All Posts By कोशी प्रेस

    Showing १०,५६१-१०,५७० of १३,७४३ items.
  • इटहरीमा महिला उद्यमीलाई प्रोत्साहन गर्न भदौ १५ देखि १७ गतेसम्म मेला लाग्ने

    सुनसरी / महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादनलाई बजामा पुर्याउन उद्योग वाणिज्य संघ इटहरीको महिला उद्यम समितिले भदौ १५ गतेदेखि १७ गतेसम्म मेला आयोजना गर्ने भएको छ ।महिला उद्यमीलाई प्रोत्साहन गर्न र वस्तुको बजारीकरण गर्ने उद्देश्यले ‘महिला उद्यमशीलता प्रदर्शनी’ नाम दिइएको मेला सुनसरीको इटहरीमा लाग्ने भएको हो । नेपाल युवा उद्यमी मञ्च सुनसरी र उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाबारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । घरेलु उत्पादनलाई प्राथमिकतामा उद्यमशील महिलाहरुलाई प्रोत्साहन गर्न प्रदर्शनी गर्न लागिएको मेलाकी संयोजक मीना ढकालले बताइन् । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुट

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १२० पटक पढिएको
  • राष्ट्रिय युवा संघ नेपाल इटहरीद्वारा पञ्चायत आधारभुत विद्यालयमा वृक्षारोपण गर्यो

    सुनसरी /  राष्ट्रिय युवा संघ नेपाल इटहरी नगर कमिटीले इटहरी १८ को पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालयमा वृक्षारोपण गरेको छ ।राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत राष्ट्रिय युवा संघ इटहरी उप-महानगर कमिटीले इटहरी १८ मा रहेको पञ्चायत आधारभुत निम्न माध्यामिक विद्यालय मा वृक्षारोपण तथा महाकलेश्वर मन्दीर परिसरमा सरसफाइ गरेको  हो ।वृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल इटहरी का अध्यक्ष कमल दाहाल , इटहरी १८ का जनप्रतिनिधि राम कुमार चौधरी , सुनसरी जिल्ला कमिटीका अध्यक्ष सुजन लामा , सुनसरी जिल्ला युथफोसका प्रमुख सविन श्रेष्ठ , कोशी प्रदेश युथफोस प्रमुख

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १,६२८ पटक पढिएको
  • नेकपा एमाले कोशी प्रदेशको अधिवेशन असोज १५ र १६ गते , सातवटै प्रदेशको अधिवेशन सार्वजनिक

    काठमाडौं : नेकपा एमालेले केन्द्रीय काठमाडौंले सात वटै प्रदेशको अधिवेशन सार्वजनिक गरेको छ । नेताहरूको जिम्मेवारी फेरिएको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । अधिवेशन भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, असोज १० र ११ गते बाग्मती प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ ।एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १६५ पटक पढिएको
  • रामधुनि सामुदायिक वन उपभोक्त समिति द्वारा बृक्षरोपण

    रामधुनि / रामधुनि सामुदायिक वन उपभोक्ता समिति द्वारा सुनसरीको बराहक्षेत्र नगरपालीकामा वडा न . १० मा पर्ने रामधुनि सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा बृक्षरोपण गरिएको छ । रामधुनि सामुदायिक वन उपभोक्ता समितिले बिगत लामो समय देखि बन जंगल संरक्षणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रम संगै वृक्षारोपण गरिरहेका रामधुनि वन उपभोक्त समितिका अध्यक्ष जगत बहादुर कट्वलले बताउनु भयो ।  रामधुनि सामुदायिक वन उपभोक्त समितिले सब डीभिजन बन कार्यलय रामधुनी नगरपालीकाको नर्सरी संग समन्वय गरी करिब ४०० विभिन्न प्रजातीको विरुवा रामधुनि बन परिसर मा रोपिएको टाेल समुहका बिज्ञान घिमिरेले बताउनु भयो । 

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १,६६१ पटक पढिएको
  • दक्षिण एशियाली तेक्वान्दो बिजेता ४ जना महिला खेलाडी बेलबारीमा सम्मानित

