इटहरी | समाजसेवी एवं दानवीर भोलानाथ खप्तरी मगरलाई कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघले विशेष सम्मान प्रदान गरेको छ। संस्थाको कार्यालय सञ्चालनका लागि उहाँले रुपैयाँ नगद सहयोग गर्नुभएको छ। साथै, कार्यालयको व्यवस्थापनलाई सहज बनाउन स्टीलको दराज पनि प्रदान गर्नु भएको बन्दै संस्थाले मगरको योगदानको उच्च मूल्यांकन गर्दै, समाजमा उहाँको गरिमामय योगदानको साथ सम्मान गरेको हो ।
संघका पदाधिकारीहरूले उहाँको सामाजिक उत्तरदायित्वको भावना प्रेरणादायी रहेको भन्दै आगामी दिनहरूमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गरेको कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका सचिव डम्बर बहादुर तामाङले बताउनुभयो ।
भोलानाथ खातरी मगर हाल हङकङमा बसोबास गर्दै आए पनि जन्मभूमि नेपाल र नेपाली समाजप्रति उहाँको माया र सेवाभाव सधैं कायम रहेको देखिन्छ। उहाँ संखुवासभाको मकालु गाउँपालिका–५, सोलाखानीका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँका पिता भैर बहादुर खप्तरी मगर कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका वरिष्ठ सल्लाहकार हुनुहुन्छ भने माता जयमाया सप्तरी (आले मगर) हुनुहुन्छ।
संस्थाले मगरका साथै उहाँका परिवारको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै यस सम्मान पत्र प्रदान गरेको हो। समाजप्रति समर्पित यस्ता उदाहरणीय व्यक्तित्वहरूको योगदानले नै समाज र राष्ट्रलाई समृद्ध बनाउन ठूलो भूमिका खेल्ने संघले उल्लेख गरेको कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका उपाध्यक्ष विरेन्द्र कटवालले बताउनुभयो ।
कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका कार्यलय सचिव रूद्रराज शर्माले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । सम्मान कार्यक्रममा कोशी प्रदेश सुरक्षा सेवा व्यवसायी संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।


