इटहरी । मोरङको पथरी शनिश्चरे–२ मा रहेको सिङ्लिङ मन्टेश्वरी स्कुलले आफ्नो १० औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता तथा विद्यालयकी निर्देशक एवम् प्रिन्सिपल विन्दु चेम्जोङको सभापतित्वमा बुधबार एक विशेष कार्यक्रमका बीच वार्षिकोत्सव मनाइएको हो । समारोहमा कक्षा १ उत्तीर्ण गरी कक्षा २ मा प्रवेश गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो।
कार्यक्रममा नानीबाबुहरूले विभिन्न भाषा र संस्कृति झल्किने आकर्षक ¥याम्प वाक, कविता, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको बालसुलभ र मनमोहक सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैको ध्यान तानेको थियो ।
कार्यक्रममा पथरी शनिश्चरे वडा नम्बर २ का वडाध्यक्ष नैना साम्पाङ राई, वडा सदस्य चन्द्रकुमार राई, नगरपालिकाका सूचना संयोजक सन्तोष राई लगायतका अतिथि, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


