भोजपुर | हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप-शाखा कार्यालय भोजपुरको संयोजनमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपन्न वर्गका व्यक्तिहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ। यस कार्यक्रम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश उप-प्रमुख सुरेन्द्र कुमार कर्णको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथि पौवादुम्मा गाउँपालिका उपाध्यक्ष  ज्योत्सना राई रहनुभएको थियो भने विशेष उपस्थितिमा उप-शाखा कार्यालय भोजपुरका प्रमुख श्री बिमल रणपहेली रहनुभएको थियो। साथै, धरान शाखाका अपरेशन इन्चार्ज श्री रुद्रमान घिसिङ, गाउँपालिकाका विभिन्न वडाका अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, सुरक्षाकर्मी, तथा कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत पौवादुम्मा गाउँपालिकाका १ देखि ६ वटै वडाभित्रका गरिब, विपन्न तथा फरक क्षमता (शारीरिक अपाङ्गता) भएका १०० जना व्यक्तिहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ। गाउँपालिकाका दुर्गम क्षेत्रमा रहेका असहाय तथा निम्न आर्थिक अवस्था भएका व्यक्तिहरूलाई चिसो मौसममा केही राहत पुर्‍याउने उद्देश्यका साथ ज्याकेट वितरण गरिएको हो।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यावसायिक गतिविधिसँगै समाजप्रति जिम्मेवारी बोध गर्दै विभिन्न सामाजिक कार्यहरूमा निरन्तर योगदान दिंदै आएको छ। गरिब, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गलाई लक्षित गर्दै गरिएको यो कार्यक्रम कम्पनीको सामाजिक उत्तरदायित्वको एउटा महत्वपूर्ण पक्ष हो।

कार्यक्रमका वक्ताहरूले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा समाजलाई दिइने यस्ता सहयोगात्मक कार्यक्रमहरूले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। यस प्रकारका कार्यक्रमहरूले बीमा क्षेत्र मात्र नभई समग्र समाज विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गरियो।IMG-20250129-WA0068

स्थानीय बासिन्दाहरूले पनि यस्तो कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडलाई आभार प्रकट गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा सञ्चालित यो कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। चिसो मौसममा गरिब तथा फरक क्षमताका व्यक्तिहरूलाई न्यानो कपडा प्रदान गर्नु सामाजिक दायित्वको राम्रो उदाहरण हो। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू सञ्चालन गर्ने योजनाका साथ कम्पनीले आफ्नो सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।IMG-20250129-WA0075