सुनसरी / इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामाको ज्यान गएको छ ।दुर्घटनामा गाडीमा रहेका अन्य ३६ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी नजिकका अस्पतालमा पठाइएको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको विद्यार्थी बोकेको बस कन्यामबाट धनुषा फर्कने क्रममा लसुनेमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इटहरी / तराई मधेसमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बूढी खोलामा अस्ताउदो सुर्यलाई अर्घ दिई इटहरीमा पनि छट पर्व मनाएको छ ।दुई लाख भक्तजनहरू भित्र्याउने तयारी सहित बुढीखोलामा झण्डै एक किलोमिटर क्षेत्रफलमा पाँच सयवटा पूजाघाट निर्माण गरिएको छ ।२४ लाख बढी खर्च लारेर आयोजना आयोजक छैठपर्व सेवा समिति इटहरीले जनाएको छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।छठको व्रत विधिपूर्वक सम्पन
सुन्दरहरैंचा / सुन्दरहरैंचामा अवैध रूपमा रुख काटेर ल्याएको आरोपमा सःमिलका सञ्चालक पक्राउ गरिएको छ । राष्ट्रिय वनबाट अवैध रूपमा सालको रुख काटेर ल्याएको आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिका -१ मा रहेको नेहा सःमिलका सञ्चालक विन्देश्वर साहलाई पक्राउ गरिएको छ ।केराबारीस्थित राष्ट्रिय वनबाट रुख काटेर ३९ क्यूबी फिट काठ टिपरमा ल्याएर उक्त सःमिलमा राखेपछि सवडिभिजन वन कार्यालय सलकपुरको टोलीले साहलाई शनिबार पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान अगाडि बढाएको सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए ।
सुनसरी / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाठेघरको समस्या भएका महिलालाई उपचारका लागि अस्पताल पुर्याएको छ । नगरपालिकाका १५ वडाका स्वास्थ्यचौकीमा गरिएको ‘स्क्रीनिङ’का क्रममा पहिचान गरिएका पाठेघर खसेका ६२ जनामध्ये पहिलो चरणमा १६ जनालाई उपचारका लागि अस्पताल लगिएको हो ।शल्यक्रिया लगायतका निःशुल्क उपचार गर्ने व्यवस्थासहित शनिवार एउटा बस रिजर्भ गरेर बिरामी र उनीहरुका एक/एक जना कुरुवालाई शिरमेमोरियल अस्पताल बनेपा लगिएको छ । अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलव्ध गराउने गरी पाठेघर खसेका महिलालाई उपचारमा लगिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर
मोरङ / जाडो छल्न चरा विगतमा झैं यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो। सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ।कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए।गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्यांक छ । विशेष गरी जाडो छल्न र बच्चा कोर
काठमाडौं / सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गराएको विरोधमा टिकटकरहरुले प्रदर्शन गरेका छन् ।आज बिहान माइतीघरमा टिकटकरहरुले सरकारले टिकटक बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा ३०/३५ जना टिकटकरहरु सहभागी छन् । उनीहरुले सर्वोच्च अदालत कहाँ छौं लगायतका प्लेकार्डहरु बोकेर नारा लगाइराखेका छन् । सरकारले गत सोमबार नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटक बन्द गर्ने निर्णय गरेसँगै विभिन्न टिकाटिप्पणी भइरहेको छ । यससँगै सरकारको यो निर्णयको विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।
भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिका -१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । गाउँमा वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका स्थानीय युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको छ । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बन्ने गरेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए ।आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम
सुनसरी / मोरङको उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।शुक्रबार साँझ उर्लाबारी नगरपालिका -५ तरूण चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०२–०५० प ३१२२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले पुष्टि गरेको छ ।दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी ५ का ३० वर्षीय मौसम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारका लागि उर्लाबारी स्थित अरनिको हस्पिटल पुर्याए
काठमाडौं / प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा चन्दा सहयोग गर्नेमाथि सुक्ष्म निगरानी बढाएको छ ।प्रसाईंले सार्वजनिक रुपमै क्यूआएरमार्फत आन्दोलनलाई चन्दा दिन अपिल गरेका छन् । प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार उनलाई आर्थिक सहयोग दिने व्यक्ति तथा संस्थाहरुमाथि उच्च निगरानी गरिएको छ ।‘आन्दोलनका नाममा प्रसाईंले स्वदेश तथा विदेशबाट मोटो रकम असुल्न र आफ्नो बिग्रिएको आर्थिक कारोबार सल्टाउन खोजेको देखिन्छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘चन्दादातामाथि विशेष निगरानी बढाइएको छ ।’प्रसाईंले आगामी ७ मंसिरमा काठमाण्डु केन्द्रित प्रदर्शनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्
सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ ले आफ्ना वडा भित्रका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले विगत बर्षहरुमा झै यस बर्ष पनि जाडो याम सुरु हुन लागे पछि वडाको विनियोजित बजेटबाट खर्च हुने गरी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई तथा वडा अध्यक्ष मनोज चौधरी, वडा सचिव कुमारसिंह थापा लगायत वडा सदस्यको उपस्तिथीमा वडाले न्यानो कपडा वितरण गरेको हो ।वडाले यस बर्ष जेष्ठ नागरिक तथा एक महिला गरी २८ जनालाई न्यानो कपडा वितरण गरेको वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिनु भयो । वडाले बर्षेनी जेष्ठ नागरिक तथा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.