काठमाण्डौ । अहिलेसम्म २५ प्रतिशत मतदान भैसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ बजेसम्ममा झण्डै २५ प्रतिशत मतदान भएको हो । आयोगका अनुसार केही ठाउँमा तनाव र झडप भए पनि धेरै ठाउँमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि मतदान भएको हो ।मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि कुल एक लाख ४५ हजार ११ जना
काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।जिपमा कति जना सवार थिए र उनीहरुको अवस्थाबारे जानकारी आइनसकेको उनले बताए ।
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका-५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ ।तदाता नामावली विवरण रुजु गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।विवादको कारण केहीबेर स्थगित भएको मतदान प्रक्रिया पुनः सुरु भइसकेको उनले बताए ।
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गरेका छन् ।शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे । नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’ओलीले, ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको आरोप पनि लगाएका छन् । तर आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने क
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम पाँच दलको भन्दा धेरै एमालेको पक्षमा आउने दावी गरेका छन् । ‘परिणाम नेकपा एमालेको पक्षमा आउँछ । प्रतिशतको हिसावले राम्रो । पाँच दलको भन्दा धेरै बढी एमाले एक्लैले जित्छ’, शुक्रबार मतदानपछि ओलीको प्रतिक्रिया दिए । उनले एमालेको पक्षमा अपेक्षित परिणाम आउने भन्दै त्यस्तो परिणाम देखेर केही अवाञ्छित कृयाकलाप भएको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वैशाख नौ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन बैशाख ३० बाट पर सारौँ भनेर आफुलाई प्रस्ताव गरेको तर आफुले नमानेको बताए । ‘शेरबहादुरजीले बैशाख ९
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए ।उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको
बिहानको ठीक ७ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान केन्द्रमा प्रवेश गरे। उनको मतदाता नामावली थियो भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा। उक्त वडाको नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिले उनैले भोट हालेका थिए।प्रचण्डले करिब एक मिनेट खर्चिएर मतपत्रमा स्वस्थिक छाप लगाए। त्यसपछि कर्मचारीतर्फ हेर्दै उनले भने, ‘छाप त हानियो अब यसलाई पट्याउने कसरी हो?’प्रचण्डले पट्याउन मेसो नपाएपछि नजिकै रहेका कर्मचारीले उनलाई पट्याउन सिकाइदिएका थिए। प्रचण्डले मतपत्र अरूले पनि देख्नेगरी कर्मचारीलाई देखाएका थिए। नजिकै रहेकी मेयरकी उम्मेदवार रेनु दाहालले भनिन्–सब देख्ने
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तह निर्वाचनअन्तर्गत मतदान गरेका छन्।मन्त्री शर्माले आज बिहान७ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुनानन्द नमुना माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन्।
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ । जीवनज्योति आधारभूत विद्यालयमा बिहान ९ बजे कांग्रेस र एमाले कार्यकर्ताबीच लाइन बस्ने विषयमा विवाद भएको थियो । त्यसक्रममा झडप भएको प्रहरीले जनाएको छ ।प्रहरीले सम्झाउन खोज्दा बुथमा लगाएको बार नाघेर मतदान सामग्री भएको ठाउँमा प्रवेश गरेपछि हवाई फायर गर्नु परेको बताइएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.