इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले अनुमति दिए विराटनगरमा निर्माणाधीन बैजनाथपुर रंगशाला दुइ वर्षभित्रै निर्माण सम्पन्न गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको छ ।
आइतबार विराटनगरमा नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले क्रिकेटको बढ्दो लोकप्रियताका बेला विराटनगर वडा नंं. १९ मा रहेको १७ बिगहा जग्गामा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले खेलकुदको माध्यमबाट आर्थिक गतिविधि बढाउन सकिने भएकाले वैजनाथपुरको विकल्पमा विराट चोकमा रंगशाला बनाउन पहल भईरहेको जानकारी दिनुभयो ।
सो क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट विकासका लागि तीनै तहको सरकारको पहल र प्रयास आवश्यक रहेको बताउनुभयो ।
उहाँले क्रिकेट खर्चिलो खेल भएकाले र्पूवाधार विकासमा चुनौती रहेको बताउनु भयो । दुई दिन सम्म आयोजना हुने क्यानको साधारण सभामा विविध विषयमा छलफल हुने बताइएको छ ।


