इटहरी | कोसी प्रदेशको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्या’एको भन्दै जनता बहुमुखी क्याम्पसलाई ‘कोसी एक्सिलेन्स अवार्ड–२०२६’ मा विशेष सम्मान प्रदान गरिएको छ ।

इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा नयन मिडिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा क्याम्पसलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारी र जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशीलाई नयन मिडिया फाउण्डेसन(प्रदेश खबर)का अध्यक्ष पवन अधिकारी र कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भिम पराजुलीले सम्मान प्रदान गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की  रहनु भएको थियोे । जनताले क्याम्पसले पाएको यो सम्मानले महत्त्वपूर्ण भएको संचालक समितिका अध्यक्ष केशीले जानकारी दिनुभयो ।

वि.सं. २०४५ साल आषाढ ३० गते स्थापना भएको जनता बहुमुखी क्याम्पस आज कोसी प्रदेशकै एक महत्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ । समुदायस्तरमा मध्यम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यस क्याम्पसले इटहरीसहित आसपासका जिल्लाका हजारौं विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख डा. गिता अधिकारीले जानकारी दिनु भयो ।

क्याम्पस स्थापना हुनुअघि इटहरी क्षेत्रका विद्यार्थीहरू विश्वविद्यालय तहको अध्ययनका लागि काठमाडौं, धरान, विराटनगर तथा इनरुवा पुग्न बाध्य थिए । यही अवस्थालाई मध्यनजर गर्दै स्थानीय शिक्षाप्रेमी तथा सचेत नागरिकहरूको पहलमा इटहरीमै क्याम्पस सञ्चालन गर्ने निर्णय गरिएको थियो । प्रारम्भमा इटहरी–१ स्थित जनता माध्यमिक विद्यालयको परिसरमा बिहानी सत्रमार्फत क्याम्पस सञ्चालन गरिएको थियो ।1774110671125

स्थापनाकालमा ९ जना अध्यापक, ४ जना कर्मचारी र १३४ जना विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले विस्तार हुँदै ४ जना पिएचडी तथा ७ जना एमफिलसहित करिब ८० जना अध्यापक, ४० भन्दा बढी कर्मचारी र ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको संस्थामा परिणत भएको छ ।1774110695029

विश्वविद्यालय अनुदान आयोग, नेपालबाट एकपटक गुणस्तर सुनिश्चित प्रत्यायन प्राप्त गरिसकेको क्याम्पसले दोस्रो चरणको प्रत्यायनका लागि प्रक्रिया अघि बढाइरहेको छ । हाल शिक्षाशास्त्र, व्यवस्थापन तथा मानविकी सङ्कायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको यस क्याम्पसले कोसी प्रदेशको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।