All Posts By कोशी प्रेस

    Showing १०,८७१-१०,८८० of १३,७४३ items.
  • भोजपुर नगरपालिकामा यसवर्ष बजेट घट्यो, ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको बजेट

    इटहरी / भोजपुर नगरपालिकाको ८ औं नगर नगरसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरसभाले ६३ करोड १० लाख १६ हजार ६ सय बरावरको भोजपुर नगरपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्ररसाद ढुङ्गेलले जानकारी दिए । गत साल २०७९/०८० को बजेटको सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट सार्वजनिक गरेका थिए । “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार–नगर विकासको मूल आधार” भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण,

    • प्रकाशित मितिः असार १२, २०८०
    • ३८३ पटक पढिएको
  • बेलबारीको जनएकता आधारभुत विद्यालयमा दाता सम्मान सहित छात्रबृति बितरण

    सुनसरी  : मोरङको बेलबारी नगरपालिका वडा नम्बर - १ मा रहेको जनएकता आधारभुत विद्यालयमा सहयोगीदाताहरुलाई सम्मान तथा छात्रबृति वितरण गरिएको  छ । मंगलबार बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्पन्न भएको छ ।  कार्यक्रममा ३४ जना विद्यार्थीहरुलाई ४ सयका दरले छात्रबृति वितरण गरिएको छ । विद्यालयलाई शैक्षिक सामाग्री सहित स्वास्थ्य सामाग्री प्रदान गर्ने राजेश खत्री,कर्णबहादुर राई,काजीबहादुर थापा,भरत श्रेष्ठ,राजकुमार श्रेष्ठ,राजेश शाह लगायतलाई सम्मान गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोषराज श्रेष्ठ (बाबुराम) ले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • १७३ पटक पढिएको
  • झापाको विर्तामोडका एक युवा कोरियामा मृत भेटिए

    सुनसरी / नेपालबाट कोरिया गएको दुई महिना नबित्दै झापा विर्तामोडको छत्र बस्नेत कोरियामा मृत भेटिएका छन् ।छन्लाफोक्दोको घाना कम्पनीमा कार्यरत उनी  सोमबार विहान काममा जाँदा कम्पनीले काम गर्न नदिएर नेपाल पठाइ दिने भनेर गाली गरेर रूम फर्काएका थिए ।मंगलबार विहान काममा नगएपछि कम्पनीका व्यक्तिले रूममा आएर हेर्दा मृत अबस्थामा भेटिएको उनका मामा भक्त मनोक्रान्तीले  जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १२, २०८०
    • ३७९ पटक पढिएको
  • झापामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु , पाँच जना घाइते

    सुनसरी / झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारीसाधन एकआपसमा ठोक्किँएर  दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले  विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी छन्। मृतक बाबुछोरी हुन्। गम्भीर घाइते भएका उनीहरूलाई बीएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाकाले जनाएको छ ।घाइते भएकाहरूको सोहो अस्पतालमा उपचार भइरहको छ। घाइते र सवारीसाधनको पहिचान नम्बर

    • प्रकाशित मितिः असार १२, २०८०
    • १८८ पटक पढिएको
  • विराटनगर महानगरपालिकाले ९० करोड रुपैया घटाएर बजेट ल्यायो , यसवर्ष ३ अर्ब २८ करोडेको बजेट

    इटहरी / विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु आर्थिक वर्षकोभन्दा ९० करोड रुपैया घटाएर बजेट ल्याएको छ । यो भनेको चालु आवको भन्दा २१ प्रतिशतभन्दा ज्यादा हो ।आइतबार नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २८ करोडेको बजेट प्रस्तुत गरेकी हुन् । चालु आर्थिक वर्षमा विराटनगरको बजेट ३ अर्ब ७३ करोड ७५ लाख थियो । उक्त बजेटलाई बीचमा संशोधन गर्दै महानगरले चार अर्ब १७ करोड पुर्‍याएको थियो ।बजेटअनुसारको आम्दानी नभएपछि विराटनगरले बजेट घटाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ अर्ब ८६ करोड ८३ लाख रुपियाँ मात्र आम्दानी भएपछि विराटनगरले आगामी वर्षको

    • प्रकाशित मितिः असार १२, २०८०
    • १२४ पटक पढिएको
  • टिकटक स्टार अंशु बर्माको टिकटक एकाउन्ट बन्द, लाईभ बसेरै महिनामै २५-२८ लाख कमाउने गर्थे

