धनकुटा । संसारका मजदुर एक हौं माक्सबाद, लेनिनबाद माओबादी जिन्दाबाद भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाको चौथो पुर्ण बैठक तथा संगठन सुदृढीकरण एवंम् जनसम्बध विस्तार अभियान धनकुटामा सम्पन्न भएको छ । प्रदेशको सर्कुलरका विषयमा जानकारी, जिल्ला स्थित सातै पालिकाको गतिविधी रिपोटिङ्ग, सचिवालय टिम गठन गरि जनवर्गीय जिम्मेबारी बाँडफाडका साथमा बैठक सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धनकुटाका संयोजक कुसुम कुमारी श्रेष्ठ (जुली) ले जानकारी दिनुभयो ।शहज बेला नभएर संकटकालीन समयमा पार्टीलाई बचाउन र अ
जीवन विज्ञान प्रतिष्ठानले प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति र समृद्दिले भरिएर आनन्द दिलाउने ध्येयले शनिबार कोशी प्रदेशको इटहरीमा आध्यात्मिक जागरण कार्यक्रम गरेको छ। धार्मिक जागरणका अगुवा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक एलपी भानु शर्माले मानिस खुल्ला किताव भएकाले गर्दा आफ्नो पूर्ण क्षमताका जागरण भएपछि मात्र जीवनमा पूर्णता आउने दावी गर्नुभयो । उहाँले जीवन विज्ञानले वैज्ञानिक आध्यात्मिक प्रयोग गरेर व्यक्तिमा परिवर्तन गरेपछि मात्र व्यक्ति, समाज र देश बन्ने दावी गर्नुभयो । कार्यक्रममा हास्य कलाकार मदन कृष्ण श्
विराटनगरमा विहीबारदेखि नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन शुरु भएको छ ।हेल्थ केयर एण्ड वेल बिइंग, करेन्ट ट्रेण्ड्स एण्ड च्यालेन्जेज भन्ने नारा सहित आयोजना गरिएको सो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको सुरक्षा सरकारको जिम्मेवारी भएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक समन्वय र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपाल चिकित्सक संघले स्थापना गरेको रुपा फाउण्डेशन अवार्ड चिकित्सक तर्फ
जीवन विज्ञान प्रतिष्ठानले यही फागुन २० गते इटहरीमा पूर्वाञ्चल जागरण उत्सव गर्ने भएको छ । जागरण उत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम भएको छ । जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति एवम् समृद्दिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि काम गर्ने प्रतिष्ठान हो । तनाब, चिन्ता, निरासा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधीसहित नेपालभरका प्रतिष्ठानम
भुटानी शरणार्थीको कथामा आधारित सम्हालिएको जाति कथानाक चलचित्र निर्माण हुने भएको छ। चलचित्रको सुटिङ् ७० प्रतिशत अमेरिकामै भइ सकेको छ । अब बाँकी ३० प्रतिशत भने सुटिङ नेपालमा हुने फिल्म निर्माता कम्पनी कोशी भिजन फिल्मसले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिइयो । चलचित्रको नायकको भूमिकामा विक्रान्त विश्वा रहेको र कुल लगानी झन्डै एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। २०२३ को अन्तिम सम्ममा रिलिज हुने चलचित्रका निर्देशक सन्तोष रामजामका अनुसार सके सम्म विश्व भरि नै
प्रदेश १ सरकारले फागुन १८ गते बिहीबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताब पारित भएकोले प्रदेश १ सरकार मन्त्रिपरिषद्को निर्णय बाट प्रदेस १ भरका सम्पूर्ण बासिन्दा हरुलाई बधाई दिदै सार्बजनिक बिदा दिएको हो।बुधबार प्रदेश १ आन्तरिक तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रदेस १ भरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो।
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको १० औं पदस्थापन बुधबार भएको छ । माघ २८ गते भएको निर्वाचितबाट विजयी अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम गरिएको हो । निर्वाचन समितिले निर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरियो । पदभार ग्रहणसँगै २१ वटा उपसमिति गठन गरिएको छ । नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले महासचिवमा विनोद पौडेल, वाणिज्य उपाध्यक्षमा सविना कोइराला र उद्योग उपाध्यक्षमा विष्णु नारायण डाँगी, कोषाध्यक्षमा सन्नी चौधरी, सचिवमा द्दय अशोक मोर र सिनेट रिजाल चयन गर्नुभएको छ । पदस्थापनका क्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको पदस्थापन कार्यक्रम निर्वाचित कार्यसमिति सदस्यहरुले नै बहिष्कार गरेका छन् । बुधबार उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय अध्यक्ष चण्डिराज ढकाल उपस्थित सपथग्रहण तथा पदस्थापन कार्यक्रममै संघको विधानविपरीत काम भएको भन्दै बहिष्कार गरेका हुन् । १९ जना निर्वाचित सदस्यहरुमध्ये एमाले निकट नौ जना सदस्यहरुले बहिष्कार गरेका हुन् । विधानविपरीत गतिविधि भएको, परिवारवाद लादिएको र राजनीतिक हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरुले गतिविधि नसच्याए सशक्त विरोध गर्ने चेतावनी दिएका छन् । पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष जीवन पराजुलीले २१ वटा उपसमिति घोषणा गर
प्रदेश १ को प्रदेशसभामा प्रदेशको नामकरणको विषयमा । एमाले सांसदले राखेको प्रस्तावमा नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि साथ दिने भएको छ ।तर, प्रदेशको नाम कोशी राख्न थालिएसँगै त्यसो विरोध पनि भइरहेको छ । कोशी प्रदेशमा संसोधन हालेका नेकपा एसका नेता राजेन्द्र राईले प्रदेशको नाम 'हावा प्रदेश' राखौँ भनेर व्यङ्ग्य गरेका छन् । कोशी नदी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नुपर्ने तर्कलाई व्यङ्ग्य गर्दै कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेकोले प्रदेशको नाम हावा प्रदेश राख्नुपर्ने राईको तर्क छ ।राईले कोशीको सट्टा 'किराँत लिम्बुवान कोशी प्रदेश' राख्न संसोधन प्रस्ताव राखेका थिए । स
सुनसरी । प्रदेश १ को नाम परिवर्तन भएको छ। अब प्रदेश १ को नाम कोशी प्रदेश राखिएको छ। बुधबार बसेको प्रदेश सभाका बहुमत सदस्यले कोशी प्रदेशको प्रस्तावमा समर्थन जनाएपछि प्रदेश १ को नामांकन कोशी प्रदेश भएको हो। नामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्। कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थन गरेका छन् भने ४ जना विपक्षमा रहेका छन्। कोशी प्रदेशको प्रस्ताव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.