पोखरा / कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ । कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ । माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ ।मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ ।
चितवन / चितवनको भरतपुर महानगरपालिकाको मत गणना सुस्त गतिमा भइरहेको छ । वडा नम्वर १ को २५८१ मत गणना भएको छ । पछिल्लो मत परिणाम अनुसार रेनु दाहालको ९८० र विजय सुवेदीको ८७१ मत रहेको छ । यस्तै जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन् ।
धनकुटा । धनकुटाको सांगुरीगढी गाउंपालिकामा मत गणना जारी छ । प्राप्त मत परिणाम अनुसार गापा अध्यक्षमा नेकपा एमालेका कुमार जंग याखाले ७८५ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका जितेन्द्र राईले ५७६ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा एमालेका मुना राईले ७८५ मत प्राप्त गरेका भने गठबन्घनबाट नेकपा(माओवादी केन्द्र) का प्रेम खड्काले १०७ मत प्राप्त गरेका छन् ।त्यसागरि वडा नं १ मा एमालेका गोबिन्द लिम्बुले ३८४ र गठबन्धनबाट नेकपा(एकिकृत समाजवादी) का गजेन्द्र लिम्बुले ३०३ मत प्राप्त गरेका छन् भने वडा नं १० मा एमालेका एक बहादुर राईले ४१६ र नेपाली कांग्रेसका राजु राईले २७८ मत प्राप्त गरेका छन् ।
भोजपुर । भोजपुरको हतुवागढीमा गए राती देखि मतगणना जारी रहेको छ । हाल सम्म वडा नम्बर १ को मत गणना सम्पन्न भइ सकेको छ भने वडा नम्बर ९ र २ को गणना जारी रहेको छ ।अहिले सम्मको गणनामा नेकपा एमालेका उम्मेदवार प्रेमकुमार राईको अग्रता कायम रहेको छ । पालिका प्रमुखमा राईले ९४४ र गठबन्धनका उम्मेदवार गजेन्द्र बहादुर कार्कीले ८५७ मत प्राप्त गरेका छन् ।त्यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवार कमला राईले ८७४ र गठबन्धनका उम्मेदवार सुनिता किरातीले ८९० मत प्राप्त गरेका छन् ।हतुवागढी १ को वडाध्यक्ष पदमा एमाले उम्मेदवार कुमार बिष्ट निर्वाचित भइ सकेका छन् । १ नम्बर वडाबाट पालिका प्रमुखमा एमाले उम्मेदवार राईले ३७१ र गठब
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा वडा नं २ र ३ मा वडा नेकपा(एमाले) बाट वडा अध्यक्ष सहित प्यानलै बिजयी भएका छन् ।अन्तिम सार्बजनिक गरिएको मत परिणाम अनुसार वडा नं २ मा वडा अध्यक्षमा एमालेका चुडामणि पुलामीले ७७० मत ल्याएर विजयी भएका छन् भने वहांका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धन बहादुर लुंगेली मगरले ५९६ मत प्राप्त गरेका छन् ।त्यसैगरि महिला सदस्य तर्फ एमालेका देवकी आलेले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेका का टीका मगरले ५३९ मत प्राप्त गरेका छन् । दलित महिला सदस्य तर्फ एमालेका बिष्णु माया बिश्वकर्माले ७८३ मत ल्याएर बिजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकाका धन
धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउंपालिका अध्यक्ष-उपाध्यक्ष दुबै पदमा नेकपा एमालेले अग्रता लिएको छ ।पछिल्लो मत परिणाम अनुसार पालिका अध्यक्ष पदमा नेकपा एमालेका राजकुमार लिम्बुले २,२७३ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का दलबहादुर मगरले १,८७३ मत प्राप्त गरेका छन् ।त्यसैगरि उपाध्यक्ष पदमा एमालेका टंकमाया पांग्मीले २,५०६ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी,नेपालका मंगल कुमार लिम्बुले १,६५२ मत प्राप्त गरेका छन् ।यसअघि नै वडा नं १ अध्यक्षमा नेपाली कांग्रेसका दिपक कुमार श्रेष्ठले ५२७ मत ल्याउंदै विजयी हासिल गरि सकेका छन् । वडा नं २ र ३ मा
तेह्रथुम। तेह्रथुमको म्याङलुङ्ग नगरपालिका वार्ड नं. ४ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा विनोद आचार्यको प्यानलै विजयी भएको हो ।उनले ५४३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार तथा पुर्व वडाअध्यक्ष राम बहादुर खड्काले ३४० मत प्राप्त गरे । सदस्यहरूमा विष्णुप्रसाद भट्टराई, कृष्णप्रसाद दाहाल, महिला सदस्यमा रञ्जना श्रेष्ठ, दलित महिला सदस्यमा कोपिला लोहार विजयी भएका छन् ।
झापा । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा ६ दलीय महागठबन्धनलाई हराउँदै वडा नं १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।आइतवार बिहान आएको मतपरिणाम अनुसार मेयरमा पनि एमालेकी गीता अधिकारीको अग्रता कायमै छन।वडा नम्बर १ को अध्यक्षमा हरि न्यौपानेको प्यानल नै विजयी भएको हो।परिणाम अनुसार अध्यक्षमा न्यौपानेले १२ सय ८८ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी ६ दलीय गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याए।
धनकुटा । धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ । जितेको घोषणा हुँदै गर्दा उनको निधन भएको हो । अघिल्लो पटक पनि सदस्य रहेका एमालेका मगरले पुनः उम्मेदवारी दिएका थिए । तर विजयी बनेको खबर सुन्न नपाई मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो । उनले जितको खबर सुन्न पाएनन् ।लगभग हजार मतको नतिजा सुनिसकेका थिए । चार सय हाराहारी मतको नतिजा आउन बाँकी थियो। विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । लगिएको छोरा मदनले बाताए ।
उदयपुर । उदयपुरका दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लिम्चुङ्गबुङ्ग गाउँपालिका वडा नं. ३ र उदयपुरगढी गाउँपालिकाको वडा नं. २ मा स्वतन्त्र उमेदवार विजयी भएका हुन् । दुवै जना एमालेमा लामो समयदेखि सक्रिय थिए । पछि नेकपा एसमा गएका उनीहरुलाई गठबन्धनले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।लिम्चुङ्गबुङ्गमा जेव्रा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका गुरुमणि कुमाईले नेपाली कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ को मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कुमाईले ३१५ र खत्रीले २६३ मत प्राप्त गरेका छन् । उनी यसअघिका वडा सदस्य हुन् ।त्यसैगरी उदयपुरगढी गाउँपालिकाको वडा नं २ धारा चिन्ह लिएर स्वत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.