मतगणनास्थलमा सिसी क्यामरा राखिने

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सात सय ५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रूपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो । सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै कुनै पालिकामा उक्त क्यामरा राख्नै पर्ने-नपर्ने भनेर सोधनी भएको उल्लेख गरे ।  आयो

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • ५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]