सुनसरी / झापाको दमक नगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटरमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । यसको कार्यन्वनका लागि अनुगमन पनि सुरु गरिने र अटेर गर्नेलाई कारबाही गरिने सार्वजनिक सूचनामार्फत गरिएको छ ।दमक नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञराज निरौलाका अनुसार शैक्षिक संस्था, स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय लगायतका आसपासको क्षेत्रमा पनि मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्नका लागि सचेत गराइएको छ ।नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलब
सुनसरी / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको छ । बिहीबारन्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई मान्यता दिन अस्वीकार गरेको हो ।प्रदेश सभामा विश्वासको मत लिँदा थापालाई सभाको अध्यक्षता गरेका व्यक्तिसमेतले विश्वासको मत दिएपछि नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै मुख्यमन्त्री थापालाई १५ गतेसम्म काम चलाऊ सरकारका रुपमा काम गर्न आदेश दिएको छ ।सर्वोच्चले कोशी प्रदेश स
सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको मुल्य मान्यताविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीसमेतको मत प्रयोग गरेर थापाले विश्वासको मत लिएपछि बुधबार एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।एमाले संसदीय दलदका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरे
विराटनगर / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन भदौ १५ र १६ गते विराटनगरमा हुँदैछ ।अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् ।अध्यक्षका लागि अहिलेसम्म मुख्यत: दुईजनाको नाम चर्चामा छ । सुनसरीका जीबी गजल र मोरङका सन्तोष घिमिरे प्रतिस्पर्धी देखिएका छन् । आयोजक कमिटीका अध्यक्ष गोकर्ण घिमिरेले पनि अध्यक्षमा आफ्नो दाबी रहेको बताए ।नेताहरूका अनुसार अध्यक्षका लागि जीबी र सन्तोषबीच प्रतिस्पर्धाको सम्भावना भन्छन् । जीबी सुनसरीको विद्यार्थी आ
विराटनगर : विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिएकी छन् ।रिकोभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपमेयर कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको औंल्याएकी हुन् ।लागूऔषध प्रयोग गर्न छाडेका युवाका लागि सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन सकिने उनको भनाइ थियो । “स्वरोजगार भएर पैसा कमाउन थालेपछि उनीहरुलाई समाजमा पुनःस्थापित हुन सहज हुन्छ,” उपमेयर कार्कीले भनिन,
इटहरी / सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने जिज्ञासा अझै पनि सुन्ने गरिन्छ । पछिल्लो समय यो भ्रमलाइ इटहरी स्थित ज्योति माध्यमीक विद्यालयले तोड्दै छ ।ज्योति मा बि इटहरी मा कक्षा १२ को सिभिल इन्जिनियरिङ विध्यार्थीहरूले फिजिक्स, क्यामेस्ट्रि र म्याथम्याटिक्स जस्ता विषयमा उत्कृष्ट अंक ल्याएर ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण गराउदै सुनसरी जिल्लामा नै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ ।ज्योती माध्यमीक विद्यालयमा आगामी शैक्षिक सत्रका लागि खुलाइएको आवेदनमा राम्रो संख्यामा विद्यार्थीले भर्ना भइसकेका छन । सामुदायीक विद्यालय भइकन गुणस्तरीय
काठमाडौं : काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्।ज्यान गुमाएकामध्ये ४ जनाको सनाखत भएको छ । घाइते ८ जनाको उद्धार भएको छ। गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ।घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।साँधुरो र घुम्ती मोडमा ओभरटेक गर्न
काठमाडौं / काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङस्थित गजुरी–२ को चालिसेमा दुर्घटना भएको छ। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ। बस त्रिशूली नदीमा खसेको हो। अहिले स्थानीय र प्रहरीले उद्दार गरिरहेका छन्। बस बिहान साढे सवा ११ बजेतिर त्रिशूलीमा खसेको हो। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले नदीमा बेपत्ता भएकाहरूको खोजि गरिरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ।भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण प्
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। राई लामो समयदेखि प्यारालाइसिसका कारण बिरामी थिए। किराँतीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको बताइएको छ । मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो!’, उनले लेखेका छन्, ‘उप्रान्त व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.