All Posts By कोशी प्रेस

    Showing ११,९६१-११,९७० of १३,७४३ items.
  • गाउँमा दशैंसँगै खसी चोरको बिगबिगी

    इटहरी । विराटनगरको हाइवे लाइनमा एउटा मोटरसाइकल ग्यारेज छ । उक्त ग्यारेजमा नयाँ पसल्सर मोटरसाइकल सहित एक युवक आए । जानेमानेका ति ग्यारेज वालाले भने, ‘हेर्नु न यसले खसी चोर्दै, विराटनगर ल्याएर बेच्छ, यसले त नयाँ पल्सर नै किनिसकेछ ।’नभन्दै छेउमा आएपछि ग्यारेजवालाले ती युवलाई भने ‘ओ भाई आज कतिवटा बेचियो ?, गाउँतिर खसी हराएर चौपट छ भन्छन्, तिमीलाई त मालामाल होला नि होइन ।’ ती युवकले भने, ‘अलिअलि चल्दैछ, दशैंमा खसी भेटिन्छन् पनि बेचिन्छन् पनि ।’ग्यारेज वालाले भने म तिर फर्किएर ती युवकले सुन्ने गरी भने, ‘यो मान्छेले खसी चोर्दै सस्तोमा विक्री गर्छ,’ मैले ति युवकलाई सोधें, ‘हो ? ।’ युवक ङिच्च हाँस्यो ।

    • प्रकाशित मितिः असोज ६, २०७९
    • ८० पटक पढिएको
  • धरानकाे 'हाम्राे हाेटल'मा मध्यरात प्रहरीकाे छापा : तास खेलिरहेका ८ जना पक्राउ

    इटहरी । सुनसरीको धरानस्थित एउटा होटेलमा तास खेलिरहेका ८ जनालाई प्रहरीले बुधवार बिहानका राति पक्राउ गरेको छ ।सञ्जय राईले धरान उपमहानगरपालिका–१० मा सञ्चालन गर्दै आएको ‘हाम्रो होटेल’बाट राति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।उनका अनुसार पक्राउ पर्नेमा होटेल सञ्चालक राईसहित धरान–१६ का ३३ वर्षीय जीवन बस्नेत, धरान–११ का ४३ वर्षीय मोहन गुरुङ, ३५ वर्षीय शालीन राई, धरान–१३ का २७ वर्षीय विवेक राई, ४२ वर्षीय मणिराज राई, धरान–१९ का ३९ वर्षीय अरुण केसी र ३८ वर्षीय आइत लिम्बू रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक देउप

    • प्रकाशित मितिः असोज ६, २०७९
    • ४८ पटक पढिएको
  • आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कारबाही गरिने

    काठमाडाैं । सहकारी विभागले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउने भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले आफूखुसी ब्याजदर बढाउने सहकारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको हो ।विभागले ऐनको प्रावधानमा रहेर काम गर्ने भएकाले अहिले सन्दर्भ ब्याजदर बढाउने अवस्था नरहेको उहाँले बताउनुभयो । सन्दर्भ ब्याजदर निर्धारण समितिले उपसमिति बनाएर अध्ययन गरिरहेको छ । उहाँले भन्नुभयो, “ऐनमै रहेर कुरा गर्ने हो भने ब्याजदर १६ प्रतिशतभन्दा बढी बढाउन सक्ने अवस्था देखिँदै

    • प्रकाशित मितिः असोज ६, २०७९
    • ७९ पटक पढिएको
  • सुन्दरहरैंचामा आदिवासी जनजातिहरुको वृहत साँस्कृतिक कार्यक्रम

    सुन्दरहरैंचा  ।  मोरङको सुन्दरहरैंचामा आदिवासी जनजातिहरुको वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।नेकपा एमालेको जनसंगठन  लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङ जिल्ला कमिटीको आयोजनमा वृहत साँस्कृतिक कार्यक्रमका साथै दशैं, तिहार र छठ लगायतका पर्वहरुको शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो ।लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव पेम्बा भोटे गुरुङ, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।। महासंघको मोरङ जिल्ला कमिटीले जिल्लाक

