काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा अन्जु पाण्डेले सचिब पदमा उम्मेदवारी दिएकी छन् । प्रदेश १ बाट विद्यार्थीहरुको हक, हित र अधिकारलाई स्थापित गर्ने आवाजलाइ बुलन्द पार्दै शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने अठोटसहित अगाडि बढ्नु का साथै विद्यार्थी संगठनको गतिविधिलाइ सँधै गतिशिल र मर्यादित बनाउन सचिवमा उम्मेदवारी दिएकी अन्जु विद्यार्थीको हकहित प्राप्तिको आन्दोलनमा निरन्तर लागेर देशभरका विद्यार्थीहरूसँग सांगठनिक रूपमा जोडिएर काम गरेको हुँदा सचिबको प्रतिस्पर्धा आफ्ना
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा सुनसरीका विद्यार्थी नेता एकराज दाहालले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारीदियका छन् ।शिक्षा प्राप्तिको लागि नेपालमा हुदा खाने र हुने खाने विचको खाडल हटाई सवैको पहुचमा व्यावहारिक र वैज्ञानिक शिक्षालाई दुरदराज सम्म पुर्याउन,सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न विद्यार्थी आन्दोलनलाई रचनात्मक शैलीबाट अझै माथि उठाउन, विद्यार्थी संगठनको गतिविधिलार्इै सँधै गतिशिल र मर्यादित बनाउन अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकोले अहिलेसम्मको कामको मुल्याङ्कन र भावी योजनाको विश्लेषण
काठमाडौं। स्वदेशी उत्पादनलाई आधुनिकीकरण गर्दै निर्यातमुखी बनाएर आयातलाई विस्थापन गर्नुपर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । ‘आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा बस्तु प्रदर्शनी–२०७९’ को भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी छालाजुत्ता उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन क्वालिटी बढाउन पनि अनुरोध गरिन् । धरासायी हुँदै गएको अर्थतन्त्रलाई गतिशिल बनाउन तथा मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनहरु बढाउनु पर्नेमा जोड दिँदै मन्त्री चौधरीले उद्यो
काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनमा फागुन २ गते बाट काठमाण्डौमा चलिरहेको छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष र पदाधिकारीसहित करिब ४०० आकांक्षी चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।अनेरास्ववियूको केन्द्रिय सचिव पदमा भने प्रकाश श्रेष्ठले पनि उम्मेद्वारी दिने घोषणा गरेका छन् । लामो समय देखि अनेरास्ववियुमा क्रियाशिल श्रेष्ठ यसअघि अनेरास्ववियु तेह्रथुमा वसन्त मावि प्राक हुदै तत्कालिन ईलाका कमिटि अध्यक्ष, अनेरास्ववियु जिल्ला कमिटि तेह्रथुमको दुई कार्यकाल जिल्ला कमिटि सदस्य, उपसचिव, सचि
इटहरी । नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीलाई सुनसरीको इटहरीमा सम्मान गरिने भएको छ । धरणीधर दाहाल स्मृति प्रतिष्ठान र इटहरी साहित्यिक समूहले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ साहित्याकार क्षेत्रीलाई नगद ५० हजार सहित यही फागुन ५ गते सम्मान गर्न लागिएको जनाइएको हो ।पत्रकार सम्मेलन गरी बरिष्ठ साहित्यकार क्षेत्री नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको साथै इटहरीमा निसहाय बालबालिका सेवा आश्रम सञ्चालन गर्दै आएकी गिता गौतमलाई समाज सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान
इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ ।नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं.१ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुन लागेको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रत
धरान । प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागद्वारा विरामीहरुको उपचारका लागि दिंदै आएको विशिष्ट सेवाहरुमा थप विस्तार गरिएको छ । विभागले २०७९, फाल्गुण १ गते देखि हप्ताको हरेक बिहिबार बिहान १०ः०० बजे देखि १ः०० बजेसम्म सञ्चालन हुने गरी Geriatric Clinic (Frailty/Multi-Morbidity Clinic) को थप सेवा शुरु गरेको छ ।यस किसिमकोFrailty/Multi-Morbidity Clinic नेपालमा नै पहिलो पटक प्रतिष्ठानमा शुरु भएको हो । उक्त क्लिनिक ज्येष्ठ नागरिकहरुलाई उमेरका कारणले हुने आन्तरिक कमजोरी (Frailty) का साथै शारिरीक तथा मानसिक समस्याहरु जस्तै निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महशुस हुने आदि तथा दुई वा सो भन्दा बढि रोग
सुनसरी । लघुवित्त क्षेत्रमा विद्यमान वेथितीहरु सुधार्न जरुरी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताएकी छिन् । लघुवित्त संस्थाहरुले सिद्धान्त र नियम भन्दा बाहिर रहेर काम गर्नाले ठूलो संकट आइरहेको प्रति सजग गराउँदै लघुवित्तकर्मी समेत रहेकी मन्त्री चौधरीले नेपालमा जनसंख्याको अनुपातमा धेरै लघुवित्त संस्थाहरु रहेको पनि औल्याइन् ।आइतबार बिराटनगरमा प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले भनिन्, ‘हाम्रो जनसंख्याको अनुपातमा धेरै लघुवित्तहरु भए, २५ देखि ३० वटा अथवा २० वटा लघुवित्तहरु भए हामीलाई पुग्छ । नयाँ रणनीतिको खाँचो छ ।’ मन्त्री चौधर
बराहक्षेत्र / मानवता , सेवा , धर्म र कर्तव्यकाे पालन गर्दै विद्यार्थी बिरामीको उपचारकालागि सहयोग जुटाउन थालेका छन्। बराहक्षेत्र नगरपालिका वार्ड नं ५ कलबन्जारमा बसोबास गर्दै आएका कक्षा १२ मा अध्यान गर्दै आएका वर्ष १९ का रञ्जिता धामीका एक मात्र छोरा आरेमन धामीकाे टाउकोमा रगत जमेर विराटनगर न्युरो अस्पतालमा उपचार हुँदैछ र अझै घाँटीमा नि समस्या देखिएकाले उपचार गर्नु पर्ने डाक्टरले बताएका छन् । लाखौं रुपैयाँ खर्च भै सककाे र ३,४ लाख रुपैयाँ थप लाग्ने भएको छ, घरको आर्थिक अवस्था कमजोर र निम्न भएको हुनाले मुन बिमका विद्यार्थीहरु मिली स्कूल/ कलेजबाट सहयोग उठाउँदै परिवारलाई सहयोग गर्दै छन्।ज. डे. ज माव
सहकारी वृत्तमा हाम्रो किसान, समृद्ध समाज एउटै अभियान भन्ने मुल नाराका साथ प्रदेश नम्बर १ मै उत्कृष्ट पहिचान बनाएको सहकारी किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवाहरुको मन जित्दै गएको छ । युवाहरु लाई सहकारी संस्थाको मुलधारमा ल्याउन, सहकारी चेतना जागृत गर्न, युवा सक्रियता बढाउन र सामाजिक उत्तरदायीत्व बहन गर्न सिकाउने उद्देश्यका साथ संस्थाको शाखाहरुमा युवा क्लब गठन गर्ने क्रम चलिरहेको छ । मंगलबार संस्थाको बराहक्षेत्र न.पा.स्थित बाङ्गे शाखामा पनि ११ सदस्यीय युवा क्लब गठन भएको छ । जसको अध्यक्षमा बराहक्षेत्रका सक्रिय युवा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.