All Posts By कोशी प्रेस

    Showing १०,३८१-१०,३९० of १३,७४३ items.
  • भोली देशभर सार्वजनिक बिदा

    काठमाडौं / नेपाल सरकारले भदौ २८ गते बिहिबार देशभर सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टि हुने दिने बिहिबारलाई  देशभर सार्वजनिक बिदा दिएको हो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने र अन्त्यष्टि गर्ने दिन विदा दिने निर्णय गरेको थियो । नेम्वाङको  मंगलबार बिहान निधन भएको हो। श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर आज बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने छ । त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि उनको पार्थ

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १४० पटक पढिएको
  • इटहरीका विद्यालयमा खाजाको स्तर सुधारिने, फलफूलदेखि खसीको मासुसम्म खाजामा खुवाइने

    इटहरी / इटहरीका सामुदायिक विद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई गुणस्तरीय खाजा खुवाइने भएको छ । यसअघि प्रति विद्यार्थी १५ रुपैया उपलब्ध गराउँदै आएकोमा अब भने दहिचिउरादेखि मासु र पनिरसमम खुवाइने भएको हो ।  आइतबार प्रति विद्यार्थी २१० ग्राम हुने गरी तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा, मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ । विहीबार दही, चिउरा र तरकारी, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाकाहारीका लागि भने मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ ।  जंक फुड नखुवाउन उपमहानगरले पहिलोपटक

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • २०२ पटक पढिएको
  • धरानका उपप्रमुखको घरमा आक्रमण, भाइमाथि खुकुरी प्रहार

    सुनसरी / धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हातहतियार सहितको समूहले आक्रमण गरेको छ । घरमा प्रवेश गरी उक्त समूहले बेघाका भाइलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।धरान–१५, खोरिया बस्तीमा रहेको उनको घरमा पुगेर समूहले ढुंगामुढा समेत गरेको स्थानीयले बताए  । उक्त समूहले उपप्रमुख बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको थियो । स्थानीयका अनुसार उनको देब्रे गालामा खुकुरी प्रहार भएको छ ।समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेका थिए । बेघा धरान १२ स्थित नगरपालिकाको कार्यालयबाट धरान १५ स्थित निवासमा पुग्दासम्म प्रहरी नपुगेको बेघाले गुनासो गरेका छन् ।इलाका

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १२८ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

    सुनसरी / इटहरीको सामुदायिक क्याम्पसहरू मध्य विद्यार्थीको माझ पढाइमा निकै परिचित जनता बहुमुखी क्याम्पसले कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरेको छ ।जनता बहुमुखी क्याम्पसमा विद्यार्थीको आकर्षक बढेको हुँदा यस क्याम्पसले कक्षा ११ मा अध्यन गर्ने नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । जसमा दुई सयबढी विद्यार्थीलाई उक्त कार्यक्रममा स्वागत गरेको हो ।सो कार्यक्रममा कक्षा ११ , १२ स्नातकतह का विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए  । सांस्कृतिक नृत्य प्रस्तुत गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र समेत आयोजकले दिएको छ । कार्यक्रममा जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १९० पटक पढिएको
  • संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

    काठमाडौं /नेकपा एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।नेम्वाङका दुबै छोरा विदेशबाट फर्किने क्रममा रहेकाले अन्तिम संस्कार बिहीबार गर्न लागिएको हो। उनको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो।एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै अन्त्येष्टिका दि

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १८२ पटक पढिएको
  • कोसीमा अस्वस्थकर माछा बिक्री

    सुनसरी / कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सञ्चालित अधिकांश माछा पसलमा अस्वस्थकर माछा बिक्रीवितरण भइरहेको छ ।सुनसरी र सप्तरी जिल्लास्थित कोसी ब्यारेज क्षेत्रमा कोसीको नाममा भारतीय माछा बिक्री गरिँदै आएको स्थानीय बद्री यादव बताउँछन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमै अनुगमन हुन नसकेको इनरुवाका हसबुल अन्सारीले बताए ।बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रीवितरण गरिरहेको पाइएपछि दिइएको निर्देशन कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीलाई सचेत गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनिता यादवले बताइन् ।

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • २१८ पटक पढिएको
  • नेकपा एमाले इटहरी उपमहानगरपालिकाको नगर स्तरीय प्रशिक्षण सम्पन्न

    सुनसरी / नेकपा एमाले इटहरी उपमहानगरपालिकाको नगर स्तरीय  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नेकपा कम्युनिष्ट पार्टी(एमाले) इटहरी उपमहानगरपालिका कमिटीले सोमबार नेकपा एमाले पोलिटब्यूरो सदस्य, सुनसरी इन्चार्ज तथा पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा नगर स्तरीय  प्रशिक्षण कार्यक्रम आयोजना गरि इटहरीका एमालेका कार्यकर्ता तथा प्रतिनिधिलाई प्रशिक्षण दिएको छ । कोशी प्रदेशका सांसद तथा नेकपा एमालेका जिल्ला कमिटी सुनसरीका अध्यक्ष रेवती रमण भण्डारीले समृद्ध नेपाल सुखी नेपाली निर्माण अभियानमा पार्टीले खेलेको र खेल्नु पर्ने भूमिकाको विषयमा एमालेका प्रतिधिनिलाई जानकारी दिएका थिए । उपम

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १८६ पटक पढिएको
  • लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

    सुनसरी / लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको आज बिहान निधन भएको हो ।पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक पत्रिका तथा बाह्रखरी लगायतका अनलाइनमा पनि काम गरेका थिए ।पराजुलीको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १९८ पटक पढिएको
  • सामाजिक विकास राज्यमन्त्री सिर्जना राईद्धारा हतुवागढीको चुहार पुल अनुगमन

    भोजपुर/  कोशी प्रदेश सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले हतुवागढीको चुहार पुल अनुगमन गरेकी छन् ।भोजपुरलाई तराईका जिल्लासँग छोटो दूरीमा जोड्न हतुवागढी गाउँपालिका- ९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको सो पुल निर्माणको क्रममा देखिएको प्राविधिक समस्याका बिभिद विषयमा सोमबार कोसी प्रदेश सामाजिक बिकास राज्यमन्त्री सिर्जना राई तथा कोसी प्रदेश निर्देशनालयका प्रमुख जितेन्द्रकुमार कर्ण र इन्जिनियर लक्ष्मीप्रसाद सापकोटा साथै ( LRBP) का प्रतिनिधि सहितको टोली  लिएर स्थलगत अनुगमन गरिएको थियोे । हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राई वडा ९

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • २६० पटक पढिएको
  • सहमतिपछि काममा फर्किए बिपीका चिकित्सक

    सुनसरी / दुई साता देखी आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काममा फर्किएका छन् ।सरोकारवाला निकायसँग समन्वय गरी एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने लगायत दुई पक्षीय सहमतिपछि प्रतिष्ठानमा जारी आन्दोलन स्थगित गरी उनीहरू काममा फर्किएका हुन ।प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबिच भएको तीन बुँदे सहमतिपछि शिक्षक, कर्मचारीले गर्दै आएको परीक्षा बहिष्कार लगायतका आन्दोलन स्थगित गरेका हुन् । सहमतिसँगै उनीहरूले परीक्षा शाखामा लगाएको ताला पनि खोलेका छन् । ६ वर्षदेखि १८ वर्षसम्म वृत्ति विकास र बढुवा नभएको भन्दै प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले आन्दोल

    • प्रकाशित मितिः भदौ २६, २०८०
    • १०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]