काठमाडौं । नक्कली कागजात बुझाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु सहित ५ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।अख्तियारले आर्थिक वर्ष २०७४/७५ को विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा उनीहरुमाथि भ्रष्टाचारमुद्दा चलाएको हो ।उनीहरुमाथि २९ लाख ७७ हजार रुपैयाँ हानीनोक्सानी पुर्याएको आरोप छ ।अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सारुसहित सहायक इञ्जिनियर हस्त बहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल, कोषाध्यक्ष रत्नादेवी हमाल विरुद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्टमा छनोट भएको छ ।न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो । निक साइमन इन्स्टिच्युटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाले न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी देशभरका प्रदेशस्तरीय अस्पतालको अध्ययन गरेको थियो ।सोही अध्ययन प्रतिवेदनका आधारमा प्रदेश अस्पतालले ७९ प्रतिशत अङ्कभार प्राप्त गरी देशभरकै उत्कृष्ट घोषित भएको हो ।यता, प्रदेश अस्पतालमा आठ महिनाअघिको तुलनामा सेवाग्राहीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । हाल दैनिक अनुपातमा १ हजार बिरामीले सेवा लिइरहे
काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् ।काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किंदा एक जना बालकसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।काभ्रेका एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई-७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई-४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी
काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको ठूलो बजेट वर्षयाम लागेपछि नै खर्च हुने भएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि २० वैशाखसम्म) १ अर्ब ५३ करोड २९ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको १२.७३ प्रतिशत मात्रै हो । सरकारले प्रत्येक वर्ष कार्यक्रमलाई थप परिस्कृत र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने बताउँदै आएको पनि छ ।तर, चालु आर्थिक व
सुन्दरहरैंचा । यस पटकको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचामा लालझण्डा फहराउने निश्चित देखिएको छ । नेपाली कांग्रेससँग दुई वटा कम्युनिष्ट पार्टीले गठबन्धन गरे पनि गठबन्धनभित्रैका कम्युनिष्ट पार्टीले नेपाली कांग्रेसलाई मत नदिने भएका छन् ।नेपाली कांग्रेससँग गठबन्धन गर्ने भनेर नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले मेयर पदमा उम्मेद्वारी नै दिएका छैनन् । उता, नेपाली कांग्रेसले माओवादी केन्द्रलाई पनि काखी च्यापेपछि अहिले एकीकृत समाजवादी घरको न घाटको भएको छ । एकीकृत समाजवादीलाई नेपाली कांग्रेसले गन्दै नगनेको हुनाले रुष्ट बनेकाले मेयरमा केदार गुरागाईँलाई सघाउने निश्चित छ । सार्वजनिक रुपमा
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज (मङ्गलबार) बिहान विराटनगरमा प्रभात फेरीको आयोजना गरिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङको आयोजनामा प्रभात फेरीको आयोजना गरिएको हो । कलेज रोडस्थित महासङ्घको कार्यालयबाट सुरु भएको प्रभात फेरी महेन्द्र चोक, पुरानो गुद्री, बुधहाट चोक, ट्राफिक चोक हुँदै कलेज रोडमै पुगेर सम्पन्न भएको थियो । प्रभात फेरीमा पत्रकार, मानव अधिकारकर्मी, नागरिक अगुवा लगायतको उपस्थिति थियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारी पनि प्रभात फेरीमा सहभागी भएका थिए ।
उर्लाबारी । उर्लाबारी नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले पुनः एक पटक नगरबासीको सेवा गर्न आफूले सांसदको टिकट त्यागेर मेयरमा उम्मेद्वारी दिएको बताएका छन् । मगलबार उर्लाबारी वडा नं. ३ चन्दने चौक र दुर्गा चौकमा आयोजित चुनावी कोणसभामा उनले भने, ‘पार्टीको केन्द्रीय नेतृत्वले मलाई सांसदमा उम्मेद्वार बन्न अनुरोध गरेको हो । तर, समृद्ध उर्लाबारीको चाहना पूरा गर्न सांसदको टिकट त्यागेर मेयरको उम्मेद्वार बनेको हुँ ।’उर्लाबारीलाई भ्रष्टाचाररहित समृद्ध बनाउने लक्ष्य पूरा गर्ने जनाउँदै उनले भ्रष्टाचार निर्मुल पार्न लाग्दा कतिपय भ्रष्ट चरित्रका व्यक्तिहरुले विरोध गरेको बत
धनगढी / स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेकाे उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्द
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १० मा एमाले तर्फबाट वडाध्यक्ष पदमा अवदेश चौधरीले उम्मेदवारी दिएका छन् । उनी १० वर्षअघि देखि निरन्तर पार्टीमा आवद्ध छन् । उनले वैदृशिक रोजगारका लागि कोरिया गएका बेला एमालेको भातृ संगठन आप्रवासी संगठनमा आवद्ध भएर एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भएर काम गरे । नेपाल आएपछि पनि निरन्तर ४ वर्ष देखि पार्टिमा सक्रिय छन् । उनी हाल एमाले १० नं. वडा कमिटिका वडाध्यक्ष समेत हुन् । उनले यस अघिका वडाध्यक्षले वडामा राम्रो काम गरेको बताउँदै उनको अधुरो कामलाई निरन्तरता दिने बताए । उनले वडामा रहेका सामुदयिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्नेमा आफू लागि पर्ने बत
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.