    • प्रकाशित मितिः असोज ५, २०७९
    • ४१ पटक पढिएको
  • सुन्दरहरैचामा विराट खुल्ला अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता शुरू

    सुन्दरहरैंचा । प्रदेश नम्बर १मा पहिलो पटक एक लाख पुरस्कार रासिको विराट खुल्ला अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लव सुन्दरहरैचाको आयोजनामा मोरगंको विराट चोकमा नेपाल ,भारत र वंगलादेशका वुद्धिचालका खेलाडिहरु विच प्रतिस्पर्धा आयोजना गरिएको हो ।विराट चेस क्लवका अध्यक्ष देवेन्द्रकुमार काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा विराट चोकको पानस पार्टी प्यालेसमा प्रतियोगिता सुरु भएको हो । काठमाडौं उपत्यका पछि पहिलो पटक अन्तराष्ट्रिय स्तरका खेलाडीहरु समेतको सहभागितामा यति ठुलो पुरस्कार रासीको प्रतियोगिता पहिलो पटक हुन लागेक

    • प्रकाशित मितिः असोज ५, २०७९
    • १९० पटक पढिएको
  • निर्वाचन आयोगले साढे ५ लाख जरिवाना गरेपछि रिसाए हर्क साम्पाङ

    इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) निर्वाचन आयोगमाथि खनिएका छन् । निर्वाचन आयोगले चुनावी खर्च विवरण नबुझाएको भनेर साढे ५ लाख जरिवानाको निर्णय गरेपछि सामाम्पाङ आक्रोशित बनेका हुन् ।सामाजिक सञ्जालमार्फत उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको तर दुई दिन ढिला हुँदा जरिवाना चाहिँ किन साढे ५ लाख भन्दै कटाक्ष गरेका छन् । उनले साढे ५ लाख जरिवाना गर्नु भनेको लुट्नु भएको टिप्पणी समेत गरेका छन् । उनले भनेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो । मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ।’

    • प्रकाशित मितिः असोज ५, २०७९
    • ६१ पटक पढिएको
  • ललितपुरको धोबिघाटस्थित कवाडी गोदाममा आगलागी

    काठमाडाैं । ललितपुरको धोबिघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ। धोबिघाट रिङरोडबाहिर रहेको कवाडी कारखानामा बुधबार आगलागी भएको हो।  आगो अझै निन्त्रणमा आएको छैन। ललितपुर प्रहरीको टोली अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीको कारणबारे अहिलेसम्म केही थाहा नभएको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। दमकलले आगो नियन्त्रण गर्ने प्रयार अघि बढाइएको छ।

    • प्रकाशित मितिः असोज ५, २०७९
    • ५८ पटक पढिएको
  • २० लाख सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने खरिदार भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरी भष्ट्राचार गरेको आरोपमा जुम्ला, चन्दननाथ नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।उनीविरुद्धको उजुरी अनुसन्धान हुँदा भण्डारीले आव ०७४/०७५ देखि आव ०७६/७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नु पर्नेमा, कार्यालयको नामबाट बैंकलाई आफैंले पत्र लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ छोराको व्यक्तिगत खातामा जम्मा गरी भुक्तानी लिएको देखिएको छ । व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिन

    • प्रकाशित मितिः असोज ५, २०७९
    • ४२ पटक पढिएको
  • भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

    एजेन्सी । भारतीय हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा अगस्ट १० भर्ना भएका श्रीवास्तवको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनलाई व्यायामका क्रममा हृदयघात भएको थियो । ‘उहाँ ट्रेडमिलमा आफ्नो दैनिक व्यायाम गर्दै हुनुहुन्थ्यो । त्यही क्रममा लड्नुभयो । उति नै बेला हृदयघात भयो अनि तुरुन्तै अस्पताल ल्यायौं, ‘श्रीवास्तवका एक आफन्तले भारतीय समाचार संस्था पीटीआईसँग भनेका छन् ।स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा दर्शक हँसाउन सक्ने कलाकार थिए । सन्

    • प्रकाशित मितिः असोज ५, २०७९
    • ५१ पटक पढिएको
  • खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना

    खोटाङ । निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक-पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो ।आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बिणादेबी रा

    • प्रकाशित मितिः असोज ४, २०७९
    • १२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]