काठमाडौं / वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरहरु थप छ दिन प्रहरीको हिरासतमा हरने भएका छन् ।काठमाडौं जिल्ला अदाललते आइतबार हिरासतमा राखेर अनुसन्धान गर्ने नेपाल प्रहरीलाई अनुमित दिएपछि उनीहरुलाई थप ५ दिनको म्याद थप गरिदिएको छ ।वन एक्स वेट खेलाएको तथा यूट्यूबमार्फत प्रचार प्रसारमा सहयोग पुग्ने गरि प्रोमो कोर्ड समेत दिइ विज्ञापन गरि सर्वसाधारणलाई सट्टावाज गर्न गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न भएको भन्दै उपत्यका अपराध महाशाखा, मिनभवनले गत बुधबार चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।गत जेठ ३१ गते पक्राउ
सुनसरी / वर्षा याम सुरु भएसँगै अविरल वर्षदको समयमा सर्तक रहन जिल्ला प्रशासन कार्यालय भोजपुरले आग्रह गरेको छ । वर्षा याम सुरू भएसँगै अविरल वर्षाका कारण वाढि तथा पहिरोबाट जिल्लाका केहि स्थानहरुमा विपदका घटना हुने सक्ने सम्भावना भएकाले जोखिम युक्त क्षेत्रका वासिन्दाहरुले विषेश चनाखो भई सतर्कता अपनाउन सूचना प्रकाश गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले आग्रह गरेका छन् ।साथै कुनै स्थानमा कुनै प्रकारको घटना घटे अथवा तत्काल घटना घट्न सक्ने अवस्था देखिएमा नजिकका प्रहरी युनीट, स्थानीय तह र सुरक्षा निकायहरुलाई खबर गर्न समेत आग्रह गरेका छन् । आपतकालीन घ
सुनसरी / चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । काठमाडौँमा सोमबार आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको छ ।सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।समझदारीपत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ । मोर्चाको निर्णय प्रक्रिया, नेतृत्व, संगठनात्मक प्रक्रियालगायतका विषयमा पनि सहमतिपत्रमा स्पष्ट गरिएको छ ।‘यस सहमति–पत्रमा सहमति जनाई हस्ताक्ष
सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको बहुभाषी खेल मैदानमा इटहरीका मेयर हेमकर्ण पौडेलले खुल्ला व्यायामशाला उद्घाटन गरेका छन् । इटहरी वडा नम्बर २० तरहरामा स्थित बहुभाषी खेल मैदानमा इटहरी उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा उपभोक्ताको लागत तथा सहभागिता सहित ''स्वच्छ मानसिकता,सफा मन व्यायामसालानै दैनिक जीवन" नारा सहित खुल्ला ब्यायामशाला इटहरीका मेयर हेमकर्ण पौडेल र इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उद्घाटन गरेका छन् ।इटहरी उपमहानगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको लागत साझेदारी बापतको १ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसा गरि जम्मा ११ लाख ३ हजार ३ सय ७८ रुपैया ५७ पैसाको ला
सुनसरी / कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुदैछ ।वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान विग होटलमा पहिचान पक्षधरसँग औपचारिक वार्ता भईरहेको जानकारी दिए ।माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य रहेका छन् ।सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान
सुनसरी / हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका हुन् । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । पश्चिम तराईमा मनसुन सक्रिय भएको छैन । तर,
सुनसरी / इटहरी उपमहानगरपालिकाका हाता भित्र विद्यालय कर्मचारीले आन्दोलन गरेका छन् ।आइतबार बिहान १० बजेदेखि ३ बजे सम्म इटहरी उपमहानगरपालिका भित्र इटहरीका विभिन्न सामुदायिक संस्थाका कर्मचारीहरूले उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै आन्दोलन गरेका छन् । आज विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्द गरेको थियोे सो आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।उचित पारिश्रमिक र दरबन्दीको माग गर्दै जेठ १५ यता विद्यालय कर्मचारी आन्दोलनमा छन् । सामुदायिक विद्यालयका लेखाशाखाका कर्मचारी र कार्यालय सहयोगीहरु कामकाज छाडेर आन्दोलनमा थिए ।देशभर ३५ हजार यस्ता कर्मचारी रहेका छन् । सरकारले ले
सुनसरी : इटहरी- धरान क्षेत्रमा रहेको सडकखण्डको चारकोसे जंगलमा पिकअपले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।इटहरी–धरान सडक खण्डमा पर्ने चारकोसे झाडीको निर्माणाधीन चाल लेन सडकमा काम गर्ने तीन मजदुरलाई शुक्रबार राति पिकअप भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।शुक्रबार राति ९ बजे धरान ८ शनी मन्दिर दक्षिणमा काम गर्ने सप्तरीको सुरुङ्गा नगरपालिका २ का १८ वर्षीय ज्योतिष सदा, विशाल सदा र सिराहाको लहान नगरपालिका १५ का १८ वर्षीय लभ सदालाई ठक्कर दिएको थियो ।पिकअपको ठक्करबाट घाइते भएका उनीहरूलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यो
सुनसरी / सङ्खुवासभामा अविरल बर्षा कारण शनिबार राती हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने २१ जना बढी बेपत्ता भएका छन् । मृत्यु हुने बगेर पाँचखपन ९ का सन्तोष राई रहेका छन् ।जिल्लाको चैनपुर- ४ पेङ्कोट र पाँचखपन- ९ मा गएको पहिरोले खोला थुनिएर खोला एक्कासि खुलेर आएको बाढीले आसपासको क्षेत्रमा धेरै क्षति गरेको छ । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुगेको छ ।उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेका छन भने निर्माण समाग्री, मेसिन बाढीले बगाएको छ । बाढीले ताप्लेजुङ र पाँचथरमा पनि जनधनको क्षति भएको छ । उनीहरूको खोजी कार्य भईरहेको प्रह
सुनसरी / भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर एक चर्चित र पवित्र स्थान हो ।यो मन्दिरले धार्मिक तथा साँस्कृतिक महत्व समेत बोकेको छ । सोचेका मनोकामनाहरू पूरा हुने विश्वासका साथ यो मन्दिरमा जिल्ला र जिल्लाबाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् ।दुई तले छानाको मन्दिर भगवान काली, शिव र गणेशलाई समर्पित छ । यो शक्तिपीठ सतीदेवीको दाहिने आँखा खसेको कारणले बनेको जनविश्वास रहेको छ। मन्दिरमा बोका तथा पाठिको बलि चलाइने गरिन्छ । आर्कषक मन्दिर, त्यसको वरिपरी रहेका विभिन्न प्रकारका वनस्पति तथा चराचुरुंगीहरू तथा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.