इटहरी । तेह्रथुम जिल्लाको इतिहास, संस्कृति, सामाजिक पहिचान र प्राकृतिक सम्पदालाई समेटेर ‘तेह्रथुम परिचय’ पुस्तक प्रकाशन गर्ने उद्देश्यले आयोजित पालिकास्तरीय विमर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

‘हाम्रो प्यारो तेह्रथुम’ भन्ने मूल भावना सहित आयोजित कार्यक्रममा जिल्लाको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई समेट्दै भावी पुस्ता सम्म पु¥याउने विषयमा छलफल गरिएको हो । तेह्रथुमको मौलिकता, प्राकृतिक सुन्दरता, ऐतिहासिक महत्त्व, सांस्कृतिक विविधता र विकासका सम्भावनालाई अभिलेखीकरण गर्दै जिल्लाको समग्र परिचय स्थापित गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङ प्रमुख अतिथि तथा नगर उपप्रमुख जमुना मगर कार्की लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

डिल्ली राम ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘तेह्रथुम परिचय’ पुस्तकलाई जिल्लाको वास्तविक पहिचान, इतिहास र सम्भावनाहरू समेट्ने दस्तावेजका रूपमा विकास गर्ने सन्दर्भमा विमर्श तथा छलफल गरिएको थियो । लालीगुराँस नगरपालिका, तेह्रथुम र तेह्रथुम सरोकार समाज नेपाल, काठमाडौंको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । हाम्रो माटो, हाम्रो इतिहास र हाम्रो पहिचानलाई समेट्ने ‘तेह्रथुम परिचय’ पुस्तकले तेह्रथुमको गौरवलाई भावी पुस्तासम्म पु¥याउने अपेक्षा गरिएको छ ।