६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सिफारिस गरेकोआकांक्षी उम्मेदवारहरुको नाम निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेसहित घनश्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले संविधानसभा सदस्य डिगबहादुर लिम्बूसहित, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरेको छ । माओवादीले यस क्षेत्रमा सर्वसम्मत रुपमा प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।मोरङ निर्वाचन क्षेत्र नम्बर 
विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा ऋषिकेष पोखरेलको नाम सर्बसम्मत सिफारिस भएको छ ।पोखरेल नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष हुन् । उनले आफ्नो कार्यकालमा पार्टी कम्जोर देखिएको अवस्थामा पनि मोरङ जिल्लाको धेरैजसो स्थानीय निकायको नेतृत्व आफ्नो पार्टीका पक्षमा पार्न सफल भएका थिए । आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ऋषिकेष पोखरेलकोलाई सिफारिस गरेको छ ।
विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीको नाम सिफारिस भएको छ ।त्यस्तै राष्ट्रिय राजनीतिमा चिनिएका लालबाबु पण्डित गत चुनावमा सोही निर्वाचन क्षत्रेबाट निर्वाचित भएका थिए । २०७४ सालमा उनले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका थिए ।आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुरी र पण्डितलाई सिफारिस गरेको छ ।
इटहरी । इटहरीका मुख्य चोक आसपासका तीन स्थानमा सार्वजनिक शौचालय बन्ने भएको छ । इटहरी वीरेन्द्र चोक स्थित रेयुकाई चौतारी, पूर्व टेङ्ग्रा खोला, पश्चिम खेतीखोला आसपासका क्षेत्रमा जम्मा ४० लाखको लागतमा शौचालय बन्ने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । इटहरी वीरेन्द्र चोक स्थित रेयुकाई चौतारीमा आज एक कार्यक्रमका बिच इटहरी नगर प्रमुख हेमकर्ण पौडेल, उप–प्रमुख सङ्गीता चौधरी र इटहरी वडा नं.–६ का अध्यक्ष दिवस पोखरेलले शौचालयको शिलान्यास गरेका हुन् ।साथै इटहरी पश्चिम लाइन स्थित विशालबजार भित्र रहेको व्यक्तिगत शौचालयलाई केही दिन भित्र सर्वसाधारण हरूको प्रयोगका लागी ल्याइने नगर प्रमुख ह
इटहरी । समाजसेवी दम्पत्ती रामचन्द्र अधिकारी र सीता अधिकारीले दिवंगत आमाबुवाको स्मृतिमा स्थापना गरेका विभिन्न पुरस्कारहरु वितरण गरिएको छ । साहित्य तथा सञ्चार क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई पुरस्कार दिइएको हो ।रामचन्द्र अधिकारी अध्यक्ष रहेको तारानीधि धनमाया अधिकारी स्मृति प्रतिष्ठानले पत्रकार, साहित्यकार तथा सामाजिक संस्थालाई नगदसहित सम्मान गरेको हो । सासु–ससुराको नाममा स्थापना गरेको दीननाथ-नारायणीदेवी पौडेल स्मृति पुरस्कार २०७८ बाट सुनसरीका अग्रज पत्रकार गिरिराज आचार्यलाई नगद रु. २५ हजार रुपैयासहित सम्मान गरिएको छ । यस्तै पत्रकार शिव गाउँलेलाई नगद ३५ हजार रुपैयासहित
सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मंसिर ४ गतेदेखि पाँच दलीय गठबन्धन बडारिने दावी गर्नुभएको छ।अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच दलीय गठबन्धनले एक वर्षभित्रमै देशलाई कङ्गाल बनाएकोले पनि मंसिर ४ पछि बडारिने बताउनुभएको हो । उहाँले पाँच दलीय गठबन्धनले बेहाल बनाएको मुलुकलाई अब मंसिर ४ गते हुने निर्वाचनबाट सुधार आउने जिकिर गर्नुभयो ।नेता ओलीले मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनुका साथै लोकतन्त्रलाई वलियो बनाउने बताउनुभयो । उहाँले चुनाबमार्फत भौगोलिक अखण्डताले पनि हार्ने बताउनुभयो ।उहाँले एमालेले अबको निर्वाचनमा
क्षेत्र नं. १ (क) मा प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । पौडेल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी यसअघि इटहरी उपमहानगरपालिकामा मेयरको ‘रेस’ मा थिए ।यस्तै, केसी महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनमा इटहरी उपमहानगरपालिकाको सभापतिमा पराजित बनेका थिए ।चौधरी २०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए ।समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्र
इटहरी : नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ लाई सरकारले निर्वाचनको मिति तोकेसँगै एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभाको सदस्यका लागि प्रत्यक्षतर्फ लिलम बस्नेत सहित १३ जनालाई सिफारिस गरेको हो । प्रदेशसभाको सदस्य समेत रहेका बस्नेत सहितका नेतालाई शनिबार सिफारिस गरिएको हो ।सिफारिसमा पर्ने अन्य उम्मेदवारहरूमा तैयव हुसैन, सागर सुवेदी, रेवती घिमिरे, ढण्डमाया भण्डारी, रुपेश बस्नेत, रोहित कार्की,एकराज दाहाल, सत्यनारायण चौधरी, हरि राई, मुस्ताक आलम र साविर हुसैन,समीर कार्की, रहेका छन् ।
इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ले प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहका अनुसार क्षेत्र नं. २ ले उम्मेदवारको सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सिफारिस भएको साहले जानकारी दिए । यस्तै, समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् । यस्तै, ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् । मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्
नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न सवै कार्यकताहरुलाई आग्रह गर्नुभएको छ ।शुक्रबार विराटनगरमा अनेरास्ववियुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधिनता र अखण्डता मात्र नभई मुलुकको विकास र समृद्धिका लागि पनि एमालेले जित्नै पर्ने भएकाले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले निर्वाचन कुनै एउटा अदालतको फैसला नभई जनअदलतको फैसला भएकाले यसले सवैकुराको जवाफ दिने भएकाले यस्तो फैसला गर्न गराउन सवैलाई अगाडि बढ्न आग्रह गर्नुभयो ।उहाँले एक घर, एक सदस्य बनाउन युवा विद्यार्थीहरुला
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.