काठमाडाै । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समूहसहित प्रवेश गर्दै छन्। गत स्थानीय चुनावमा पार्टीको लज्जास्पद हार भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले केही दिनअघि मात्र साधारण सदस्य पनि नरहने गरी विवेकशील साझा पार्टी त्यागेका हुन्। आज आफ्ना केही साथीसहित राप्रपामा बस्ने नेता मिश्रले बताएका छन्। उनले आफू एक्लै राप्रपा प्रवेश गर्न लागेको नभई समूह नै समाहित हुन लागेको जानकारी दिएका छन्। ‘यसबीच संवाद हुन नसकेका कैयौँ साथीलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको
इलाम । इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु नपर्ने व्यवसायी बताउँछन् । इलाम नगरपालिका र भारतीय दूतावासको सहयोग
विराटनगर । प्रदेश नम्बर १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्नेलगायतका निर्णय गरेको छ ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने’ निर्णय गरेको हो ।प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तुत ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।उक्त अध्यादेशअनुसार, विपद् व्यवस्थापन ऐन–२०७५, प
इटहरी । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको छ ।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको समेत बताए। आयोगले गत भदौ १३ गते आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो।स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो।निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यल
इटहरी । बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुँदै छ।दशैं घर र विभिन्न शक्तिपीठहरुमा चन्द्रघण्टाको पूजा आराधना गरिँदै छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको विश्वास गरिन्छ । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल आदि अस्त्रशस्त्रले सुसज्जित देवी चन्द्रघण्टाको स्वरुप शान्तिदायक र काल्याणकारी रहेको छ । असत्यको नाश र सत्यको रक्षाको लागि देवीले चन्द्रघण्टाको रुप धारण गरेकी हुन्। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन
इटहरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् ।पाँच सङ्घीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेको जिल्लामा कूल मतदानस्थल दुई सय ८४ र मतदान केन्द्र सात सय ६६ वटा कायम भएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनुभयो ।उहाँका अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार दुई सय ३७, महिलातर्फ ६० हजार एक सय ३८ गरेर एक लाख २० हजार तीन सय ७५ मतदाता छन् ।
इटहरी । सोमवार घटस्थापनासँगै दशैं शुरु भएको छ । अन्य ठूला चाडपर्व पनि नजिकिइरहेका छन् । प्रहरीले चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सतर्कतासहित सुरक्षामा कडाइ शुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटमा आपराधिक गतिविधि नियन्त्रण तथा निगरानीका लागि १९ बुँदे निर्देशनसहित परिपत्र गरेको छ ।दशैँ, तिहार र छठपर्वको समयमा हुने उच्छृंखल क्रियाकलाप, राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अवाञ्छित कार्यहरु लगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रणका लागि निर्देशन दिइएको छ । यस्तै, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठानहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन पनि
महोत्तरी । चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न छाडिसके ।केही नेता विकासका नक्कली फेहरिस्ता देखाएर भोट माग्न मतदाताको घर आँगनमा देखिन थालिसकेका छन् । नयाँ नेता र दलहरू भने तिनै पुनराना नेतालाई गाली गरेर सहानुभूति बटुलिरहेका छन् । तर, न चरित्र बदलिएको छ न त परिवेश नै । यथास्थितिलाई नै मलजल गरिरहेका नेताहरू परिवर्तनको ढोङ फुक्छन् र जनतालाई बन्दी बनाइ रहेका छन् । जसका ज्वलन्त कथाहरू तराइका गल्ली र ग्रामीण बस्तीमा बग्रेल्ती पाइन्छन् । यस्तै, प्रत
इटहरी । नेकपा एमालेकी नेतृ भगवती चौधरीले दक्ष जनशक्ति उत्पादन र योग्य नागरिक निर्माणमा शिक्षकहरुको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । सुनसरीको इटहरीमा नेपाल प्रगतिशिल प्राध्यापक संगठन १ नं. प्रदेश कमिटिले विजया दशमी दिपावली तथा छठ लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको विचार गोष्ठि तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शिक्षकहरुको योगदानलाई राष्ट्रले मुल्यांकन गर्नुपर्ने बताइन् । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुसंस्कृत समाज निर्माणमा पनि शिक्षकहरुको भूमिका रहने बताउँदै नेकपा एमाले शिक्षकहरुका समस्या र हक अधिकारका लागि सदैव लागि प
काठमाडौं । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २५ हजार जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म देशभर ३२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् । मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बागमति प्रदेशमा देखिएका छन् । यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका छन् । यस्तै, प्रदेश १ मा ७५३, मध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.