सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा आदिवासी जनजातिहरुको वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मोरङ जिल्ला कमिटीको आयोजनमा वृहत साँस्कृतिक कार्यक्रमका साथै दशैं, तिहार र छठ लगायतका पर्वहरुको शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव पेम्बा भोटे गुरुङ, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित, भानुभक्त ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
। महासंघको मोरङ जिल्ला कमिटीले जिल्लाका १७ वटै पालिकामा संगठन विस्तारको काम समेत जिल्ला स्तरीय कार्यक्रम गरिएको जिल्ला सचिव दावा तामाङले जानकारी दिए । कार्यक्रममा उराउ, खवास, थारु, सन्थाल, झाँगड लगायत लोपोन्मुख जातिका झाँकी तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष घर्तीले आदिवासी जनजातिको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको पार्टी नेकपा एमाले भएकाले आगामी संघ र प्रदेशको चुनावमा नेकपा एमाललाई जिताउने अभियानमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।