सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत सडक मर्मत लगायत काम गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको जनश्रमदान अभियानमा यहाँको सडकको सरसफाईसँगै मर्मत गरिएको हो । हतुवागढी गाउँपालिका १ पि एच सि मोडदेखि वडा नम्बर - २ को वडा कार्यालय सम्म दुई वटा ब्लक बनाएर श्रमदानमार्फत काम गरिएको हो ।हतुवागढी गाउँपालिकाको आह्वान तथा संयोजनमा भएको श्रमदान अभियानमा एक सय ५० बढीले सहभागिता जनाएका थिए । गाउँपालिकाले एक विज्ञप्तिमार्फत गाउँपालिकाको जनश्रमदान अभियानमा जोडिएर श्रम गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको नेतृत्व तथा संयोजनमा भएको कार्यक्रममा वडा अ
एजेन्सी / मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको छ। शुक्रबार अबेर गएको भूकम्पका कारण माटोको इँटा, ढुङ्गा र काठका घरहरू फुटेका र मस्जिदका मीनारहरू भत्किएका ढलानमा पुरिएका हरूको छिमेकीहरू अझै पनि खोजी गरिरहेका छन्। ऐतिहासिक पुरानो शहर माराकेचमा पनि ठूलो क्षति पुगेको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। गृह मन्त्रालयले दुई हजार १२ जनाको मृत्यु भएको र दुई हजार ६० जना घाइते भएको जनाएको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ दमबलव ८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु माराकेचबाट करिब ७२ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो । भूकम्पको केन्द्र
सुनसरी / नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालीको पहिचान अनुसार नै कोशी प्रदेश नामाकरण गरिएको उल्लेख गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालद्वारा ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता, गतिशीलता’ भन्ने नाराका साथ आज आयोजना गरिएको कोशी प्रदेश कमिटीको प्रथम ऐतिहासिक प्रदेश अधिवेशनको खुल्ला सत्रमा बोल्दै नेता बस्नेतले नेपालीको पहिचान अनुसार नै कोशी प्रदेश नामाकरण गरिएको उल्लेख गरेका हुन् ।नेकपा एमालेको प्रस्तावमा प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएको स्पष्ट पार्दै कोशी प्रदेशले समग्र कोशीवासी जातजाती, धर्म तथा संस्कृतिको पहिचान समेट्ने दावी गरे । नेपालीको प
दुहवी / हेल्पिङ यूथ सुनसरीको आयोजनामा दुहवीमा यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।हेल्पिङ युथ क्लवका अध्यक्ष बिकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिका उप प्रमुख मेनुका खतिवडा पोख्रेल हुनुहुन्थ्यो ।त्यस्तै बिशिष्ट अतिथिमा पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिबेक गौतम , पत्रकार महासंघ कोशी प्रदेश सस्थापक अध्यक्ष बिक्रम लुइटेल र प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सुनसरीलाइ केन्द्र बनाएर सन्चालनमा रहेका मिडियाहरु विराट टेलिभिजन , कोशी प्रेस अनलाईन , सञ्चारलय अनलाईन, पु
सुनसरी / आदर्श टोल विकास संस्था र आदर्श बाल क्लब इटहरी १ को सयुक्त आयोजनामा बालबालिकाहरूले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका छन् ।आदर्शन टोल विकास संस्था र आदर्श बाल क्लबको सयुक्त आयोजनामा आउदै गरेको भदौ २९ गतेको बाल दिवसको अवसरमा होराइजन एकेडेमी, ब्राइट फ्युचर इङलीस स्कुल, मोर्डन प्रिप्रेरेटोरी स्कुल लगाएतका विद्यालयका बालबालिकाहरूले सांस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता प्रस्तुत गरेका थिए । ३४ जना बढी बालबालिका तथा किशोर किशोरीहरूले सांस्कृतिक नृत्य प्रस्तती गरेका थिए । १० वर्ष देखि १३ उमेर समुहका बालबालिकाहरूले निलिमा महत प्रथम , प्रभा दाहाल
