काठमाडौं । सामाजिक सञ्जालबाट डरधम्की दिएको र ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले नुवाकोटका १९ वर्षका विवेक आचार्य र १७ वर्षका अर्का एक जनालाई पक्राउ गरेको छ । १७ वर्ष भन्दा कम उमेरको व्यक्ति भने बालिग नभएका कारण प्रहरीले नाम गोप्य राखेको हो । उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भन
चितवन । माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ।पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो। भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन । भरतपुर–काठमाडौँ रुटका साथै काठमाडौँ–भरतपुर रुटमा पनि हवाई यात्रुको सङ्ख्या घटेको हो । अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुद्ध एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा द
सप्तरी । राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीलाई म्याद सकिएको कोरोनाको खोप लगाउदै आएको जानकारी प्राप्त भएको छ । राजविराज नगरपालिका–८ को एक विद्यालयमा सयौ विद्यार्थीलाई त्यस्तो खोप लगाएको हो । भ्याक्सिन लगाउने भनेर राजविराज नगरपालिका–८ स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी कल्पना रामसहित खटिएको टोलीले लगाउन ल्याएको खोप विद्यालयकै प्रधानाध्यापकले चेक गरेपछि सबै भ्याक्सिनको म्याद गुज्रेको पाइएको हो । म्याद गुज्रेको भ्याक्सिनबारे जानकारी भएपछि विद्यालयले खोप लगाउनबाट विद्यार्थीलाई रोकेको थियो । वर्षदिन यता कोरोनाको
काठमाडौँ – पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो ।सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् ।सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त
काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि सांसदहरुले उठेर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे ।शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।
इटहरी । गिटी कुटेर जीविकोपार्जन गर्दै आएका इटहरी उपमहानगरपालिका वडा नम्बर ४ हरियाली टोलमा बस्ने २६ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी इटहरीको सहयोग तथा हरियाली टोल विकास संस्थाका अध्यक्ष विक्रम श्रीको समन्वयमा विपन्न परिवारका मानिसहरुलाई खाद्यान्न वितरण गरिएको हो । जाडो वढी रहेको समयमा काम गर्न नसक्दा समस्यामा परेका खोलासंग सम्वन्धित मजदुर परिवारलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा सहयोगी मनहरु शयाम रिजाल , गणेश दुलाल , कमल पौडेल, किरण न्यौपाने , सेभेनस्टार एजुकेशनल इन्च्युष्टको सहयोगमा प्रति परिवार दश केजी चामल , एक केजी दाल र एक के
इटहरी । यही माघ २० गते प्रर्दशन हुन लागेको नेपाली चलचित्र ह्यारीकी प्यारीको प्रमोशनका लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहित टिम इटहरी आएको छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र ह्यारीकी प्यारीमा रहेका गितहरु गाएर प्रमोशनका लागि आएको कलाकारहरुको टिमले कस्तुरी एकेडेमीका विद्यार्धीलाई मनोरञ्जन प्रदान गरेको हो । प्रमोशनका लागि लागि आएका अभिनेता जितु नेपालले कस्तुरी एकेडेमीमा आयोजित कार्यक्रममा हास्य प्रस्तुति गरेका थिए भने अभिनेत्रि साम्राज्ञीले चलचित्रका विषयमा जानकारी गराइन ।त्यसै गरी गायिका वेनिशा पौडेल लगायतले चलचित्रमा रहेका गितहरुको प्रस्तुति गरेका थिए । कार
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बर
सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो ।प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी
इटहरी । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई विश्व आर्दश कलेज इटहरीले न्यानो कपडा वितरण गर्दै आएको छ । न्यानो कपडाको अभावमा विद्यालयमा अध्ययनका लागि जान समेत समस्या झेल्दै आएका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गर्दै आएको कलेजले सार्वजनिक आधारभुत विद्यालय इटहरीमा पनि स्वीटर वितरण गरेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारले स्वीटर वितर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.