सुनसरी १७ कार्तिक । सुनसरी क्षेत्र नं ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य तर्फ उम्मेद्वार बनेकि भगबती चाैधरी याे पटककाे निर्वाचनबाट सिंहदरबार छिर्ने यात्रा तय गरेकि छिन । चुनाबी सरगर्मी बढेसँगै आन्तरिक रुपमा नेता कार्यकर्ताहरु विच छलफल र स्थानीय समस्या केलाउदै घरदैलाै अभियानलाइ तिब्र बनाएकि नेकपा एमालेकि नेतृ सुनसरी क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य उम्मेद्वार भगबती चाैधरी स्थानीय मुद्धाहरूलाइ प्रमुख एजेण्डा बनाउदै अघि बढेकि छिन । उम्मेद्वार चाैधरीले आफ्नो क्षेत्रको विकास र समृद्धिकै लागि राजनीतिमा लागेको बताउँदै निर्वाचन जितेपछि ३० वर्षमा हुन नसकेको विकास
प्रतिनिधिसभा सदस्यको निर्बाचनमा नेकपा एमाले संगको सहकार्यमा चुनाव चिन्ह सूर्य बाट समानुपातिक उम्मेदवार बनेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एक नाथ ढकालले आफ्नो प्रतिबद्ता सार्बजनिक गरेका छन् । नेपाल परिवार दलको प्रदेश १. समितिद्वारा झापाको होटल बिनायकमा आयोजित कार्यक्रममा बोल्दै नेता ढकालले संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न आफ्नो पार्टीले नेकपा एमालेसंग सहकार्य गरेको उल्लेख गर्दै सबैखाले विभेदको अन्त्य र सुसंकृत, समुन्नत तथा समाबेशी नेपाल निर्माणमा नीतिगत योगदान गर्ने आफ्नो सैदान्तिक प्रतिबद्ता रहेको बताए। अध्यक्ष ढकालले एमाल
सुनसरी, १६ कार्तिक । सामाजिक क्षेत्रबाट बेग्लै पहिचान बनाउन सफल भगबती चौधरी सुनसरी क्षेत्र नं ३ बाट नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएसँगै चुनावी अभियानमा होमिएकी छिन् । गाउँ देखि शहर सम्मका विकाशका एजेण्डा बोकेर चुनावी मैदानमा होमिएकी चौधरी जहाँ जहाँ पुग्छिन त्यहिँ त्यहिँ उनको हाई हाई हुने गरेको छ ।मत माग्न मतदाताहरूको घर घर पुग्दै गर्दा चौधरीलाई धेरै जसो महिलाले अंगालो हालेर स्वागत गर्ने गरेका छन् भने केहिले फुलमाला अबिर नै लगार्इ दिएर स्वागत तथा सम्मान गर्ने गरेका छन् । मंसिर ४ लाई डेटलाइन बनाएर चुनाबी मैदानमा होमिएकी चौधरीलाई जिताउन मतदाताहरू पनि उत्साहित देखिएका छन्
महाेत्तरी । मिथिला क्षेत्रमा आज (बुधबार) अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व बुधबार मनाउन लागिएको हो। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ।पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ।पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम
इटहरी । बैदेशिक रोजगारीका लागि पलाउ पठाउने भन्दै १२ जनालाई ८४ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । युएस पलाउ जव सर्भिस नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका– ३ का ३४ वर्षीय राजिवजङ्ग थापा पक्राउ परेका हुन् ।उनले बैदेशिक रोजगारको लागि पलाउ नाम गरेको मुलुक पठाउने भन्दै १२ जना सर्वसाधारणबाट २०७३ सालमा नै जनही ७ लाख रुपैयाँ उठाएका थिए । ८४ लाख रुपैयाँ उठाएर फरार भएका थापालाई पक्राउ गरेको सुनसरी प्रहरीले बताएको छ ।बैदेशिक रोजगार न्यायधिकरण काठमाडौंले २०७६ असार ८ गते उनलाई
झापा । झापाको बिर्तामोडस्थित इसुजु गाडीको आधिकारिक बिक्रेता एप्सोल्यूट मोट्र्सको शोरुममा तोडफोड भएको छ ।बिर्तामोड–१मा प्रवेश वस्नेतले सञ्चालनमा ल्याएको शोरुममा आइतवार राति तोडफोड भएको हो । तोडफोडबाट करिव पाँच लाख रुपैयाँको क्षति भएको बताइएको छ ।शोरुममा कस्ले र किन तोडफोड गरेको हो खुल्न नसकेको प्रहरीले जनाएको छ । नचिनेका व्यक्तिले सोरुम तोडफोड गरेपनि शोरुमभित्र रहेको सामग्री केही नलगेको सञ्चालक बस्नेतले बताए ।तोडफोडबाट शोरुममा रहेको सीसी क्यामेरा, कम्प्युटर दुई थान, प्रिन्टर, फलसिलिङ, दराज आदिमा क्षति पुगेको छ ।
इटहरी । इटहरीको मुख्य चौरस्ता गोलो चोकमा पुग्ने वित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतीमा जान्छ । ट्राफिक लाईटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यति आकृती मै पुग्छ । आकृती हेरेपछि सबैको मनमा प्रश्न उब्जिन्छ । यी चार जना मानिस को हुन ? यीनीहरुले के बोकेका हुन ? उत्तर सोच्दा सोच्दै रेड सिग्नल ग्रिन हुन्छ मानिस गन्तव्यमा हुईकिन्छन् । प्रश्न बाँकी नै रह्यो ।सामाजिक सञ्जाल फेसबुकका सेल्फी । टिकटकमा यहि आकृतीको भिडियो भाईरल भईरहेको छ । यहाँ पनि प्रश्न बाँकी नै छ ।तपाईहरु मध्ये धेरैलाई यस्तै तौतुहल भईरहेको होला । सबै तिर चर्चा भईरहेको चौरस्ता गोलो चौकको आकृती के हो ? ती मानिस को हुन
काठमाडाै । आगामी पाँच वर्षभित्र विद्युत् उत्पादन क्षमता छ हजार पाँच सय मेगावाट बराबर पु¥याउने लक्ष्यसहित नेकपा(एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।‘सबैलाई बिजुली बत्ती, विद्युत्बाटै देशको उन्नति’ भन्ने नारा दिएको सो दलले आगामी दुई वर्षभित्र विद्युत्मा पहुँच हुने जनसङ्ख्या शतप्रतिशत पु¥याउने योजना अगाडि सारेको छ ।सबै परिवारलाई गार्हस्थ्य उपभोगका लागि वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने विषयलाई सो दलले घोषणापत्रमा समावेश गरेको छ । त्यस्तै, प्रतिव्यक्ति विद्युत् खपत सात सय किलोवाट प्रतिघण्टा पु¥याउने लक्ष्य राखेको छ ।स्वदेशी कच्चा पदार्थमा आधारि
इटहरी । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन हुने छ ।डाँगीहाट युथ क्लबले आयोजना गरेको गोल्डकपको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्ने छन् । उद्घाटन खेलमा पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापाबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता छ ।
कञ्चनपुर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदीयमान खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी मङ्सिर ४ गते हुने चुनावमा सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन् ।पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता धामी १३ औँ दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन् ।‘हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा र्गयौँ’, अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भनिन्, ‘तर राज्यल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.