All Posts By कोशी प्रेस

    Showing १०,५०१-१०,५१० of १३,७४३ items.
  • मोरङमा सहकारी फोडेर चोरी गर्ने गिरोह पक्राउ

    सुनसरी / मोरङमा सहकारी फोडेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।धनपालथान गाउँपालिका- २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रातको समयमा ढोकामा लगाइएको ताला फुटाएर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । सहकारीबाट स्टिलको दराज तथा टेबलको घर्रामा रहेको नगद पचास हजार साथै २ थान ल्यापटप समेत चोरी भएको थियो ।चोरी गरी तत्काल फरार रहेका धनपालथान–१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, वडा नं–७ कदमाह बस्ने २४ वर्षीय रोशन मण्डल र सोही ठाउँका २० वर्षीय विशाल कुमार सिंहलाई आइतबार पक्राउ गरिएको हो ।पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • १२५ पटक पढिएको
  • इटहरीको टोल विकास लघु उद्यम सहकारीको १३ औँ साधारणसभा समापन

    इटहरी : इटहरी उपमहानगरपालिकामा रहेको टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार इटहरीको दुर्गा पार्टी प्यालेसमा  इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आथित्थितामा कार्यक्रम सुरू भएको थियोे । टोल विकास लघु उद्यम सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभामा ८ जना जेष्ठ नागरिक , २/२ जना कक्षा १२ र एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका परिवारका सदस्य साथै उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियोे ।  निवर्तमान संचालक समितिलाई समेत सम्मान गरिएको थियो ।संस्थाले साधारणसभामा आएका सदस्यलाई आफ्नै प्या

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • ४०४ पटक पढिएको
  • सरकारको नालायकिपनले कोशीमा बजेट शून्यतामा गयो : हिक्मत कार्की

    सुनसरी : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नालायकिपनले बजेट शून्यतामा गएको बताएका छन् ।आइतबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार गैरजिम्मेवार बन्दा कोशी प्रदेशमा बजेट शून्यतामा गएको बताए ।प्रदेशमा बजेट होलिडे हुँदा जनताले तिर्न करसमेत लिन नमिल्ने भएको उनले बताए । उनले भनेका छन्  ‘प्रदेशमा यस्तो अवस्था आउनु दुखद कुरा हो । बजेटको विषयमा सरकार संवेदनशील नबन्दा प्रदेश बजेटबिहीन भएको छ ।’कोशीमा आजदेखि बजेटबिहीन हुने भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले साउन ३२ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो । । उक्त बजेट प्र

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • १८९ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ द्वारा महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न

    मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ । कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आ

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ४५५ पटक पढिएको
  • तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सुनसरी / तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।म्यङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया  सविन लिम्वु र २९ वर्षीया सँगम तामाङको दुर्घटनाबाट भएपछि उपचारका क्रममा जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।साझ ५ बजे को १४ प ८९२ नम्बर पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डको पेट्रोल पम्प छेउमा दुर्घटना भएको हो ।तिव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरीले जनाएको हो । मृतकको शव जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टमको लागी राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • १४३ पटक पढिएको
  • राष्ट्रिय युवा सघं नेपाल भोजपुरले श्रावण २० गते रोपिएको विरूवाहरू स्थलगत अनुगमन गर्यो

    सुनसरी / राष्ट्रिय युवा सघं नेपाल नगर कमिटि भाेजपुरका पदाधिकारीहरूले साउन २० गचे राेपिएका विरुवाहरुकाे शनिबार स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ गरेको छ ।राष्ट्रिय युवा सघं नेपाल भोजपुरका अध्यक्ष दिपेन दर्लानका अनुसार गत साउन २० गते तिनधारा सल्लेरी सामुदायिक वन उपभाेक्ता समिति भाेजपुर नगरपालिका टक्सारबाट "एक युवा,पाचँ विरुवा" भन्ने नाराका साथ दुई सय वढि  विभिन्न उत्पादनशील विरुवाहरु वृक्षाराेपन गरेका बिरुवा स्थलगत अनुगमन गरि विरुवाहरुमा रहेका झारपात गाेडमेल गरि सरसफाइ  समेत गरिएको छ ।युवा सघं नेपाल नगर कमिटि भाेजपुरकाे आयाेजनामा डिभिजन वन कार्यालय भाेजपुरका

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • २९९ पटक पढिएको
  • राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा प्रविन घिमिरे सर्वसम्मत रूपमा चयन

    सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौं जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।सुन्दरहरैंचा ९ को इन्द्रपुर जेसिज भवनमा  भएको कार्यक्रममा नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा कोषाध्यक्षमा विपना बुढाथोकीलाई राष्ट्रिय युवा संघ मोरङको चयन गरेको छ । नव गठित कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।अधिवेशनमा युवा संघ केन्द्रीय अध्यक्ष क्षितिज थेवे, नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत, न

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ३७६ पटक पढिएको
  • धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा, प्रदर्शन जारी

    सुनसरी / स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ ।निषेधाज्ञा जारी भएकोले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको छ ।धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन् । प्रदर्शनका लागि विराटनगरबाट अभियान्ताहरु गाडी रिजर

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • ९७ पटक पढिएको
  • ओली एण्ड एसोसिएट्सले भदौमा १५ गते ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने

    सुनसरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ । ओली एण्ड एसोसिएट्स इटहरी शाखामा पत्रकार सम्मेलन गर्दै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’  भदौ १५ गते इटहरीमा आयोजना भएको छ ।एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेला गरेर एक्सपोमा IELTS /PTE मा ५० प्रतिशत छुट दिने ओली एण्ड एसोसिएट्सले इटहरी शाखाका मेनेजर राजेसकुमार शाहले बताए ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ६०३ पटक पढिएको
  • दमक र पथरीको शरणार्थी शिविरमा इन्ट्रा नेसनलले स्वास्थ्य चौकी शिलान्यास गर्यो

    सुनसरी / दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ । बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ ।इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले जमिन खनेर स्वास्थ्य चौकि शिलान्यास गरेका थिए । शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबा

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • १०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]