इटहरी \ जातीय पहिचान सहितको प्रदेशको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका पहिचान पक्षधर जातीय समूहले आन्दोलन चर्काउने घोषणा गरेका छन् ।कोशी प्रदेश नामाकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वका जातीय समूह संगठीत भएर आन्दोलन चर्काउने घोषणा गरेका हुन् । विगतमा किरात, लिम्बुवान, कोचिला लगायतका राज्य माग गरेर थुप्रै सडक आन्दोलन भएका थिए । आन्दोलनको मर्म विपरीत र ऐतिहासिक आधारमा उठाएको राजनीतिक आन्दोलनका बिपरीत कोशी प्रदेश नामाकरण गरिएकोमा १३ वटा जातीय समूहले आन्दोलन चर्काउने घोषण गरेका हुन् । किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, नेपाल आदिवासी ज
इटहरी । इटहरी स्थित मकालु इङलिस बोर्डीङ स्कुलले आफ्नो २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरी सम्पन्न गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरीकहरुलाइ सम्मान गरी कार्यक्रम सम्पन्न गरेको हो । ज्येष्ठ आमा,वुवाहरुको सम्मान गर्दै स्कुलले विद्यार्थीका आभिभावकहरु मध्यका ज्येष्ठ हजुर बुवा हजुर आमाहरु पनी सम्मान गर्दै आभिभावक दिवस सम्पन्न गरिएको छ । विद्यालयका प्रधानाध्यापक थानेश्वर ढकाल नेलशनको अध्यक्षता तथा इटहरी उपमहानगरपालीका शिक्षा,युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत फाल्गुनी प्रसाद काफ्लेको प्रमुख आतीथ्यतामा आयोजित कार्यक्रमका बिच विभिन्न जातजातीका भेषभुषा सहि
इटहरी । विद्यार्थीहरुको क्षमता वृद्धी तथा प्रतिभा प्रस्फुटनका लागी नागी डान्स सेन्टरद्धारा सञ्चालन गरिएको छैटौँ संस्करणको नाच नाच प्रतियोगिता सम्पन्न भएको छ । इटहरीका १० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको हो । इटहरीका विभिन्न १० विद्यालयका ४ सय विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिताबाट छनौट भइ फाइनलमा पुगेका २० विद्यार्थीहरुको प्रतिस्पर्धामा इटहरी मोडल स्कुलकी दिपिका चौधरी प्रथम भएकी छिन । यस्तै दास्रो हुनेमा हाम्रो इङलिस बोर्डिङ स्कुलकी जेनी
सुन्दरहरैँचा / मोरङ सुन्दरहरैँचा वडा नं. ६ मा सञ्चालित साजीलाल माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ विभिन्न सस्कृतिक कार्यक्रम सहित सुरु भएको कार्यक्रम विद्यालयका शिक्षक बासु पोखरेलले संचालन गर्नुभएको थीयो । वार्षिकोत्सव तीन दिनसम्म चल्नेछ। कार्यक्रमको सुरुवातमा शुक्रबार टिकाराम दाहाल स्मृति अक्षयकोषमार्फत नगरस्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ। प्रतियोगिताको संचालन सुन्दरहरैँचा वडा नं. ४ का वडा सचिव अनिल पोखरेल गर्नु भएको थियो  
इटहरी : इटहरी अस्पतालमा विद्यार्थीले पूर्ण छुट पाउनुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई ध्यानकर्षण पत्र बुझाएको छ ।बिहीबार नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेसहितको टोलीले मेयर पौडेलको ध्यानाकर्षण गराएको हो ।जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू खासगरी पहाडी क्षेत्रबाट आएका र कोठाभाडामा बस्दै आएका कारण पनि स्वास्थ्य समस्या पर्दा आर्थिक रूपमा समस्या हुने भएकाले अस्पतालमा पूर्ण छुटको माग राखिएको काफ्लेले बताए ।‘विभिन्न ठाउँबाट जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई इटहरी उपमहानगरको मातह
इटहरी / नवदृष्टि आइ हस्पिटल प्रालि इटहरीले विहीबार इटहरी वडा नं. १२ मा आयोजनागरेको निःशुल्क आँखा जाँचमा एक सय चार जनाले आँखा परीक्षण गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. १३ एवम् श्री मदन आश्रित आधारभूत विद्यालयको संयुक्त आयोजनामा भएको शिविरमा वडा नं. १२ र १३ का स्थानीयले आँखा जाँच गरेका हुन् । इटहरी वडा नं. १२ मदन आश्रित आधारभूत विद्यालय रानीगाउँको मैदानमा बिहान १० बजेदेखि ३ बजेसम्म चलेको शिविरमा निःशुल्क आँखा तथा चस्मा जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ।
बिराटनगर । सुनसरीको इटहरीस्थित प्रधान कार्यालय रहेको माया घर नेपालले मोरङको बिराटनगर कारागारमा रहेका महिला कैदिबन्दिहरू संग ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।बिभिन्न कारण तथा परिवन्दवस कारागारमा कैदि जिवन बिताइरहेका महिला दिदि बहिनिहरूसंग माया घर नेपालका प्रतिनिधिहरूले महिला दिवश मनाएको हो ।परिवारबाट टाढा रहेका र बिभिन्न कारणवस कारागारमा कैदि जिवन बिताइरहेका महिलाहरूलाइ प्रोत्साहन दिन उनिहरूसंग महिला दिवश मनाइएको माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।कारागार जिवन बिताइसकेपछि पनि धेरै महिलाहरूलाइ समाजमा पुनस्स्थापना हुन कठिन भइरहेको बेला उनिहरूलाइ बिभिन्न
काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत को ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। यता सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले बिक्री गर्न लागेको छ । लगानीकर्ताले यसमा न्य
सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्वदेवी पाथीभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा सम्पन्न भएको हो ।पण्डित खेमनाथ दाहाल नेतृत्वको पण्डितहरूबाट विधिवत रूपमा देवीको प्राणप्रतिष्ठा गरिएको हो ।पहिलो दिन सिद्वदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरूको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरी सोही दिन जलवास गराइएको छ ।त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रूपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।श्री सिद्वदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन
इटहरी : इटहरीमा लेखक सुविन भट्टराईद्वारा लिखित इजोरिया उपन्यासमाथि संवाद हुने भएको छ ।इटहरी जुनियर जेसीजले आयोजना गर्न लागेको ‘केआईईसी इजोरिया इटहरी संवाद’ मा इटहरीका विभिन्न कलेजहरूमा कार्यक्रम आयोजना गरिने भएको छ । यहाँका कस्तुरी, कोसी, विश्वआदर्श, सुष्मा र नमुना कलेजमा संवाद हुने बताइएको छ ।इटहरी जुनियर जेसीजकी अध्यक्ष स्मृति न्यौपानेले विद्यार्थीलाई लेखकसँग संवाद गरी पठनशैलीमा सक्रिय बनाउन उक्त कार्यक्रमको आयोजना गरेको बताइन् । उनका अनुसार कार्यक्रम दुईदिनको रहनेछ ।फागुन २८ गते बिहान ८ः३० देखि १०ः३० सम्म कस्तुरी कलेज, सोही दिन ११ः३० देखि १ः३० सम्म कोसी कलेज र दिउँसो २ः३० देखि ४ः३० सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.