सुनसरी / हेल्पिङ यूथ सुनसरीले दुहबीमा आज कार्यक्रम आयोजना गरि यूवा सँग सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।हेल्पिङ युथ क्लवका अध्यक्ष बिकल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिका उप प्रमुख मेनुका खतिवडा पोख्रेल हुनुहुन्थ्यो ।त्यस्तै बिशिष्ट अतिथिमा पत्रकार महासंघ कोशी प्रदेश महासचिव बिबेक गौतम , पत्रकार महासंघ कोशी प्रदेश सस्थापक अध्यक्ष बिक्रम लुइटेल र प्रेस चौतारी नेपाल कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीको आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रमलाई सुनसरीलाइ केन्द्र बनाएर सन्चालनमा रहेका मिडियाहरु विराट टेलिभिजन , कोशी प्रेस अनलाईन , सञ्चारलय अ
उदयपुर / कानुन न्याय तथा सम्सधिय मामिला मन्त्रालय को नेतृत्व तथा कोशी प्रदेस मुख्यमन्त्री कार्यलय, दुहवी नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुर को समन्वयमा UNDP अन्तर्गत A2J परियोजनाको सहयोगमा एक्टिभ नेपाल बिराटनगरले सन्चालन गरिरहेको महिला तथा सिमान्त्कृत समुदायको न्यायमा पहुच अभिबृदी परियोजना अन्तर्गत उदयपुर जिल्ला बेलका नगरपालिका स्थित रामपुर बजारमा निशुल्क कानुनी सहायता मेला आयोजना गरेको छ ।कानुनी साहयता मेलामा कानुनी समस्या भएका , घरायसी कानुनी समस्या भएका , सरकारी , सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बानाएका, पिछडिएका तथा हेपिएका वर्गलाई कानुन
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ७ स्थित शिव पान्चायन मन्दिरमा सुन्दरहरैँचा महिला मञ्चले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सुन्दरबाटीका एकेडेमी प्रथम भएको छ । बाल दिवसकाे अवसर पारेर गरेकाे प्रतियाेगितामा ज्ञान ज्योती इङ्लिस स्कुल द्वितीय तथा साजिलाल मावि गछिया ब्लक तृतीय भएको छ । आउँदै गरेको बाल दिवस साथै हरितालिका तिजको अवसर पारेर वक्तृत्वकला ,कुर्सी छकाई तथा दर खाने कार्यक्रम सम्पन्न गरेको मन्चकी अध्यक्ष मिना ओझाले जानकारी दिइन् । कार्यक्रममा वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।
इटहरी / कर वृद्धिको विरोध गर्दै नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । चरणबद्ध आन्दोलन घोषणा गरेपछि नागरिक समाज इटहरीले आज उपमहानगरपालिकाको गेटमा मौन धर्ना दिएको हो । वृद्धि भएको कर समायोजन हुनुपर्ने नागरिक समाजले माग गरेको छ । मौन धर्नामा नागरिक समाज इटहरीका पदाधिकारी तथा पूर्वअध्यक्षहरु सहित अन्य सर्वसाधारण नागरिकहरू सहभागी भएका थिए । इटहरी उपमहानगरपालिकाले बढाएको कर अत्यधिक भएको, आम नगरवासीलाई त्यसले समस्यामा पारेको भन्दै नागरिक समाजले आन्दोलन सुरु गरेको हो । वृद्धि भएको कर घटाउन पटक पटक उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै समाधान ननिस्किएपछि आन्दोलनम
विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।सर्वोच्च अदालतको परमादेशबाट कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका कार्कीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई प्रदेशप्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।कोसी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा १६८(३) अन्तर्गत हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै आजै मन्त्रिपरिषद् विस्तार भएको हो ।मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्वो, एकरा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.