इटहरी | इटहरीको ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलको १७ औं अभिभावक दिवस तथा मास्टर एण्ड मिस बुल्मिङ्ग कार्यक्रम गरेको छ ।
ब्लुमिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी अध्यक्ष मन्जु कोइरालाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहको प्रमुख अतिथिमा इटहरी वडा नम्बर -६ जुटविकास नजिकै रहेको बुल्मिङ किन्डर गार्डेन मन्टेश्वरी स्कुलले १७ औं अभिभावक दिवस तथा "मास्टर एण्ड मिस ब्लूमिङ्ग २०८२ कार्यक्रम गरेको हो ।
"मास्टर एण्ड मिस ब्लूमिङ्ग २०८२ को प्रथम निरिक्षा ढकाल र सुबम श्रेष्ठले जितेका छन् । दोस्रो रनरअप युनिसा निरौला र केनिस बस्नेत त्यसै गरि तेस्रो रनरअप सनाया जयसवाल र निर्मान खनाल भएका छन् ।जसमा १७ जना विद्यार्थीहरू सहभागी भएका थिए ।
पिजी देखि कक्षा ५ सम्म अध्ययनरत बिद्यार्थीले आँफै चलाएको कार्यक्रममा बिद्यार्थीले गायन ,नृत्य ,नाटक प्रस्तुत गरेका थिए । आफ्ना छोराछोरीहरूको नृत्य देखेर कार्यक्रममा उपस्थित अभिभावकहरु मख्ख परेका थिए । विद्यार्थीहरूलाई नेपाली समाजको समसामयिक विषय साथै विद्यार्थीहरूका मन पर्ने विषयमा प्रश्न कार्यक्रमलाई अझ्झ रोचक बनाइएको थियोे ।
विद्यालयका प्रधानाध्यापक स्मृति सापकोटा (भट्टराई) ले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि नेतृत्व विकास, पढाइ-लेखाइ, तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच, आत्मविश्वास अभिवृद्धि, र भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ, जसले उनीहरूलाई व्यक्तित्व विकास तथा सफल भविष्य निर्माणमा सहयोग पुर्याउँछ।
विद्यालयमा विद्यार्थीहरूलाई शिक्षा दिदै अभिभावकहरूको विद्यालयमा महत्त्वपूर्ण भुमिका हुने बुल्मिङ किन्डर गार्टेन मन्टेश्वरी स्कुलकी अध्यक्ष मन्जु कोइरालाले बताउनुभयो ।
स्कुलले आगामी दिनमा प्रगति गर्दै विद्यार्थीहरूले भविष्य राम्रो काम गरेर रोजगारी बन्न सक्ने बनाउन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहले बताउनुभयो ।
सो कार्यक्रम विशिष्ट अतिथि किन्डर कार्टेन, मण्टेश्वरी तथा चाइल्ड केयर एसोसिएसन (KMCA), इटहरीका अध्यक्ष हरी आचार्य,सुनसरी जिल्ला व्यापसनका अध्यक्ष तथा मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल ,स्मृति इङलिस बोर्डिङ स्कुलकी प्रिन्सिपल रिता न्यौपाने , इटहरीको ग्रीन गार्डेन इङ्गिलस स्कुलकि प्रिन्सिपल तारा श्रेष्ठ, बुल्मिङ्ग किन्डरगार्टेन मन्टेश्वरी स्कुलका सहायक प्रिन्सिपल प्रज्वल घिमिरे ,विश्व आर्दश स्कुलका संस्थापक लेक्चर अनिल भट्टराई ,विभिन्न स्कुल प्रिन्सिपल,अभिभावक ,शिक्षक,शिक्षिका, विद्यार्थीहरू लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।
२०६४ सालमा ४ जना विद्यार्थीहरूबाट लाई अध्यापन गराउदै आएको स्कुलमा हाल २ सय २५ जना बढी विद्यार्थीहरू अध्यनरत छन् ।



