इटहरी । इटहरी स्थित मकालु इङलिस बोर्डीङ स्कुलले आफ्नो २२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका गरी सम्पन्न गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरीकहरुलाइ सम्मान गरी कार्यक्रम सम्पन्न गरेको हो ।
ज्येष्ठ आमा,वुवाहरुको सम्मान गर्दै स्कुलले विद्यार्थीका आभिभावकहरु मध्यका ज्येष्ठ हजुर बुवा हजुर आमाहरु पनी सम्मान गर्दै आभिभावक दिवस सम्पन्न गरिएको छ ।


विद्यालयले विद्यार्थीको क्षमता बिकासका लागी प्रत्येक वर्ष अतीरीक्त कृयाकलाप गराउँदै आएको बताउँदै विद्यालयले फुटबल तर्फ सिनीयर र जुनियर,भलिवल,चेस लगायतका विभिन्न खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरुलाइ विभिन्न विधामा १ हजार भन्दा बढी मेडल मार्फत पुरस्कृत गरिएको जानकारी दिएका छन ।
कार्यक्रममा हिशान सुनसरीका अध्यक्ष सागर भट्टराई, प्यब्सन कोशी प्रदेश उपाध्यक्ष सुमित थापा लगायतको सुहभागिता रहेको थियो ।