    बेलबारी / दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिताका बिजेता ४ जना महिला खेलाडी मोरङको बेलबारीमा सम्मानित गरिएको छ ।तेक्वान्दो खेलको माध्यायमबाट देश तथा बिदेशमा परिचित गराउन सफल खेलाडीहरुलाई बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) ले बधाई तथा शुभकामना दिएकी छिन् । उनले खेलाडीहरुले बेलबारीको नाम उच्च बनाएकोमा गर्व महशुस भएको समेत बताईन् । ७ औँ दक्षिण एशियाली तेक्वान्दो आईटिएफ (ITF)  प्रतियोगिताका बिजेता खेलाडीहरुलाई डाँगीहाट आईटिएफ (ITF ) तेक्वान्दो डोजाङले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उपप्रमुख कोईरालाले यस्तो बताएकी हुन् । कार्यक्रमम

    • प्रकाशित मितिः भदौ २, २०८०
    • २२९ पटक पढिएको
  • बेलबारीको शिक्षा सन्देश ईङ्लिस स्कुलका विद्यार्थीलाई कक्षा बाहिर सिकाई

    मोरङ / मोरङको बेलबारी नगरपालिका- २ मा रहेको शिक्षा सन्देश ईङ्लिस स्कुलले बिद्यार्थीहरुलाई कक्षा बाहिर सिकाइलाई प्राथमिकता दिएको छ ।विद्यालयले कक्षाकोठा भित्रको सिकाइलाई व्यावहारिकपन सँग जोड्ने उद्धेश्यले प्रत्येक शुक्रवार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।अतिरिक्त क्रियाकलाप सँग सम्बन्धित कक्षा १२ का विद्यार्थीहरुलाई अर्थशास्त्र विषयको विद्यार्थीहरुलाई समसामयिक विषयवस्तु र पाठ्यक्रमले नै निर्धारण गरे बमोजिमको सिकाइ उपलब्धि हासिल गर्न सहजीकरण होस भन्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरु  साप्ताहिक रुपमा गर्दै आइरहेको बिद्यालयका प्रधानध्यापक राजेश खत्रीले बताए ।नर्सरी देखि कक्षा

    • प्रकाशित मितिः भदौ २, २०८०
    • २१८ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने

    विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।  विश्वास मत लिने सम्बन्धी आज प्रदेससभा नया सूचना दर्ता गराएका छन् ।‌ विश्वासको मत दिनु अगावै सभामा सूचना दर्ता गराउन पर्ने प्रावधान छ ।गठबन्धन दलका तर्फबाट थापा दोस्रो पटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक सभामुख समेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।प्रदेशसभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ ।‌ नेपालको संविधानको धारा १६८ को उपधारा २(१) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्

    • प्रकाशित मितिः भदौ १, २०८०
    • २०६ पटक पढिएको
  • मिटरब्याजविरुद्ध सुनसरी प्रशासनमा चार करोडको दाबी एक करोड

    सुनसरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटर ब्याजबिरुद्धको सुनुवाइमा सफलता हात पारेको जनाएको छ । कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी १ करोड १० लाखमा सल्टाइएको छ ।आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख रुपैयाँ ऋण ब्याजमा लिएका थिए ।आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए । सरकारले ल्याएको अध्यादेश बमोज

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १२५ पटक पढिएको
  • धरानमा ११ जनाको डेंगुबाट मृत्यु, १२ हजार नाघे संक्रमित

    सुनसरी / धरान उपमहानगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो ।बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो संख्या ७४ प्रतिशत हो ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • २११ पटक पढिएको
  • संखुवासभा कारागारमा दुई कैदी मृत्यु प्रकरण मा प्रहरी र कैदी मिलेर हत्या गरेको निष्कर्ष

    संखुवासभा / संखुवासभा जिल्ला कारागारमा दुई जना कैदीको मृत्यु घटनाको स्थलगत अध्ययन गरेको इन्सेकले सुरक्षाकर्मीको यातनाबाट कैदीको मृत्यु भएको निष्कर्ष निकालेको छ ।बिहीबार विराटनगरमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले खाँदवारी नगरपालिका १ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको घटनामा इन्सेक कोशी प्रदेश कार्यालयले साउन २६ गतेदेखि २८ गतेसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो। उक्त टोली गत शुक्रबार सङ्खुवा

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १७६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]