    काठमाडौं   : टिकटकमा लाइभ आएर दिनमा लाखौं कमाउने गरेका कञ्चनपुरको महेन्द्रनगरघर भएका अंश बर्माको टिकटक एकाउन्ट बन्द भएको छ ।टिकटक लाइभ बसेर दिनमै लाख भन्दा बढी कमाउने र महिनाको २५ लाख भन्दा बढी कमाउने गरेको बताउने गरेका थिए । उनी दैनिक १० देखि १२ घण्टा लाइभ बस्ने गरेका थिए । टिकटकमा लाइभ बसेर कमाएको पैसाले एउटा कार, महेन्द्रनगरमा एउटा घर, काठमाडौमा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको टिकटकर बर्मा बताउने गरेका छन् ।तीन बर्षअघि खोलेको उनको उक्त एकाउन्टमा २.१ मिलियन फ्लोर्स थिए । उक्त एकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ एकाउन्ट खोलेका छन् ।

    • प्रकाशित मितिः असार ११, २०८०
    • २९५ पटक पढिएको
  • रंगेली नगरपालिकाको आठौं नगरसभाले ७३ करोड २८ लाख ४३ को बजेट सर्वसम्मतले पारित

    इटहरी / मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगर सभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिका मेयर दिलिप वगडियाले विभिन्न विषयगत समुह र बजेट तर्जुमा समिति बाट सिफारीश भई कार्यपालिकाबाट निर्णय भई बजेट आएको जानकारी दिए ।  नगरसभामा रंगेली नगरपालिकाको गत वर्ष भन्दा २० करोड घटीको बजेट ल्याएको छ । गत वर्ष नगरसभाले रंगेलीको बजेट ९२ करोड २ लाख सन्ताउन्न हजार पच्चिश रुपैयाको ल्याएको थियो ।उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पुँजीगतत

    • प्रकाशित मितिः असार ११, २०८०
    • ४४५ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ५२ करोड ५७ लाख ९२ हजार बजेट

    इटहरी / भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको चौधौं गाउँसभाको अधिवेशनमा ५२ करोड ५७ लाख ९२ हजार १ सय ७० रूपैयाँ बराबरको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट टेम्केमैयुङ गाउँपालिका सभाकी उपध्याक्ष रमादेवि राईले बजेट प्रस्तुत गरेकी हुन् ।सभा मार्फत चालु तर्फ ३६ करोड ९३ लाख ६९ हजार नौ सय र पुँजीगत तर्फ १५ करोड ६४ लाख २३ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष रमादेवी राईले सार्वजनिक गरेकी हुन् । "कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार" भन्ने मुल नाराका साथ टेम्केमैयुङ गाँउपालिकालाई पूर्वाधार विकास अन्तर्गतका सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्र, व्य

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३७४ पटक पढिएको
  • ग्लोबल आइएमई बैंकले व्यापारीलाई आतङकित बनायो, आज इटहरी बजार बन्द गर्न उद्योग वाणिज्य संघ इटहरीको आह्वान

    इटहरी / ग्लोबल आइएमई बैङ्कले व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको छ ।इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैङ्कको टोलीले आतङ्कित बनाएको विरोधमा उद्योग वाणिज्य सङ्घ इटहरी खरो उत्रिएको हो । प्रहरीसमेत लिएर गइ बैंकले आइतबार इटहरीको शुभलक्ष्मी ज्वेलर्सको सामान जफत गर्न खोजेको थियो । बैंकबाट लिइएको ऋणको साँवा व्याज तिर्न नसकेपछि बैंकले ऋण लिँदा राखेको सम्पती लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरिसकेको थियो ।  बैङ्कको आतङ्क बढ्दै गएपछि इटहरी उवासंघले विरोधको कार्यक्रम घोषणा गरे

    • प्रकाशित मितिः असार ११, २०८०
    • ३०१ पटक पढिएको
  • महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउने उदेश्यले संचालित चुरी लहठी बनाउने तालिम सम्पन्न

    सुनसरी / महोत्तरीको एकडारा गाउँपालिकामा महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले संचालित २० दिने चुरी लहठी बनाउने तालिम सम्पन्न भएको छ । जेष्ठ २१ गतेदेखि संचालन तालिम एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत संचालित तालिम हिजो आइतबार सम्पन्न भएको हो । तालिममा एकडारा गाउँपालिकाका ९ जना सीमान्तकृत महिलाहरुको सहभागिता रहेको थियो । तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुँदै एकडारा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष सखीचन्द्र यादवले सीपले म

    • प्रकाशित मितिः असार ११, २०८०
    • १५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]