काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी अनिता बिन्दूलाई पराजित गर्दै लम्समल अध्यक्ष पदमा विजयी भएका हुन् ।त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।अध्यक्षसँगै प्रेस युनियनको अधिकांश पदमा पनि लम्साल प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।लम्सालले शेखर–गगन समूहको तर्फबाट उम्मेदवारी दिएका थिए ।नेपाल प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हो ।
वीरगन्ज । चार बर्षीय बालिकालाई बलात्कार गरी हत्या गर्ने एक नाबालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहिबार साँझ बेपत्ता भएकी ती बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने चार मध्ये तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो । बालिकाका हजुरबुबाले दिएको उजुरीका आधारमा खोजतलासमा संलग्न प्रहरीले शुक्रबार बिहान बालिकाको शव वीरगन्ज २ छपकैया स्थित खाली जग्गाको झाडीमा फेला पारेको थियो । सो घटनामा अनुसन्धान गरिरहेको प्रहरीले स्थानीय १२ बर्षीय बालक सहित वीरगन्ज १६ का १८ बर्षीय सलमान खान, वीरगन्ज २ का १९ बर्षीय जफ्रुदिन भन्ने सलमान
इटहरी । इटहरी स्थित आकाश इन्स्टिच्युटले आकाश फारवेल कार्यक्रम गरेको छ । ४५० जना विद्यार्थीहरु सहभागि गराएर कार्यक्रम गरेको हो ।कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, रोटरी क्लब अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुली लगायत विभिन्न क्याम्पसका प्रमुखहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । एब्रोड स्टडीका साथै टेस्ट तथा इन्ट्रान्स प्रिपेरेसन कक्षाहरु, भाषा तथा कम्प्युटर कक्षाहरु सञ्चालन गरिरहेको इन्स्टिच्युटले विद्यार्थीहरुसँग पहिलो पटक कार्यक्रम गरेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिए । उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताए ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले ) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएकोदेशी र विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गरेका हुन् ।शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय शक
इटहरी । इटहरी गायक उल्सन श्रेष्ठ र गायिका सन्ध्या जोशीको आवाजमा आँखा को परेली बोलको गीत सार्वजनिक भएको छ । उत्त भिडियो निर्देशक घिमिरेले आफ्नै यूटुब च्यानल तुलसी घिमिरे अफिसियल बाट सार्वजनिक गरेका छन।उत्त म्युजिक भिड्योमा रोशन श्रेष्ठ,सेबिका कोइराला,खगेन्द्र बिमली,बिध्या न्यौपाने,गिप्सोन देउजाले अभिनय गरेका छन ।गए राति सार्वजनिक भएको भिडियो छोटो समयमा आफना दर्सकहरु बाट राम्रो प्रतिकृया पाइराखेको छ।निर्देशक घिमिरे भन्छन आफुले यस् अघीका भिडियो भन्दा केही नयाँ गर्न खोजेको थिए ।भिडियो हेरेर दर्सक स्रोताले दिनु भएको प्रतिकृयाले आफु निकैनै उत्सहित पनि भएको ब
झापा / झापा जिल्लाकाे कचनकवल गाउँपालिका ५ पाठामारीको बेल्लेगाँउमा रहेकाे सुनकोशी चिया बगानकाे बयरकाे रूखमा झुण्डीएकाे अवस्थामा स्थानिय १६ वर्षीया करिना गणेश, १७ वर्षिया अञ्जली गणेश र १६ वर्षिया कल्पना गणेशको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताएका छन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । हिजाे ( शनिबार) दिउसाेबाट हराएका उनिहरूकाे खाेजिकार्य भइरहेकाे थियाे। आइतबार बिहान साढे ७ बजे रूखमा झुन्डिएकाे अवस्थामा स्थानियले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । " हामी घटना स्थ
सुन्दरहरैचा। जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रेस युनियनको हेटौंडामा जारी नवौँ अधिवेशनमा जिल्ला शाखा सुनसरीलाई सम्मानित गरिएको छ ।केन्द्रीय कार्य समितिले अधिवेशनको क्रममा सुनसरीलाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको हो । नेपाली काङ्ग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीलाई उत्कृष्ट जिल्लाको सम्मान–पत्र हस्तान्तरण गरे ।सुनसरी युनियनले दर्जनभन्दा बढी कार्यहरू गर्न सफल भएको जनाइएको छ । सभापति अधिकारीले २८ महिनाको अवधिमा गरेको कामको प्रशंसा गर्दै उत्कृष्ट जिल्ला घोषित गरेको हो ।पत्रकारहरूका लागि स्वास्थ्य बिमा, कोरोना बिमा, दुर्घटना
उदयपुर / रोटरी क्लव अफ इटहरीले रोटरी डिष्ट्रिक नेपाल ३२९२ र ताईपेई ३५२३ बाट प्राप्त ह्वील चियर शुकबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । विगतका दिनहरुमा पनि अपाङता , शैक्षिक लगाएतका क्षेत्रहरुमा सहयोग गर्दे आएको रोटरी क्लव अफ इटहरीले बेलका नगरपालिका उदयपुरका २१ जना अपाङता भएकाहरुलाई केहि सहयोग पुगोस भन्नका निमित्त ह्वील चियर वितरण गरिएको रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी गराउनु भयो । आयोजित कार्यक्रमम
इटहरी । इटहरी उपमहानगरपालीका वडा नम्बर ४ स्थित पोखरीमा निर्माण भएको ब्रह्माको मुर्ती हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ । थारु जातीको सांस्कृतीक पहिचान बोकेको उक्त पोखरीमा निर्माण भएको मुर्ती स्थापना गरेर थारुहरुको पहिचानमा धावा बोल्ने कार्य भएको उल्लेख गर्दै उक्त मुर्ती अविलम्ब हटाउन ज्ञापन पत्रमा माग गरीएको छ । थारु कल्याण्कारी सभा ४ नम्वर वडा कार्यसमिति इटहरीले इटहरी वडा नम्वर ४ का वडा अध्यक्ष भक्त लामा तामाङ र इटहरी नगर प्रमुख हेमकर्ण पौडेल समक्ष उक्त संरचना हटाउनु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ । साथ
इटहरी । ६० औँ इन्जिनियरस् दिवसको अवसरमा इटहरीमा निर्माण व्यवसायीहरूलाई घर निर्माण सम्बन्धी तालिम आयोजना गरिएको छ ।लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लियो क्लब अफ इटहरी प्रोफेसनलको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा एक दिने तालिम आयोजना गरिएको हो । तालिममा ३५ जना निर्माण व्यवसायीहरुको सहभागिता थियो । घर निर्माण गर्दा अपनाउनु पर्ने सावधानी तथा मापदण्डको विषयमा स्ट्रक्चर इन्जिनियर सुशील चौधरी र सुमन भटटराईले निर्माण व्यवसायीहरूलाई जानकारी र तालिम दिनुभयो ।घर निर्माण गर्दा कमसल सामाग्री, आवश्यक परामर्श तथा भुकम्प प्रति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.