सुर्खेत / दैलेखका महावु गाउँपालिका वडा नम्बर १ मा एमालेका सर्वराज सार्की विजयी भएका छन् । उनले ६९२ मत ल्याएर विजयी भएका हुन ।वडाध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन् ।खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् ।गाउँपालिका अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ७३०, कांग्रेसले ३५३ मत ल्या
डडेल्धुरा / डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बिपी)ले नेपाली काँग्रेसलाई पछाडि पारेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बिपीले ५ मतले अग्रता लिएको हो ।६०० मत गणना हुँदा काँग्रेस वीपीले २५१, काँग्रेस २४६ र नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएका छन् । काँग्रेसबाट निस्कासित कर्ण मल्ल समूहले बिपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ । डडेल्धुरामा करुवा र नेकपा एमालबीच चुनावी तालमेल समेत रहेको छ ।
काठमाण्डाै / स्थानिय तह निर्वाचनमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले ४ र एकीकृत समाजवादीले दुई तथा कांग्रेसले ३ ठाउँमा जित हासिल गरेको छ ।
बिराटनगर / प्रदेश १ का धरान, इटहरी उपमहानगरमा तथा विराटनगर महानगरपालिकामा मतगणना शुरु भएको छ । धरान उपमहानगरको मतगणना शनिवार बिहान १० बजे र इटहरी उपमहानगरपालिकामा ११ बजेबाट शुरु भएकाे छ । त्यसैगरी विराटनगर महानगरपािलकाको मतगणना १० बजेबाट शुरु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएकाे छ ।
धनकुटा / धनकुटा नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। कांग्रेस-माओवादीसहिको गठबन्धनका उम्मेदवारले त्यहाँ एमालेलाई पछ्याइरहेका छन्।धनकुटामा ४ सय मत गनिसक्दा एमालेले मेयरमा अग्रता बनाएको छ। उपमेयरमा भने गठबन्धनबाट माओवादीका उम्मेदवारले अग्रता बनाएका छन्।४०० मत गन्दाप्रमुखसूर्य २०७रुख १६९उपप्रमुखसूर्य १६५,हँसिया हथौडा १७०वडा नं १ वडा अध्यक्षसूर्य ८५रुख ९१पुतली ११वडा नं २ अध्यक्षसूर्य ९३रुख ७८पुतली १
विराटनगर महानगरपालिकामा मतगणना सुरू गरिएको छ। छ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ।महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नम्बरको मतगणना सुरु भएको मुख्य निर्वाचन कार्यालय विराटनरका सूचना अधिकारी होमबहादुर बुढाथोकीले बताए।विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता रहेकोमा ८९ हजार ६७८ (६७ दशमलव ३५ प्रतिशत) मतदान भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएका छन्। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरूआती अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।
इटहरी / इटहरी उपमहानगरपालिकामा मतगणना आजदेखि सुरु हुने भएको छ ।शुक्रबार उपमहानगरका २० वटै मतदानस्थलबाट शिलबन्दी गरिएका मतपेटीका निर्वाचन अधिकृतको कार्यालय इटहरीको साँस्कृतिक भवनमा ल्याइएको छ । त्यसको सम्पूर्ण अभिलेख राख्ने कार्य राति अबेरसम्म भएको थियो ।आज बिहान ८ बजे मतगणाका लागि सर्वदलीय बैठक राखिएको इटहरीको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।बिहान ८ बजेको सर्वदलीय बैठकमा निर्वाचनमा सहभागी सबै दल तथा स्वतन्त्रका उम्मेदवारका प्रतिनिधिहरूलाई सहभागीताका लागि निर्वाचन अधिकृतको कार्यालय सूचना समेत जारी गरेको छ ।इटहरीमा जम्मा एक लाख ४ हजार ६२६ कुल मतदातामध्ये ७३ हजार ७ सय ३२ मत खसेको कार्यालयल
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा मतगणना जारी छ । शुक्रबार सम्पन्न मतदानको मतगणना भइरहेको हो ।गोकर्णश्वर-१ मा २१ सय मत गन्दा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार उद्धव विष्टले ९८५ र उपप्रमुखमा सान्नानी लामाले १०५१ मत पाएका छन् ।यस्तै, प्रमुखमा नेपाली काँग्रेसका दीपक रिसालले ९१५ र उपप्रमुखमा शान्ति नेपाल ८१८ मत पाएका छन्।
स्थानीय निर्वाचन, २०७९ अन्तर्गत कैलालीका सबै पालिकामा मतगणना जारी छ ।कैलालीको गोदावरी नगरपालिकाको प्रारम्भिक मतगणनामा प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवारले अग्रता लिएका छन् ।मतगणनास्थलमा रहेका काङ्ग्रेसका प्रदेश कोषाध्यक्ष उत्तमबहादुर कठायतका अनुसार बिहान ९ बजेसम्म ३०० मतको गणनामा प्रमुख पदमा गठबन्धनका उम्मेदवार काङ्ग्रेसका वीरेन्द्र भट्टले २०४ मत प्राप्त गरेका छन् ।उनलाई एमालेका गोकर्ण भट्टले १२६ मतका साथ पछ्याइरहेका छन् । उपप्रमुख पदमा भने एमालेका उम्मेदवार अगाडि छन् । ३०० मतगणनामा ११५ मत बदर भएपछि गठबन्धनका साझा उम्मेदवार पछाडि परेका छन् । गोदावरीमा ६७ प्रतिशत मतदान भएक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.