इटहरी – सिमरबना बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वित्तीय सचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न सम्मान तथा रक्तदान कार्यक्रम संचालन गरियो।

कार्यक्रमका अवसरमा असल बालबचतकर्ता, असल बचतकर्ता सेयर सदस्य, असल ऋणी सदस्य, तथा सेयर सदस्यका जेष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरियो। साथै, २०८० सालको SEE परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू तथा उच्च शिक्षामा सर्वश्रेष्ठ अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरियो।

सहयोगी भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको थियो, जसले स्थानीय रक्त अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

समारोहका प्रमुख अतिथि इटहरी-५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरे रहनुभएको थियो। साथै, कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।Messenger_creation_830B3280-9592-453F-B20B-0E6D22648D42